प्रथम आघार- पवित्र कलमा (⮫)


 प्रथम आघार- पवित्र कलमा

أركان الإسلام

बिस्मिल्लाहिर्रहमानिर्रहीम

(शुरु अल्लाहको नामबाट जुन क्षमा गर्न सक्ने कृपालु र दयालु हो)

 प्रथम आघार- पवित्र कलमा

          मुस्लमान उही व्यक्ति हुन्छ जसले आत्माले अल्लाहलाई मात्र पुजनीय सम्झन्छ र बचनले पनि स्वीकारोक्तित गर्दछ र अल्लाह बाहेक फरिश्ता, वली वा अरुलाई पूजनीय मान्दैन किनभने तिनीहरु पनि हामी जस्तै अल्लाहका सेवक हुन्। तिनीहरुले कसैलाई जन्म दिने अथवा लाभ हानि पुर्याउने क्षमता राख्दैनन्। यी सबै कुराहरु अल्लाहको अधिकारमा छन्, उसैले सबैलाई जन्म दिएको छ, सबैलाई रोजी दिन्छ, त्यसैको हातमा सबैको ज्यान छ, मानिसलाई जीवित राखने, मार्ने, बिरामी पार्ने, निको पार्ने उसैको अधिकारमा छ। पृथ्वी र आकाशलाई उसैले सँभाली राखेको छ सम्पूर्ण विश्वको पालनकर्ता उही हो। उसको अन्य कोही साझी वा सहायक छैन। उसका कोही पिता वा पुत्र वा भाई छैन। सब उसैका सेवक र याचक हुन, उ कसैको याचक होइन। उसैले सबैलाई मदत गर्द छ। सबैको साथ छ र सबैको वास्ता राख्दछ। उ एक्लै पूजनीय छ, उस बाहेक कोही पूजनीय छैन।

अल्लाहलाई नमान्ने व्यक्तित काफिर हुन्छ, मरणोपरान्ति उ नर्कमा जानेछ। अल्लाहका साथ अरुलाई साझेदार मान्ने व्यक्ति-मुशरिक- हुन्छ, उसले मुक्ति पाउने छैन। मुक्ति उसले पाउनेछ, जसले अरुलाई पूजनीय मान्दैन र अल्लाहको मात्र सेवक हुन्छ, उसैको आदेशमा हिड्दछ, उसैसित डराउँछ उसैमाथि भरोसा राख्दछ। रसैलाई तौहीद- भनिन्छ। यही तौहीद इस्लाम धर्मको वास्तविक आधार हो र यसको अभावमा अन्य कुनै व्यवहार स्वीकार्य हुँदैन, न नमाज न रोजा, न हज न जकात र न त दान वा बकस।

याद राख्नुस –शिर्क- सबभन्दा ठूलो अपराध हो जो कदापि क्षम्य हुनेछैन। सर्वप्रथम यो स्वीकार गर्नु होस् कि अल्लाह बाहेक कोही पूजनीय छैन र कुफ्र ठूलो पाप हो जुन कहिले पनि क्षम्य हुनेछैन। यसर्थ स्वीकार गर्नुहोस् अल्लाह नै पूजनीय हो। लाइलाह इल्लल्लाह – को अर्थ यही हो कि अल्लाह बाहेक कोही पूजनीय छैन। यस सानो स्वीकारोक्तितबाट मानिस शिर्क र कुफ्रबाट पवित्र भएर तौहीदमा प्रवेश गर्दछ। यही कलमा धर्मको मूल ढोका हो र यही कलमा स्वर्गको सांचो हो।

मुहम्मदुर्रसूलुल्लाह:

(मुहम्मद अल्लाहका रसूल हुन्)

अल्लाह आफ्नो ज्ञान र शक्तित दुरा सबैको साथ छ तर सबैसित कुरा गर्नु उसको नियम होइन, अपितु मानिसहरु मध्ये कसै कसैलाई छानेर उसले आफ्नो रसूल बनाउँछ र उसलाई फरिशता (देवदूत्त) हरुको माध्यमबाट आफ्ना कुराहरु भन्न लगाउँछ। रसूलले कूनै काममा अल्लाहको खुशी र कुनैकाममा क्रोध हुन्छ, अल्लाहदुरा निर्देशित कुराहरु अरु मानिसलाई बताउँछन, यसैको नाम धर्म हो।

विश्वमा मानिसको सृष्टि भए देखिन् तिनलाई सोझो बाटो देखाउन र सचेत गर्न प्रत्येक देश र समुदायबाट अल्लाहले रसूलहरु बनाउन थालेको हो। तर रसूलहरुको देहावसाना पछि मानिसले रसूलका कुराहरु बिर्सने र बदल्ने गर्दथे।

त्यसकारण अन्तमा अल्लाहले आफ्ना सबभन्दा ठूलो रसूल मुहम्मद –वहाँ माथि शान्ति होस्- लाई सम्पूर्ण विश्वका लागि पैगम्बर बनाएर पठायो र वहाँमाथि कुरआन अवतरण गराई त्यस धर्मलाई जसको प्रचार प्रारमभदेखि रसूलहरुले गर्दै आएका थिए, परिपूर्ण गर्यो।

अनि अल्लाह तआलाले बतायो कि त्यस किताबको संरक्षक उ स्वयम् छ, यसका कुराहरुलाई कसैले बदल्ने सक्दैन त्यसकारण मुहम्मद –वहाँ माथि शान्ति होस्-  पछि कुनै रसूलको आवश्यकता रहेन र कयामत (प्रलय) सम्म अन्य कुनै रसूल आउने छैन।

यसर्थ जो  सुकैले आत्मा र वचनले वहाँलाई रसूल स्वीकार गर्दछ, उ मुसलमान हो र अस्वीकार गर्ने व्यक्तित काफिर हो। पवित्र कलमा –ला इलाहाइल्लल्लाहो मुहम्मदुर्रसूलुल्लाहो- लाई मानेर स्वीकार नगरेसम्म कोही मुसलमान हुन सक्दैन्।

मुहम्मदुर्रसूलुल्लाहो सल्लाल्लाहो अलैहि व सल्लम

हजरत मुहम्मद-वहाँ माथि शान्ति होस्- को जन्म 20 अप्रैल सन् 571 ई. तदानुसार, सम्बत 620 सालको बैशाख महीनामा सऊदी अरबको प्रसिद्ध –मक्म- नगरमा भएको थियो। वहाँको बुवा अब्दुल्लाह वहाँ जन्मिनु भन्दा केही अगाडि मात्र बिती सक्नु भएको थियो। वहाँको बाजे अब्दुलमुत्तलिबले वहाँको पालन पोषण गर्नु भयो। वहाँ 6 (छ) वर्षको उमेर पुग्नासाथ वहाँकी आमा पनि बित्नु भयो र त्यसको दुई बर्ष पश्चात बहाँ आफ्ना काका अबू तालिबको घरमा बस्नु थाल्नु भयो, अबू तालिब प्यार र स्नेहका साथ वहाँको पालन पोषण गर्न थाल्नु भयो।

त्यस बेला मक्कामा कुनै विधालय वा पाठशाला थिएन।

              पढ्ने लेखने प्रथा पनि नभएकोले अरु मानिस सरह रसूल मुहम्मद( वहाँ माथि शान्ति होस्) पनि अशिक्षित नै हुनु हुन्थ्यो। मक्काका मानिस शिर्क गर्दथे, मूर्तिपूजा गर्दथे, कोही जुवा खेल्ने र मदिरा पान पनि गर्दथे, तर मुहम्मद ( वहाँ माथि शान्ति होस्) लाई अल्लाहले सम्पूर्ण खराबीहरुबाट बचाएका थयो।

               वहाँ अतिनै स्वच्छ सच्चा र कृपालु हुन्हुन्थ्यो। सबैमाथि दया गर्नु हु्न्थ्यो अरुलाई वहाँको इमानदारीमाथि विश्वास थियो र आफ्न- आफ्ना नासो वहाँसित राखने गर्दथे, यसैकारण वहाँ अमीन को नामले प्रसिद्ध हुनुहुन्थ्यो।

           वहाँको उमेर पचीस वर्ष पुगेपछि मक्काकी एउटी सम्पन्न र बुद्धिमती 40 वर्षीया विधवा महिला हजरत खदीजा (रजी,) संग वहाँको विवाह सम्मपन्न भयो। हजरत खदीजा (रजी) बाट कासिम र अब्दुल्लाह र अब्दुल्लाह नाम गरेका दुईजना छोरा जन्मेका थिए तर तिनीहरुको वाल्यकालमा नै देहावसान भयो। साथै चार छोरीहरु जन्मिन् तिनीहरुमा कान्छी छोरी हजरत फातिमा हुनुहुन्थ्यो।

                 मक्काबाट केही टाढा हेरा नाम गरेको एउटा पहाडी गुफा छ। सोही हेरा भन्ने गुफाभित्र गएऱ एकान्तमा कय्यो दिनसम्म पूजा गरीराखने वहाँको बानी थियो। चालीस वर्षको उमेर पुगेपछि अल्लाहले त्यहाँ –जिब्राईल- भन्ने फरिश्ता पठायो  जसले वहाँलाई सूरः इकरा का केही पंक्तितहरु  पढाउनु भयो।

        यसपछि अलि अलि गरी कुरआन वहाँमाथी अवतरण हुन थाल्यो। वहाँले मक्कावासीहरुलाई त्यसको पंक्तितहरु सुनाउन थाल्नु भयो। तिनीहरुले तिनको ठट्टा गरेर वहाँको शत्रु बने। तर हाम्रो रसूलले  तिनीहरुको शत्रुताको परवाह नगरी अल्लाहको सन्देश बराबर पुर्याउँदै गर्नु भयो। यसै बीचमा केही व्यक्तित मुसलमान बने। काफिरहरुले तिनीहरुलाई पनि सताउन थाले, पवित्र रसूलले तिनीहरु मध्ये केहीहरुलाई नजाशी राजा भएको देश हब्शमा (हालको ईथोयोपिया) शान्तिपूर्वक बस्न पठाउनु भयो।

            नबी (रसूल) भएको दशै वर्ष मेराज भयो । अर्थात् एक राती अल्लाहले वहाँलाई मस्जिदे हराम बाट मस्जिद अक्सा लगेर सबै आकाशहरुको भ्रमण गरायो र आफ्ना चिन्हहरु देखायो। उसै वर्ष वहाँकी धर्मपत्नी हरजत खदीजा (रजी) र शत्रुहरुबाट सुरक्षित राखने वहांको काका अबु तालिब पनि परलोक हुनु भयो।

            त्यसकारण काफिरहरुले धेरै दुःख दिन थाले पछि तिनको प्रतिकार शुरु भयो। अल्लाहका रसुल र इस्लाम स्वीकार गर्नेहरुलाई कृपा थियो कि सोही समयमा मदीना आएर केही व्यक्तितहरु मुसलमान बनेर रसूलले (वहाँमाथि शान्ति होस्) मुसलमानहरु लाई त्यहीं पठाउन थाल्नु भयो।

           अन्तमा काफिरहरु राय सल्लाह गरी अल्लाहको रसूललाई नै रातीमा हत्या गर्ने निधो गरे। तिनीहरुको योजनासित अल्लाहले वहाँलाई सावधान गराएर प्रवास गर्ने अर्थात् मक्का छोड्ने स्वीकृति प्रदान गर्यो। रातीमा वहाँले सबभन्दा पहिले इस्लाम स्वीकार गर्ने हजरत अबु बक्र (रजिअल्लाहो अन्हो) सित एउटा खड्डमा लुकी राखनु भयो । काफिरहरुले कति दिन सम्म हेरे तर पाएनन् ।

           तिनीहरु थाकेर बसी सकेपछि वहाँले हजरत अबु बक्र सित कड्डाबाट निस्केर मदीना जानु भयो त्याहाँका धेरै मानिस मुसलमान भए र मक्कामा रहेका मुसलमानहरु पनि त्यही आउन थाले । त्यसकारण काफिरहरुले मदीना माथि आक्रमण गर्न थाले र पटक पटक युद्ध गरे ।

          तिनीहरुले  मुसलमानहरुलाई समाप्त गर्न चाहन्थे तर अल्लाहले आफ्ना रसूललाई बिजयी गराउँदै गयो र प्रवासको आठौं वर्ष मक्का माथि पनि विजय प्राप्त भयो। त्यहाँका मानिस पनि मुसलमान भए। यस पछि सम्पूर्ण अरब भरीमा मुसलमानहरु फैलनि पुगे।

           मुहम्मद (वहाँ माथि शान्ति होस्) टुहुरो भएर जन्मनु भएको थियो । चालिस वर्षको उमेरमा अल्लाहले वहाँलाई आफ्नो रसूल बनायो। तेइस वर्षसम्म रसूल रहनु भयो। यिनै तेइस वर्षमा आवश्यकतानुसार अलि-अलि अवतरित हुँदै कुरआन पूर्ण रुपले अवतरित भयो।

         त्रिसठी वर्षको उमेरमा पवित्र रसूल वहाँ माथि शान्ति होस् 12 रबीउल अव्वल,अर्थात 8 जुन 632 ई. तदानुसार जेष्ट 685 बि, स् मदीनामा वहाँको देहावसान भयो. र त्यहीं वहाँलाई दफनाइयो। वहाँ माथि शान्ति होस्।

दोस्रो आधार- नमाज :

         मक्कामा मेराजको राती मुसलमानहरुका लागि प्रत्येक दिन पाँच चोटी-फ्रज, जोहर, अस्र, मग़रिब र एशाको नमाज पढ्नु अनिवार्य भयो।

नमाजमा अल्लाहले ठुल-ठुला फाइदाहरु निहीत गरेको छ।

1-                               नमाजले मानिसलाई लज्जाहीन्ता र दुष्कर्मबाट अलग राख्दछ।

2-                               नमाज पढेबाट मानिसको आत्मा प्रज्जवलित हुन्छ। उसको काममा फाइदा र उसको दुःख निवरण हुन्छ।

3-                               नमाजबाट अल्लाह खुशी हुन्छ। यसले मानिसका पापहरुलाई समाप्त गर्दछ र मरणोपरान्त स्वर्ग प्रदान गर्दछ।

4-                               नमाज पढ्नेहरु समयको पाबन्द हुन्छन्।

5-                               ठीक समयमा पढिने नमाज अन्य सबै पूजाहरु भन्दा अल्लाहलाई बढी मनपराउने हुन्छ।

6-                               नमाज इस्लामको एउटा ठुलो परिचायक चिन्ह हो, जसले यसलाई कायम राख्यो, उ सच्चा मुसलमान हुन्छ. र जसले छाडियो उ फासिक अथवा अनाज्ञाकारी हुन्छ।

नमाजका शर्तहरु:

सर्वप्रथम नमाजमा सात कुराहरु अनिवार्य छन् तिनीहरु बिना नमाज हुँदैन।

1- शरीरको पवित्रताः- शरीरको कुनै अंग्ङमा कुनै प्रत्यक्ष अपवित्रता जस्तै मल, मुत्र इत्यादि नलागोको होस् र अप्रत्यक्ष अपवित्रता जस्तै स्नान वा वोजू गर्नु पर्ने कारण नभएको हुनु पर्दछ।

2- वस्त्रको पवित्रताः- नमाज पढ्दा लगाइने कपड़ा पवित्र हुनु पर्दछ।

3- स्थानको पवित्रताः- नमाज पढिने स्थान पवित्र हुनु पर्दछ।

4- आवरणः- लोग्ने मानिसले नाभीदेखि घुँडासम्मको अग्ङ अनिवार्य रुपले ढाक्नु पर्दछ नमाजमा र अधि पछि पनि। स्वास्नी मानिसले दुबै हात , र अनुहार बाहेक कपाल समेत शरीरको प्रत्येक अग्ङलाई ढाक्नु अनिवार्य छ।

5- उपयुक्त समय हुनः- कुनै पनि नमाज निशिचत समयमा पढिनु पर्दछ। निशिचत समयमा भन्दा लगावै पढिएको नमाज स्वीकार्य हुँदैन र पछि पढिने नमाज कजा हुनेछ।

6- किब्लातिर मुख गर्नुः- मुसलमानको किब्ला पवित्र बैतुल्लाह अर्थात काबा हो, जुन मक्का नगरमा छ। यहाँबाट पशिचम दिशामा पर्दछ। त्यसै तिर मुख गरी नमाज पढिनु पर्दछ।

7- नीयत गर्नुः- जुन नमाज पढिने हो, हृदयमा उसको नीयत गर्नु पर्दछ। त्यसरी नीयत गर्दा मुखले नै भन्नु पर्ने कुरा प्रमाणित छैन।

पानी:

         वोजू वा स्नान पानीले हुन्छ। समुद्र, नदी , तलाउ वा इनार वा यी सबैमा पाइने पानी पवित्र र पवित्रगर्ने हुन्छ। तर त्यसमा अन्य कुनै पवित्र वस्तु मिसिएर शर्बत वा गुलाफ जल हुन गएमा त्यो पवित्र त हुन्छ तर पवित्र गर्न सक्दैन। त्यसबाट वोजू वा स्नान गर्न हुँदैन।

         वा सो भन्दा बढी छ र त्यसमा कुनै अपवित्र चीज मिसिएई त्यसको रंग वा गंधमा अलिकति पनि परिवर्तन हुन गएको छ भने, त्यसतो पानी पवित्र रहँदैन। उक्त परिमाण भन्दा थोरै पानीको रंग वा गंधमा परिवर्तन नभए पनि त्यो पवित्र रहँदैन। तर नदीमा बग्ने पानी ठूलो कुण्ड वा तलाउको पानी पवित्र हुन्छ।

स्नानः

           मानिसको शरीरबाट पसिनाका साथै एउटा अन्य अपवित्रता निस्कन्छ। बाहिरबाट धुलोहरु पनि पर्ने गर्दछ। जसले गर्दा मैले जम्मा हुन जान्छ, त्यसकारण स्नान गर्ने आदेश दिइएको छ। जुमाको दिन अवश्य नै नुहाउनु पर्दछ। यसकारण कि त्यो सुन्नत हो। ईद र बकरईदहरुमा पनि नुहाउनु सुन्नत हो।

अपवित्र मानिसले स्नान गर्नु अनिवार्य हुन्छ। तिनले न नुहाएसम्म कुरआनको पाठ गर्नु वा नमाज पढ्नु हुँदैन।

             स्नान गर्ने विधि यो हो कि सर्वप्रथम दुबै हात नारी सम्म धोएर अपवित्रता लागेको ठाऊँलाई धुनु पर्दछ। यसपछि बिस्मिल्लाह पढेर दुबै हाथ नारी सम्म धुनु पर्दछ। फेरि कुल्ला गर्नु, नाकमा पानी हालेर सफा गर्नु, यसपछि नधारमा कपाल देखि मुनि अनुहारमा एक कान बाट अर्को कानको लोती सम्म तीन तीन चोटि धुनु पर्छ। फेरी दुबै हात कुहिना सम्म धुनु पर्दछ। यसपछि सम्पूर्ण शरीरमा पानी हालेर मल्नु पर्दछ। र दार्हीका रौंहरुमा औंला हालेर कुनै पनि रौंका जरा सुख्खा नरहने गरी धुनु पर्दछ। फेरि शरीरमा पानी हालेर दुबै खुट्टा धुनु पर्दछ।

यदि नदी वा तलाउमा नुहाउने हो भने डुबुल्की लगाएर राम्रोसंग शरीर सफा गर्ने पर्छ। जिउको अन्य अग्ङ मुख र नाकमा पनि पानी पुर्याउनु आवश्यक छ।

वोजू

            नमाजको लागि वोजू गर्नु अनिवार्य हो। वोजू गर्नेहरुलाई धेरै फाइदा हुन्छ। वोजू गर्दा अंग, प्रत्यंगबाट चुहिने पानिको प्रत्येक थोपाबाट पाप धुल्दै जान्छ ।

             प्रलयको दिन वोजू गर्नहरुको शरीरका अंगहरु चम्कान्छन् जसबाट तिनीहरु मेरो उम्मतका मानिस हुन भनी रसूल वहाँ माथि शान्ति होस् ले चिन्नु हुनेछ।

           वोजू गर्ने विधि यो हो कि पवित्र पानी सफा भांडोमा लिएर कुनै अग्लो ठाउँमा छिटा नपर्ने गरी बस्नु पर्दछ।

          बिस्मिल्लाह पढेर पहिले दुबै हात नारीसम्म धुनु अनि तीन चोटि कुल्ला गर्नु, दतिवन भए दाँत राम्रोसंग माझनु अनि नाकमा दुबैप्वालामा तीन तीन चोटी पानी हाली सफा गरेर निधारमा कपाल देखि मुनि अनुहारमा एक कानबाट अर्को कानबाट कानको लोती सम्म तीन-तीन चोटी धुनु पर्छ।

             यसपछि दुबै हात कुहिना समेत पहिले दायाँ अनि देब्रे गरी तीन-तीन चोटी धुनु पर्दछ। औंलामा औंठी वा अरु केही भए हल्लाएर त्यस मुनीको छाला भिज्ने गरी दुबै हातका पन्जा निधार देखि पछाडि सम्पूर्ण टाउको घसी ,

          कानका चारै तिर औंला घुमाउनु पर्ने र अन्तमा दायाँ र देब्रे दुबै खुट्टा धुनु पर्छ।

वोजूमा चार कुराहरु अनिवार्य छन्। सम्पूर्ण मुख धुनु, दुबै हात कुहिनासम्म धुनु टाउको धस्नु र दुबै गोडा धुने। एउटै वोजूबाट त्यो कायम रहेसम्म धरै चोटी नमाज पढ्नु सकिन्छ।

धस्ने कामः-

             वोजू गर्दा यदि टाउको माथि पगरी छ भने त्यसको माथिबाट धसे पनि हुन्छ तर टोपी भने उतार्नु पर्दछ। यदि वोजू गर्दा कुनै अग्ङमा धाउले गर्दा पट्टी बाँधीएको रहेछ र सो खोल्दा झिक्दा कष्ट हुने वा रोग बढ्ने संभावना छ भने त्यसको माथिबाट मात्र हात फेरेर पनि पुग्दछ।

          यदि पाउमा सुत, उनी, नाइलन वा अन्य कुनै चीजको मोजा लगाई राखेको छ भने वोजू गर्दा त्यसमाथि हात फेर्नु मात्र पनि पर्याप्त हुन्छ। घरैमा बस्ने व्यक्तित एक दिन र एक रात सम्म र वाहिर गएका यात्रीले 3 दिन 3 रात सम्म त्यसरी हात फेर्न वा धस्न सक्दछ, त्यसपछि मोजा फुलकाली गोडा धोएर पुनः लगाउन हुन्छ र उल्लेखित अवधिसम्म फेरि धसेर हुन्छ।

तयम्मुमः

           पानी उपलब्ध नभएको अवस्थामा, पानी प्रयोग गर्दा विरामी हुने वा रोग बढ्न सक्ने सम्भावना हुँदा तयम्मुम गर्नु पर्दछ। तयम्मुम पवित्र माटोले गर्नु पर्दछ।

          यसो सर्वप्रथम बिस्मिल्लाह पढेर दुबै हात पवित्र माटो माथि राखेर हतकेला नारीसम्म र फेरी अनुहारमा फेर्नु पर्दछ। यही नै तयम्मुम को वोजू र स्नान हो।

वोजू कुन-कुन क्रियाले समाप्त हुन्छ।

निम्नलिखित पाँच कुराहरुले वोजू समाप्त हुन्छ।

1-  दिशा गरेबाट।

2-  पिसाब गरेबाट।

3-  उक्त दुबै निस्कने बाटोबाट अन्य कुनै चीज    निस्केमा।

4-  पल्टेर वा अडेस लगाएर निदआएमा र।

5-  बेहोश भएबाट।

          जुन-जुन कुराहरुले वोजू समाप्त हुन्छ, तिनै कुराहरुले तयम्मुम पनि समाप्त हुन्छ र पानी उपलब्ध नभएर गरिएको तयम्मुम पानी उपलब्ध हुना साथ समाप्त हुन्छ।

नमाजको समयः

1- फजरः- बिहान भएपछि फजरको समय प्रारम्भ हुन्छ र सूर्योदय नहुन्जेल सम्म रहन्छ।

2- जोहरः- सूर्य ढली अपरान्ह भए देखि प्रारम्भ हुन्छ र कुनै वस्तुको छाया वास्तविक आकारबाट बढेर दुगुना वा सो भन्दा बढी भए पछि समाप्त हुन्छ।

3- अस्रः- जोहरको समय समाप्त भएपछि अस्रको समय प्रारम्भ हुन्छ र सूर्यास्त नभएसम्म रहीरहन्छ, तर धाम पहेंलो भएपछि नमाज पढ्नु प्रभावहीन (मकरुह) हुन्छ।

4- मगरिबः- सूर्यास्त पछि प्रारम्भ भएर साँझको लालिमा रहेसम्म रहन्छ।

5- एशाः- आकाशमा साँझको लालि समाप्त भएपछि आधि रात सम्म रहन्छ। नमाज प्रारम्भिक समयमा नै पढ्नु श्रेयस्कर हो, तर एशाको नमाजमा अलि अवेर गर्नु नै श्रेयस्कर हुन्छ।

जुमाः

           जुमाको समय त्यही हो जुन जोहरको समय हो। ईदहरुको नमाज सूर्य एक प्रहर उठी सकेपछि मध्यान्ह भन्दा अगाडि सम्म रहन्छ। ईदुलफित्रमा मानिसहरु केही खान पीन गर्न भ्याउने गरी अलि अबेर गर्नु पर्दछ र बकरईदमा कुरबानी सबेरै गर्न भ्याउने गरी अलि चांडै गर्नु पर्दछ।

          जुन बेला सूर्य ठीक टाउको माथि हुन्छ। (मध्यान्हमा) वा अस्त हुन लागेको बेला वा उदय हुन लागेको बेला नमाज सूर्यको पूजा गर्दछन्।

 अजान र अकामतः

          मस्जिदमा पाँज फर्ज नमाजहरु र जुमाको लागि अजान दिइन्छ। अजान यो हो।

अल्लाहो अकबरः (चार चोटि) अल्लाह सबै भन्दा माहन छ।

         अश्हदो अल्लाइलाहा इल्लल्लाहः (दुई चोटी ) म साक्षी छु कि अल्लाह बाहेक कोहि पूजनीय छैन।

अश्हदो अन्नमुहम्मदर्रसूलुल्लाहः( दूई चोटी) म साक्षी बस्छु कि मुहम्मद (वहाँ माथि शान्ति होस्) अल्लाहका रसूल हुन्।

हय्यअलस्सलाहः ( दुई चोटी) आउनु होस् नमाजको लागि।

हय्यअलल्फलाहः (दुई चोटी) आउनु होस् मुक्तिको लागि।

अल्लाहो अकबर , अल्लाहो अकबर लाइलाह इल्लल्लाह:

फजरको नमाजका लागि दिइने अजानमा हय्यअलल्फलाह पछि दुई चोटी अस्सलातो खैरुम् मिनन्नौम, (नमाज निद्रा भन्दा बेश हो) भन्नु वा पुकार्नु पर्दछ।

             नमाज को लागि जमाअत खडा हुने बेला अकामत भनिन्छ। यसमा पनि अजानमा पुकारिने शब्दहरु नै पुकारिन्छ । दुबैमा केही अन्तर छन् जुन यस प्रकार छन्।

 अकामतः

अल्लाहो अकबरः दुई चोटि मात्र पुकारिन्छ।

अश्हदो अल्लाइलाह इल्लल्लाहः (एक चोटी)

अश्हदो अन्नमोहम्मदर्रसूलुल्लाहः(एक चोटी)

हय्यअलस्सलाह, र हय्यअलल्लफलाहः एक एक चोटी मात्र पुकारिनु पर्दछ। फेरि कदमकामतिस्सलाह र अल्लाहो अकबर (दुई चोटी) पुकारिनु पर्दछ। यसपछि एक चोटी लाइलाह इल्लल्लाह भन्नु पर्दछ।

           अजान ठूलो आवाजले  रुकी रुक रुकीकन परुकार्नु पर्दछ। भने अकामत सो भन्दा आधी आवाजले अलि छिटो छिटो पकार्नु पर्दछ। जुनसुकै मुसलमानको कानमा अजानको आवाज पुग्दछ, कुनै बिरामी वा अन्य कारण छैन भने उसले मस्जिदमा आई फर्ज नमाज पढ्नु पर्दछ। अजान सुन्नेले जवाफमा अजानम पुकारिने वाक्यांशहरु दोहर्याउने गर्नु पर्दछ।

     तर हय्यअलस्सलाह र हय्यअलल्फलाह सुनेर लाहोलावला कुव्वता इल्ला बिल्लाह भन्नु पर्दछ। मस्जिद बाहिर अन्य कुनै ठाउँमा सामूहिक तौरले नमाज पढिने हो भने त्यहाँ पनि अजान र अकामतका साथ पढ्नु पर्दछ। मोअज्जिन अर्थात् अजान पुकार्ने मानिसलाई धेरै पुण्य(सवाब) प्राप्त हुन्छ। उसले पुकारेको अजान सुन्ने सम्पूर्ण प्राणी र वस्तु प्रलयको दिन उसले अजान दिएको गवाही दिनेछन् र निर्णयको मैदानमा उसको मस्तक मस्तक अरु भन्दा उच्च रहनेछ।

 नमाज पढ्ने प्रकृयाः

        नीयत गरेर किब्ला तर्फ मुख गरेर दुबै हात कानसम्म उठाई अल्लाहो अकबर भनेर देब्रे हात माथि दायाँ हात पर्ने गरी दुबै छातीमा बाँध्नु पर्दछ। फेरी सना पढ्नु पर्दछ जुन यसरी छ।

        (अल्लाहुम्मबाइद बैनी व बैन खतायाया कमा बाअत्ता बैनल मशरिके वल् मगरिबे, अल्लाहुम्म नक्केनी मिनल्खताया कमा योनक्कस्सैवुल अबायजो मिनद्दनसे , अल्लाहुम्मग्सिल खतायाया विल्माए वस्सलजे वलबरद।

           अर्थः- हे अल्लाह तपाईले पूर्व र पश्चिम बिच जत्तिकै मेरो र मेरो पापहरु बीच दूरी पार्नुहोस्, हे अल्लाह मलाई तपाईले सेतो लुगा फोहोरबाट सफा भए जस्तो मेरा पापहरुबाट पवित्र पार्नु होस्, हे अल्लाह तपाईलाई मेरा पापहरुलाई पानी, असिना र बरफले धोइ दिनुहोस्।

यस  पछि अऊजो बिल्लाहे मिनश्शतानिर्रजीम बिस्मिल्लाहहिर्रहमानिर्रहीम, भन्नु पर्दछ।

     यस पछि अल्हमदो (सूरह फातिहा) पढेर अन्य कुनै सूरत वा कन्ठ गरी राखेको कुरआनका, केही आयतहरु पढेर अल्लाहो अकबर भन्दै रुकू मा निहूरनु र कम्तीमा तीन चोटी सुब्हान रब्बियल अजीम भन्नु पर्दछ।

    यस पछि टाउको उठाउँदै समेअल्लाहो लेमन हमेद अर्थः अल्लाह उसले गरेको प्रशंसा सुन्यो जसले उसको प्रशंसा गर्यो। भन्दै दुबै हात कांध वा कान सम्म उठाएर हात नबाधी तलै राखेर यो पन्नु पर्दछ। रब्बना लकलहमदो हम्दन कसीरन् तययेबन मोबारकन् फीह, (अर्थः हे मेरो अल्लाह प्रशंसा तिम्रो लागि हो तिमी पवित्रतम र बरकत वाला हौ।

फेरि अल्लाहो अकबर भन्दै सिज्दामा जानुपर्दछ र दुबै हतकेला अनुहारनिर हुनेगरी निधार र नाकले भुईमा टेक्नुपर्दछ। यसरी गर्दा कुहिनाहरु छातीसित अलग्ग र दुबै घुँडा तथा दुबै खुट्टा का औंलाहरु भुईमा रहनु पर्दछ खुट्टका औंलाहरु किब्ला तर्फ मुडेको हुनु पर्दछ र कम्तिमा तीन चोटी सुब्हान रब्बियल आला ( अर्थः पवित्र छ मेरो पालनकर्ता जो सर्बोच्च छ) भनेर तकबीर अर्थात अल्लाहो अकबर भन्दै देब्रे खुट्टा पल्टाएर त्यस माथि यसरी बस्नु पर्दछ कि दायाँ खुट्टाको पंजा उभ्भिएको हुनु पर्दछ र त्यसका औंलाहरु किब्ला तिर रहुन्।

          दुबै हात तिध्राहरु माथिघँडानिर राखेर -अल्लाहुम्मग्फिरली वरहम्नी व आफेनी वहदेनी वरजुकनी- (अर्थः- हे अल्लाह मेरो अल्लाह मलाई क्षमा गर, मलाई इज्जत प्रदान गर, सोझो बाटो देखाउर रोजी देऊ)

               पढेर दोस्रो चोटी सिज्दा गरेर अलिबेर सोझो भई बसेर उभीसक्नु पर्दछ। यो एक रकात पूरा भयो। यस्तै दोस्रो रकात पनि पूरा गरी बसेर यो दुआ (अत्तहीयात) पढ्नु पर्दछ।

(अत्तहियातो लिल्लाहे वस्सलवातो वत्तइयेबातो अस्सलामो अलैक अययोहन्नबीयो वरहमतुल्लाहे व बरकातोहु अस्सलामो अलैना वअला एबादिल्लाहिस्सालेहीन, अश्हदो अल्लाहइलाह इल्लल्लाहु व अश्हदो अन्न मोहम्मदन अब्दोहू व रसूलोहु)

          अत्तहियात पढ्दा प्रारमभदेखिनै दायाँ हातको चोर औंला अलि उठाएर संकेत गर्नु पर्दछ।

         अत्तहियातको अर्थः- मन वचन र धनका सम्पूर्ण पूजाहरु अल्लाहका लागि हुन् । हे नबी तिमी माथि सलाम होस् हामी माथि र अल्लाहका असल सेवकहरु माथि । म गवाही दिन्छु कि अल्लाह बाहेक कोही पूजनीय छैन र गवाही दिन्छु कि मुहम्मद अल्लाहका सेवक र रसूल हुन्।

        यदि दुई रकात नमाज मात्र पढ्ने हो भने अत्तहियात पढेर दरुद फरीफ पढ्नु पर्दछ अनि यो दुआ पढ्नु पर्दछ।

      (( अल्लाहुम्म इन्नीजलम्तो नफसी जुल्मन कसीरौं वला यगफेरुज्जोनूबा इल्ला अन्त फगफिरली मगफेरतम् मिन इनदेक वरहम्नी इन्नका अन्तल्गफुरुर्रहीम))

            अर्थः हे अल्लाह मेरा इन्द्रियहरुले धेरै पाप गरेका छन् र पापहरुलाई तिमी बाहेक अरु कोही क्षमा गर्न सक्दैन, तसर्थ तिमीले मलाई माफ गर, र म माथि दयागर निःसन्देह तिमी सबभन्दा महान् क्षमा गर्ने र दया गर्ने हौ।

यो दुआ पढेर सलाम फेर्नु पर्दछ।

           दुई रकात भन्दा बदीको नमाज हो भने अत्तहियात पढेपछि हात कांध वा कानसम्म उठाउँदै उभ्भिएर बाँकी रकात हरु पूरा गरी दोस्रो बैठकमा अत्तहियात पछि दरुद शरीफ र उपरोक्त दुआ पढेर पहिले दायाँतिर फेरि देब्रेतिर – अस्सलामो अलैकुम व रहमतुल्लाह- भनेर सलाम फेर्नु पर्दछ।

 दरुद शरीफ यो होः

           (अल्लाहुम्म सल्ले अला मुहम्मदिंव व अला आले मुहम्मदिन् कमासल्लैत अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम्मजीद। अल्लाहुम बारिक अला मुहम्मददिंव व अला आले मुहम्मदिन् कमा बारक्ता अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम्मजीद))

              अर्थः हे मेरो पालनकर्ता तिमी मुहम्मद र उनका अनुयायीहरु माथि दया र निगाह गर यसरी कि जुन रुपले तिमीले इब्राहीम र उनका अनुयायीहरु माथि गर्यो। निःसन्देह तिमी प्रशंसा गर्नलायक महान हौ।

 नमाजका आधारभूत कुराहरुः

          नमाजमा छ आधारभूत कुराहरु फर्ज( अनिवार्य) हुन्। यी मध्य कुनै एउटा छुटे पनि नमाज पुरा हुँदैन् यिनैलाई नमाजका आधारभूत कुराहरु अथवा अरकाने नमाज भनिन्छ। ती यी हुन्।

1- तकबीर तहरीमा अर्थात अल्लाहो अकबर भनेर हात बाँध्नु। यसलाई तहरीमा यसकारण भनिन्छ किन कि यस पछि नमाज बिरुद्ध गरिने सबै कुराहरु हराम (वर्जित) हु्न्छन।

2- कयाम अर्थात खडा हुनु।

3- केरात अर्थात सूरह अल्हमदो (सूरह फातिहा) पढ्नु। रातीको नमाज मगरिब , एशा र फजर को पहिलो दुई दुई रकातहरुमा ठूलो आवाजका साथ पढ्नु पर्दछ। सामूहिक नमाजमा इमाम ले ठूलो स्वरका साथ पढ्नु अनिवार्य छ र दिउँसोको नमाजमा जोहर र अस्रमा बस्तारै पढ्नु पर्दछ तर जुमा र ईदहरुमा नमाजमा भने इमामले ठुलो स्वरले केरात गर्नु अनिवार्य छ। बिस्तारै पढिने नमाजहरुलाई –सिर्री –नमाज र ठुलो स्वरमा पढिने नमाजहरुलाई -जेहरी- नमाज भनिन्छ।

4- रुकअ अर्थात निहुरे र घुँडामा हात राखनु।

5- सिज्दा अर्थात भुई माथि टाउको राखनु। यसमा दुबै हात दुबै घुँडा दुबै खुट्टाका पंजा, निधार र नाक समेत भुईमा टेक्नु पर्दछ।

6- कदा, अर्थात नमाजको अन्तमा अत्तहियात पढ्नु निमित्त बस्नु।

 नमाज कुन-कुन कुराले समाप्त हुन्छ।

            नमाजमा एकदम आदर र प्रार्थी भावमा उभ्भिई राखनु पर्दछ। यताउता नहेरीकन अल्लाहले हेरी राखेको छ भनि सम्झदै उस्तिर ध्यानमग्न हुनु पर्दछ।

        नमाजमा कुरा गरेबाट ठूलो स्वरले हाँसेबाट ,तन ढाकेको लुगा फुलकालेबाट वा यस्तो कुरा गर्नु जुन सुनेपछि त्यस्तो कुरा गर्ने मानिस नमाजमा रहेनछ भन्ने सुन्नेलाई आभास हुन्छ वा वोजू वा तयम्मुम टुटेपछि त्यस्तो नमाज समाप्त हुन्छ।

 रोगीको नमाजः

             यदि कुनै व्यक्ति रोगले गर्दा नमाजमा कयाम गर्न (उभिन) सक्दैन भने उसले बसेरै नमाज पढ्न सक्ने स्वीकृत दिइएको छ। यदि रुकु र सिज्दा गर्न तागत छैन भने संकेतदुरा गर्नु पर्दछ। बस्न पनि नसक्ने भएपछि किब्ला तर्फ मुख गरी सुतेर संकेतदुरा नमाज सम्पन्न गर्नु पर्दछ

 फर्ज र सुन्नतः

             पाँज समयको नमाज प्रत्येक मुसलमान पुरुष र नारीको लागि अनिवार्य (फर्ज) छ। विक्षिप्त मानिस र नाबलाक बच्चाहरुका लागि होइन । तर सात वर्षको उमेर पुगेपछि केटाकेटीहरुलाई नमाज पढ्न बानी बसाल्नु पर्दछ, 10 वर्षको उमेर पुगेर पनि नमाज नपढ्नेलाई हफ्काउनु वा आवश्यकताअनुसार पिट्नु पनि पर्दछ जसबाट वयस्क होउञ्जेलसम्म पढ्ने बानी पूर्णतया बासिसकोस्।

           हाम्रो रसूलले (वहाँ माथि शान्ति होस्) अनिवार्य नमाजका साथै केही रकात नमाज अरु पनि पढ्ने गर्नु हुन्थ्यो, यिनलाई , सुन्नत नमाज, भनिन्छ। यिनीहरुमा केही यस्ता छन् जसलाई अकरण वहाँले कहिले पनि छाड्नु भएन र अरुलाई पनि त्यसो गर्न आदेश दिनु भयो। यसलाई -मोवक्कदा- भनिन्छ। शेष सबै सुन्नत नमाज गैर मोवक्कदा हुन्। तिनीहरुमा कोही फर्ज नमाज भन्दा अगाडि र कोहि पछि पढिन्छ।

           निम्नलिखित विवरणबाट फर्ज र सुन्नत मोवक्कदा  नमाजको रकातहरुको संख्या थाहा हुनछ, साथै कुन फर्जभन्दा अधि र कुन पछि पढिने हो, त्यो पनि थाहा हुनेछ।

नमाजको     फर्ज      सुन्नत    सुन्नत

नाम            फर्जभन्दा अधि फर्जभन्दा पछि

फजर  दुई रकात   दुई रकात         -

जोहर  चार रकात  चार रकात    चार रकात

अस्र    चार रकात   -              -

मगरिब तीन रकात  -           दुई रकात

एशा    चार रकात  -           दुई रकात

        हाम्रो पवित्र रसूल (वहाँ माथि शान्ति होस्) ले सारा विश्व निद्रामग्न भईरहेको बेला उठेर रातीको एकान्तमा अल्लाहको पूजा गरी रहनुहुन्थ्यो। यसलाई तहज्जुदको नमाज, भनिन्छ। यो नमाज अनिवार्य नभए पनि यसबाट धेरै सवाब(पुण्य) प्राप्त हुन्छ। यसमा दुई-दुई रकातमा सलाम फेर्ने गरी आठ रकात पढ्नु हुन्थ्यो।

           यसको अतिरिक्त रमजानको महीना भरि दुई-दुई रकात गरी समूहका साथ तरावीहको नमाज पढ्नु हुन्थ्यो। यो सुन्नत मोवक्कदा, हो वितिरको नमाज तीन रकात, एशाको नमाज पछि पढिन्छ तर तहज्जुको नमाज पढ्नेले त्यसपछि वितिरको नमाज पढ्नु पर्दछ किनभने रसूल (वहाँ माथि शान्ति होस्) यसरी नै पढ्नु हुन्थ्यो तरावीह पढ्ने हरुले तरावीह पछि वितिर पढ्नु पर्दछ। यी नमाजहरुको अतिरिक्त दुई-दुई रकात ईदको नमाजहरु सुन्नत मोवक्कदा हो।

 नमाजे कसरः

             कमी गर्नुलाई कसर भनिन्छ। यात्रामा भएको बेला यात्रु मानिसले जोहर, असर, र एशाको फर्ज नमाज चार-चार रकातको सट्टा दुई-दुई रकात पढ्ने हुन्छ। फजर र मगरिब भने कसर हुँदैन्।

 सामूहिक नमाजः

          दुई वा बढी नमाजहरु एकैसाथ मिलेर नमाज पढछन् भने त्यसलाई सामूहिक नमाज(नमाज जमाअत) भनिन्छ।

           हाम्रो रसूल (वहाँ माथि शान्ति होस्) ले फर्ज नमाज सँघै समूहका साथ पढ्नु हुन्थ्यो। एक्लै नमाज पढ्नु भन्दा जमातका साथ पढेमा पच्चीस गुना बढी सवाब (पुण्य व लाभ) प्राप्त हुन्छ।

       सामूहिक नमाज पढ्न बनाइने घरलाई मस्जिद भनिन्छ।

         यो अल्लाहको घर हो। यसमा फर्ज नमाज पढ्नु घरमा पढ्नु भन्दा बढी लाभदायक हुन्छ। सुन्नत र नफिल नमाजहरु घरैमा पढ्नु श्रेयस्कर हुन्छ। स्वास्नी मानिसहरु पनि समूहमा सम्मिलित हुन सक्दछन् तर तिनको पंक्तित लोग्नेमानिसहरुको पंक्तित भन्दा पछाडि हुनुपर्दछ, तिनीहरुले श्रृंग्ङार गरेर वा अत्तर जस्ता सुगन्धित पदार्थ लगाएर आउनु हुँदैन।

          सामूहिक नमाजमा एक व्यक्ति सामान्य पंक्तित भन्दा अगाडि खडा हुन्छ, उसलाई इमाम भनिन्छ र उसको पछाडि उभ्भिनेहरुलाई मुक्तदी भनिन्छ मुक्तदी हरु कोही अगाडि पछाडि नभएर पंक्तितवद्ध वा सिधा हुनुपर्दछ।

सबैले एक अर्काको गोडाको पंजासित टाँस्सिएर उभिई राखनुपर्दछ र केरात बाहेक इमामले गरे जस्तै सवथोक मुक्तदीहरुले पनि गर्दै जानु पर्दछ। नमाजमा पढिने दुआहरु बिस्तारै भन्दै जानु पर्दछ। प्रत्येक रेकातमा मुक्तदीहरुले पनि सूरह फातेहा पढ्नु आवश्यक छ। जमाअत खडा भइसके पछि आउनेहरु पनि त्यसैमा सम्मिलित हुँदै जानु पर्दछ र छुटेको नमाजको अंश इमामले सलाम फेरी सकेपछि पूरा गर्नु पर्दछ।

           जमाअतमा दुई जना मात्र छन भने इमाम देब्रे तर्फ र मुक्तदी दाहिने तर्फ भई एकै साथ ख़डा हुनु पर्दछ।

             यदि तेस्रो मानिस आएर शरीक हुन्छ भने उसले पहिलेको मुक्तदीलाई पछाडि तानेर उसैको साथ उभ्भिनु पर्दछ। यदि पछाडि ठाउँ छैन भने इमामको देब्रेतिर गएर उभ्भिनु पर्दछ । इमामले  पनि अवस्थअनुसार तीन पाइला अगाडि सर्नसक्दछ।

 सिज्दा सहोः

            नमाजमा कुनै प्रकारको त्यस्तो भुल हुन गएमा जसबाट नमाजको प्रकृया अनियमित हुन जान्छ अथवा बिस्तारै पढ्नु पर्नेमा ठूलो स्वरले व ठूलो स्वरले पढ्नु पर्नेमा बिस्तारै पढेको वा त्यस्तै गर्नु पर्ने कुनै कुरा नगरेको वा नगर्नु पर्ने कुनै कुरा गरेको भन्ने शंका लागेकोछ वा दोस्रो राकातको कादह छुटेको वा ईदको नमाजमा तकबीर बिर्सेको छ भने यी सबै अवस्थामा बिर्सेको सिज्दा अथवा सिज्दा सहो गर्नु आवश्यक हुन्छ।

               यसको तरीका यो हो कि अन्तमा अत्तहियात पछि सलाम फेर्नु भन्दा अधि वा पछि दुई सिज्दा गर्नु पर्दछ। फेरि अत्तहियात र दरुद पढ्नु आवश्यक हुँदैन। सिज्दा सहो नगरेमा नमाज त हुन्छ तर अधुरो रहन्छ। इमामका साथ मुक्तदीहरुले पनि सिज्दा सहो गर्नु पर्दछ।

          यदि नमाजमा साथ इमामले कुनै भुल गर्न लागेको छ भने मुक्तदीले ठूलो स्वरमा सुब्बहानल्लाहो- भनेर इमामलाई सावधान गराई दिनु पर्दछ र महिला मुक्तदीले दायाँ हातको हत्केला देब्रे हत्केलाको पछाडि ताली बजाई दिनु पर्दछ।

 जुमा र ईदको नमाजः

             जुमाको नमाजमा इमामले मिम्बर माथि बस्दा अजान दिनु पर्दछ। यसपछि इमामले उभ्भिएर अल्लाहको वर्णन हुने गरी धार्मिक उपदेश र जानकारी भएको दुईवाटा खुत्बा पढ्नु पर्दछ। सबैले बुझने भाषामा एउटा खुत्बा पढी इस्लामसंग सम्बन्धित कुराहरु बताउनुका साथै एउटा खुत्बा अरबी भाषामा पढ्नु पर्दछ। दुबै खुत्बाको बीच एक छिनको लागि बस्नु पर्दछ।

            जुमाको नमाज नभेट्टाउने जोहरको नमाज पढ्नु पर्दछ। ईद र बकरईद खशीका दिन हुन। यसमा हैसियतले भ्याएको राम्रो लुगा लगाई अत्तर घसी ठूलो स्वरले तकबीर भन्दै ईदगाह जानु सुन्नत हो। ईद बकरईदका नमाजहरुमा पहिलो रकातमा तकबीर पछि सात चोटि  अतिरिक्त तकबीर र दोस्रो रकातमा केरात ( कुरआनको पाठ) भन्दा अगाडि पाँच चोटि अतिरिक्त तकबीहरु भन्नु पर्दछ।

          इमामकासाथ मुक्तदीले पनि त्यस्तै गर्नु पर्दछ। ईदगाहमा सबै नारी – पुरुष बच्चाहरु यहाँ सम्म कि पवित्र नभएका नारीहरु पनि जान सक्छन् तर अपवित्र नारीहरुले नमाज पढ्नु हुँदैन,

          प्रार्थनामा मात्र सम्मिलित हुन सक्दछन्। ईद, बकरईदको नमाजमा खुत्बा नमाज पछि मात्र हुन्छ र ती नमाजहरुका लागि अजान र अकामत भन्नु पर्दैन।

 जनाजाको नमाजः

             यो यस्तो नमाज हो जसमा रुकू र सिज्दा हुँदैन। मृतकको मुक्तिता लागि प्रार्थना गरिन्छ। यसको प्रकृया यो हो कि जनाजा इमामको अगाडि राखिन्छ। मृतक पुरुष हो भने इमाम उसको छाती र यदि नारी हो भने उसको कम्मरको सामुन्ने उभ्भिनु पर्दछ।

                मुक्तदी यदि धेरै छन् भने तीन, पाँज वा सात पंकितमा र थोरै छन् भने एउटै पंकितमा उभ्भिनु पर्दछ। इमामले पहिलो तकबीर भन्दा सबैले नमाज जस्तै हात बाँधेर सना अनि अल्लहम्दो( सूरह फातिहा) पढ्नु पर्दछ। दोस्रो तकबीरमा दरुद शरीफ र तेस्रो तकबीरमा यो दुआ पढ्नु पर्दछ।

(( अल्लाहुम्मग्फिरले हय्येना व मय्येतेना व शाहेदेना व गाएबेना व सगीरेना व कबीरेना व जकरेना व उन्साना अल्लाहुम्म मन् अहययतहु मिन्ना फअहयेही अलल इस्लाम वमन तवफ्फैतहु मिन्ना फतवफ्फहु अललईमान अल्लाहुम्म ला तहरिम्ना अज्रहु वला तफ्तिन्ना बादहु))

(मुस्लिम)

          अर्थः हे मेरो अल्लाह! हाम्रा जीवित र मृतकलाई ,रुजु र बेरुजुलाई, साना र ठूलालाई र पुरष तथा नारीलाई मुक्ति प्रदान गर, हे मेरो अल्लाह! हामी मध्ये जसलाई तिमीले जीवित राख्दछौ, उसलाई इस्लामका साथ जीवित राखनु र जसलाई मृत्य दिन्छौ, उसलाई इस्लामका साथ मृत्य देउ, हे अल्लाह!  यसको फाइदाबाट हामीलाई अलग नराखियोस् र यसपछि हामीलाई खराबकाममा नलगाईयोस्।))

फेरि चौथो चोटी तकबीर भनेर सलाम फेर्नु पर्दछ। उक्त दुआ (प्रार्थना) बालिग मृतकको लागि हो। नाबालिग केटाकेटीका लागि यो दुआ पढ्नु पर्दछ।

      (( अल्लाहुम्मजअलहु लना फरतन् वजअलहु लना अजरौं व जुखरन् वजअल लना शफेअन व मोशफ्पेअन)).

         अर्थः हे अल्लाह यो बच्चालाई हाम्रो मुक्तितका लागि अधि सर्न बनाउ र यसलाई हाम्रो लागि पुण्य र स्रोत बनाउ र यरसलाई हाम्रो लागि सिफारइश ल हामीबाट सिफारिश गरिएको बनाउ।)).

 तेश्रो आधार –जकातः

              कुनै व्यक्तिसंग सुन, चाँदी, अन्न वा जनावर नेसाब सम्म पुगिसकेकोछ भने त्यस्तो व्यक्ति माथि त्यसको एउटा निश्चित परिमाण प्राप्त गर्न समुदायको अधिकार हुन जान्छ।

         त्यस परिमाणमा त्यस्ता वस्तुहरु दिनुपर्ने भनी नमाज जस्तै अल्लाहले अनिवार्य बनाई दिएको छ। नेसाबको मालिक भएर पनि जकात नदिने व्यक्तिलाई प्रलय अथवा कयामतमा काफिरहरु सरह मानिने छ।

            जकातको अर्थ पवित्र गर्नु वा असल पार्नु हो। यो दायित्व पुरा गरी सकेपछि मुसलमानको सम्पूर्ण सम्पत्ति पवित्र हुने हुनाले यसको नाम जकात अर्थात पवित्र गर्ने राखिएको छ। विक्षिप्त र नाबालकहरुको सम्पत्तिबाट पनि जकात अनिवार्य हुन्छ जसलाई त्यस्ता नाबालकका हकवालाहरुले निकाल्नु पर्दछ।

जकातमा अल्लाह तआलाले धेरै फाइदाहरु निहित गरेकोछः

1- जकात कयामत(प्रलय) को दिन प्रकाशपुञ्ज हुनेछ।

2- जकात निकालिएको सम्पत्ति अल्लाहको संरक्षणमा रहन्छ।

3- जकात निकालेबाट सम्पत्तिमा बृद्धि हुन्छ।

4- जकातबाट गरीब मस्लिम बन्धुहरुको काम चल्दछ र तिनहरुले जकात दिनेहरुका लागि प्रार्थना गर्दछन् जसलाई अल्लाह स्वीकार गर्दछ।

 नसाबः

        जकात एकवर्षसम्म संचित रहीसकेको त्यस्तो मालमा अनिवार्य हुन्छ, जुन स्वतः बृद्धियोग्य हुन्छ। घर र घरका भांडाकुँडामा जकात लाग्दैन।

            जकातको लागि चाँदीको नेसाबमा हद साढे बाउन्न तोला र सुनको साढे सात तोला वा यसको मोल जतिको नगद रुपैयां, एकवर्षसम्म संचित रहिरहयो भने त्यसको मालिकले , चालिस रुपैयांमा एक रुपैयांको दरले जकात निकाल्नु पर्दछ।

          जनावरहरुमा प्रत्येकको हद अलग अलग हुन्छ। बाख्रा-बाख्रहरुको लागि चालिसमा एक , गाई , गोरु, भैंसीको लागि तीसमा एक र ऊंटको लागि पांचमा एक जकात निकाल्नु पर्दछ।

             अन्नको उब्जमा माटोको क्षमताको हिसाबले जकात निकाल्नु पर्दछ। अन्नको यदि स्वयम् सिञ्चित भूमिबाट उब्जेको छ भने त्यसबाट दश भागमा एक भाग जकात दिनु पर्दछ। यदि किसानले नहर वा अन्य किसिमले पानी पुर्याई सिंचाई गर्नु पर्ने माटो रहेछ भने त्यसको उब्जाबाट बीस भागको एक भाग जकात दिनु पर्दछ।

 जकातको उपयोगः

            जकातको माल वा रकम देहायका आठ कार्यहरुमा आवश्यकतानुसार खर्च वा उपयोग गर्न सकिन्छ।

1-आयका श्रोत नहुने गरीबहरुको पालन पाषणमा।

2-आफैं आर्जन गर्न नसक्ने निःसहायकहरुको सहायता गर्नमा।

3-जकात सम्बन्धी काम गर्ने कर्मचारी वा कामदारहरुको तलबमा।

4-इस्लाम फैलाउने काममा।

5-दासहरुलाई स्वतन्त्र गर्न काममा।

6-ॠण तिर्न सक्षम नहुने ॠणीहरुको कर्जा चुक्ता गर्न काममा।

7-अल्लाहको मार्गमा मुसलमानहरुको शक्ति बढाउन र शत्रुहरुसित संघर्ष गर्न काममा, र

8-मुसलमान यात्रुहरुको खाना र यात्रा खर्चमा।

जकातको रकम समूह वा समूदायको मुखिया कहाँ वा यस्तो विश्वासिलो संस्थामा जम्म गर्नु श्रेयस्कर हुन्छ जसले त्यो रकम ईमानदारीका साथ उपयुक्त काममा खर्च गरोस्।

        प्रत्येक बस्ती को रकम सोही ठाउँमा खर्च गरिनु पर्दछ र तर कुनै विशेष आवश्यकता र परिस्थितिमा दोस्रो ठाउँमा पनि सार्न र खर्च गर्न सकिन्छ।

 चौथो आधार-रोजाः

           बिहानदेखि सूर्यास्तसम्म खानपीन नगर्नुलाई रोजा भनिन्छ। हिजरी सन् 2 मा रमजान महीना भरिको रोजा राखनु सर्वप्रथम मुसलमानहरुका लागि अनिवार्य गरिएको थियो।

प्रत्येक बालिग र होश भएको र रोजा राखन् सक्षम व्यक्तिले रमजानको महीना भरी रोजा राखनुपर्दछ। जानीजानी एउटा रोजा पनि छाड्नहुन्न।

 रोजाको फाइदाहरुः

1- रोजा राखनेहरु सित अल्लाह खुशी हुन्छ र कयामत (प्रलय) मा त्यसतालाई स्वर्ग प्रदान गर्नेछ।

2- रोजा राखनाले हृदयमा प्रकाश र अल्लाहबाट भय उत्पन्न हुन्छ, जुन एउटा ठूलो उपलब्धि हो।

3- रोजा राखने भोक र तिर्खा सहने बानी बस्दछ र मानिसले मन माथि नियन्त्रण राखन सक्दछ।

4- रोजामा मानिसले हलाल (स्वीकार्य अथवा जायज) कुराहरुको प्रयोगमा नियन्त्रण गर्न हुनाले हराम (वर्जित अथवा नाजायज) कुराहरुको अप्रयोग सरल हुन जान्छ।

5- रोजाबाट रोग हट्दछ र स्वास्थ्य राम्रो हुन्छ।

6- रोजाबाट सामर्थ्यवान र धनी मानिसले प्रायः असमर्थ र गरीबहरुले बेहोर्ने भोक र तिर्खाको अनुभव गर्ने हुनाले तिनको सहायत गर्न अग्रसर हुन्छन्।

रोजा राखनेले बिहान हुनु भन्दा अधि सेहरी खानु र सूर्यास्त हुने बित्तिकै रोजाको ब्रत तोड्नु अर्थात इफतारी गर्नु सुन्नत हो।

 रोजा कुन कुन कुराले टुट्दछः

          जाना जानी केही खानु, पिउनु वा बान्त गरेबाट रोजा टुट्दछ तर बिर्सेर त्यसो गरेमा रोजा टुट्दैन।

            रोजामा दतिवन गर्नु, तेल र अत्तर लगाउनु वा सुरमा (गाजल) लगाउनु वा गर्मीको कारणले टाउको, छाती वा खुट्टामा पानी हाल्नु , नुहाउनु र आवश्यकतानुसार घाँटी-भित्र प्रवेश नगर्ने गरी खानाको नूनको स्वाद चाखनुमा बन्देज छैन।

 सट्टा रोजाः

           रमजानको महीनामा बिरामी परेका वा यात्रामा रहेकाहरुलाई रोजा नरहने अधकार छ  । तर निको भईसके पछि वा यात्रा समाप्त भएपछि अर्को रमजान शुरु हुनुभन्दा अधि छुटेको जति रोजा राखनु पर्दछ।

महिलाहरु पवित्र नभएसम्म रोजा राखनु हुँदैन। अपवित्रताको अवस्थामा छुटेका रोजाहरु पवित्र भएपछि अर्को रमजान शुरु नहुँदासम्म सोही अवधि भित्रै राखी पूरा गरी सक्नु पर्दछ।

कमजोर, बृद्ध वा सँघै बिरामी भईरहने मानिसले रोजा राखन नसके त्यस्ताको लागि सट्टा रोजा राखनु अनिवार्य छैन। छुटेको प्रत्येक रोजाको सट्टा सामर्थ्य भए एउटा गरीबलाई भोजन गराई दिनु पर्दछ।

 नफिल रोजाः

         हाम्रा पवित्र रसूल रमजानको रोजाहरुको अतिरिक्त अरु धेरै रोजाहरु राखनु हुन्थ्यो जुन अनिवार्य थिएनन् तर राखेबाट अत्याधिक पुण्य प्राप्त हुन्छ।

             यी मध्य शव्वाल महीनाको 6 रोजाहरु र अरफा अर्थात जिलहिज्जा महीनाका नवौं तारेखको रोजा जुन दिन हज हुन्छ, महत्वपूर्ण छन्। साथै आशुरा अर्थात मोहर्रम महीनाको रोजा जुन दिन फिरऔन र उसको फौज समाप्त भएको थियो र हजरत मूसा आफ्ना अनुयायीहरुका साथै मुक्ति पाउनु भएको थियो।

          ईदुल्फित्र (ईद) को दिन र बकरईदको दिन अर्थात जिलहिज्जाको 10 देखि 13 तारेखसम्म रोजा राखन मनाही गरिएको छ। हजमा सम्मिलित भएकाहरुले अरफाको रोजा राखनु हुँदैन।

 एतेकाफः

रमजानको महीनामा गरिने पूजाहरुबाट बढी पुण्य प्राप्त हुन्छ। त्यसकारण यस महीनामा सके जति पूजाहरु र कुरआनको पाठ गर्नु पर्दछ। यस महीनाको अन्तिम 10 रातीमध्ये कुनै विजोडा राती शब कदर हुन्छ जुन हजार महीना भन्दा पनि श्रेष्ठ हुन्छ, यसमा गरिएका पूजाहरुबाट मानिसलाई मुक्ति प्राप्त हुन्छ।

हाम्रो रसूल (वहाँ माथि शान्ति होस्) यस रातीको लागि रमजानको अन्तिम दस दिन मस्जिदमा नै बस्नु हुन्थ्यो र पूजामा नै लागिरहनु हुन्थ्यो। यसैलाई एतेकाफ भनिन्छ। एतेकाफमा बस्ने व्यक्तिले प्राकृतिक आवश्यकता बिना मस्जिद बाट बाहिर निस्कनु हुँदैन।

 सदकतुलफित्रः

            घरको मुख्यले घरको सबै साना, ठूला पुरुष र नारीहरुको तर्फबाट सदका फित्र दिनु पर्दछ। यसको परिमाण जिन्सी मालमा(खाधन्नमा) साढे दुई किलोग्राम हुन्छ। त्यत्ति जिन्सी अथवा त्यसको मूल्य जति नगदमा निकालेर ईदको नमाजको लागि जानु भन्दा अधि नै गरीबहरुमा वितरण गरिसक्नु पर्दछ। यस सदका(दान) बाट रोजामा केही साना-तिना त्रुटीहरु हुन गएको भए तिनीहरु माफ हुनेछन्।

 पाँचो आधार हज्जः

            पवित्र बैतुल्लाहको परिक्रमा गर्नु, जिलहिज्जाको नवौं तारेखमा अरफातको मैदानमा उपस्थित भई तत्सम्बन्धी कर्तब्यहरु (विधि-विधान) पूरा गर्नुलाई हज भनिन्छ।

            हज सन् आठ् हिजरीदेखि त्यस्तो प्रत्येक मुसलमानको जीवनमा एक चोटी अनिवार्य गरियो जो यात्र गर्न सक्षम हुनुका साथै उ संग हज गर्न जाँदा

र आउँदासम्म उसको परिवारले खानलाउन पुग्ने जति सम्पत्ति हुन्छ। मुनासिब कारण वेगर हजमा अल्लाह तआलाले भौतिक र नैसर्गिक दुबै फाइदाहरु निहित गरेको छः

1- हज गरेबाट मानिस सम्पूर्ण पाप (गुनाह) हरुबाट स्वच्छ र पवित्र हुन्छ।

2- हज गरी सकेकाहरुलाई अल्लाह तआला निशिचत रुपले स्वर्ग प्रदान गर्दछ।

3- हज गर्दा काबाको परिक्रमा र त्यहाँ नमाज पढ्ने अवसर उपलब्ध हुन्छ । जुन संसारको पहिलो मस्जिद हो र त्यहाँको एक नमाज अन्य मस्जिदमा एक लाख नमाज जति प्रभावकारी हुन्छ।

4- हजमा विश्वका सबै  देशका मुसलमानहरु एक ठाउँमा जम्मा हुन्छन्। तिनीहरु पारस्पारिक रुपमा एक अर्काबाट प्रत्येक किसिमको भौतिक र धार्मिक, बौद्धिक तथा व्यवहारिक फाइदाहरु प्राप्त गर्न सक्दछन्।

5- हजको माध्यमबाट सम्पूर्ण विश्वका मुसलमानहरु संगठित हुन सक्दछन् यो यस्तो पवित्र संस्था हो जुन मुसलमान बाहेक अरुलाई प्राप्त छैन।

6- हज गर्न जाँदा यात्रा र पर्यटनको अतिरिक्त अन्य देशको मानिसहरु सितको भेटघाटबाट विभिन्न अनुभव प्राप्त गर्न सकिन्छ।

7- हजमा मानिसले चाहेमा ब्यापारिक सामानहरु लगेर धेरै फाइदा आर्जन गर्न सक्दछन्।

 हज्ज उमराः

           हज्ज सालमा एक चोटी मात्र जिलहिज्जा महीनाको नवौ तारेखका दिन अरफातको मैदानमा सम्पन्न हन्छ। यो मक्काबाट 12 मील  टाडा छ। हज्ज गर्न गएका सबै नर नारी यस दिन सक्त मैदानमा पुगेर प्रार्थमा गर्दछन्। यस दिनको अतिरिक्त अन्य कुनै दिनमा कुनै व्यक्ति काबाको परिक्रमा गरेर सफा र मरवा बीच चक्कर लगाउँछ भने त्यसलाई सानो हज्ज अर्थात उमरा भनिन्छ। यसको लागि कुनै निशिचत मिति र समयको प्रतिबन्ध छैन।

 अहरामः

               चारैतिरबाट हज्ज गर्न जाने हज्ज यात्रीहरुले अहराम बाँध्नु पर्ने स्थानहरु निशिचत छन् जसलाई मीकात भनिन्छ। उपमहाद्धिपका देशहरु  र नेपालका लागि यो ठाउँ यलमलम हो। जो समुद्र को नजिकै छ र पानी जहाजदुरा जाँदा सामुन्ने  पर्दछ। जहाजका कार्यकर्ताहरुले उक्त स्थान आएपछि हज्ज यात्रीहरुलाई जानकारी गराउँछन् हर यात्रले  त्यस बख्त स्नान गरेर दुई रकात नमाज पढी लागाई राखेको सिएको लुगा उतारी अहरामको कपडा लगाउनु पर्दछ।

अहराममा लुँगी बाँधेर काँधमा चादर राखेर टाउको खुल्ला राखनुपर्छ।

            अहराम लगाएको अवस्थामा अत्तरहरु लगाउनु हुँदैन। जुत्ता लगाउनु हुन्छ तर गोली गाँठो नढाक्ने गरी लगाउने पर्छ। सथै मोजा लगाउनु हुँदैन। यही पहिरन राजा र रंक सबैका लागि हो र अल्लाहको दरबारमा मालिक र दासमा कुनै भेदभाव हुँदैन।

             महिलाहरुले सिएको पहिरन लगाउनु हुन्छ तर अनुहारमा पर्दा (नकाब) र हातमा पन्जा लगाउनु हुन्न, साथै अत्तर वा सुगन्धित पदार्थ प्रयोग गर्नु हुँदैन।

            जो सकैले यसको विपरीत गरेमा उसले त्यसको पश्चाताप गर्नु पर्नेछ। समुद्रको शिकार गर्न भने सकिन्छ। अहराम बाँधी सकेपछि सँघै तकबीर तलबीया अर्थात् निम्नलिखित दुआ पढीरहनु पर्दछ।

(( लब्बैक अल्लाहुम्मा लब्बैक लब्बैक लाशरीक लक लब्बैक इन्नलहम्दा वन्नेअमता लक वल्मुल्कालाशरीक लक)).

       अर्थः हे मेरो अल्लाह म उपस्थित छु हे अल्लाह! म उपस्थित छु म उपस्थित छु तेरो कोही साझेदार छैन म उपस्थित छु। निःसन्देह सबै प्रशंसा तेरो लागि छ। सबै अनुग्रह (नेमत) र शासन सत्ता तेरो हो। तेरो कोही साझेदार छैन।

 तवाफ र सईः

        हज्ज यात्रीहरु मक्का भित्र पस्ना साथ सर्वप्रथम वोजू सहित स्नान गरेर बैतुल्लाह गएर त्यहाँ त्यस अवसरमा पढिने प्रार्थनाका सूत्रहरु

          (तवाफको दुआ) पढ्दै काबाको सात चोटि परिक्रमा गर्न पर्दछ। परिक्रमा गरेर मल्तजम अर्थात काबाको ढोकालाई पक्रेर प्रार्थना गर्नु पर्दछ।

            अनि मोकामे इब्राहीम (इब्राहीमको स्थान) मा दुई रकात नमाज पढ्नु पर्दछ। यसपछि काबाको नजिकै रहेका सफा र मरवा त त्यहाँका पहाडीहरु जसलाई जोड्ने सडक छ र त्यसको दुबै तिर बाटो छ,

            त्यसमा सात चोटि बिस्तारै दगुर्नु पर्दछ। यस पछि टाउको कपाल काटनु र खौरनुपर्छ। यत्ति गरे पछि उमरा पूरा हुन्छ।

यस पछि उमराको लागि मात्र नीयत गर्नेले अहरामका पहिरन फुकालिदिनु पर्छ। हज्जमा जाने बेला फेरि लगाउनु पर्ने तथा उमरा र हज्ज दुबैको नियत गर्नेले हज्ज र कुर्बानी नगरेसम्म अहरामको पोशाक नफुकाली लगाई राखनु पर्दछ।

 हज्रे असवदः

                 हजरत इब्राहीमल एकमात्र अल्लाहको पूजाको लागि काबा निर्माण गर्दा हज्रे असवद भन्ने एउटा कालो ढुग्ङालाई काबाको एउटा कुनामा जडान गर्नु भएको थियो। हज्ज गर्न प्रत्येक व्यक्तिले यस माथि हात राखनु पर्छ र धेरैको समूह भए टाढैबाट यस तर्फ हात उठाउनु पर्ने र त्यसपछि सात चोटि काबाको परिक्रमा गर्नु  पर्दछ।

 हज्जको प्रकृयाः

           जिलहिज्जाको आठ तारेखका दिन हजका लागि प्रस्थान गरिन्छ। मक्कादेखि तीन मील टाढा पर्ने मेना मा हाजीहरु राती बस्दछन्।

भोलि पल्ट बिहानै फजरको नमाज पछि त्यहाँबाट हिडेर अरफात को मैदानमा पुगेर त्यहाँ जोहरको समयमा नै जोहर र अस्रका दुई-दुई रकात नमाज पढ्नु पर्दछ। त्यसपछि यसै मैदान (चौर) मा जब्ले अरफात वा जब्ले रहमत मध्ये जुन एकमा भए पनि उभ्भिएर स्वच्छ हृदयले आफ्ना मालिक (अल्लाह) सित साँझसम्म (सूर्यास्त भए सम्म) दुआ (वरदानहरु) मागी राखनु पर्दछ।

              सूर्यास्त पछि तल्बिया पढ्दै त्यहाँबाट प्रस्थान गरी मुज्दलेफा भन्ने स्थानमा पुगेर एशाको समयमा मगरिबको तीन रकात र एशाको दुई रकात पढेर राती बिताउनु पर्दछ। बिहान पख फजरको नमाज पढेर अल्लाहको चर्चा गर्नुमा र प्रार्थना गर्नुमा ब्यस्त रही सूर्योदय हुने बेला मेनातिर प्रस्थान गर्नु पर्दछ।

 रमीः

         मेनामा तीन स्थानमा निशानहरु (चिन्हो) बनाइएका छन्। जसलाई जम्रात भनिन्छ, ती मध्ये प्रत्येकलाई ससना सात सातवटा ढुग्ङेले हान्नु पर्दछ। यसले शातान सितको घृणा प्रकट गर्दछ जसबाट मानिस शैतान भन्दा टाढा रहिरहोस्।

 कुर्बानीः

          मेनामा रमी पछि कुर्बानी गर्नु पर्छ। यही नै त्यो ठाउँ छ जहाँ हजरत इब्राहीमले स्वप्नमा अल्लाहको संकेत पाएर आफ्नो छोरो हजरत इस्माईललाई कुरबानी  ( बलिदान) गर्न तयार हुनु भएको थियो।

              तर  जबह गर्ने ( काट्ने) बेला छोराको घाँटीमा छुरी राखेपछि अल्लाहले आफ्नो कृपाले वहाँलाई रोक्यो र भन्यो कि वहाँ त्यसतो कडा जाँचमा अबिचलित रही सफल हुनु भयो।

             यसै इब्राहीम सुन्नतलाई अल्लाहले कायम राख्दै प्रत्येक मुसलमानलाई हज पछि त्यहाँ कुर्बानी गर्न आदेश दियो।

       कुर्बानीको मासु आफु पनि खानु र आफ्ना नातेदार र सम्बन्धीहरु , मित्रहरु, र गरीब-गरुवाहरुलाई खुवाउनु पर्दछ। कुर्बानबाट फुर्सद पाएर आफ्नो अहरामको पहिरन उतारेर लोग्ने मानिस भए कपाल खौरनु पर्ने र त्यसपछि गएर काबाको परिक्रमा गरी मेना फर्कनु पर्दछ।

सके तीन दिन अथवा घटीमा दुई दिन मेनामा बस्नु पर्दछ। प्रत्येक दिन जम्रात (अर्थात शैतानलाई ढुग्ङाले हिर्काउने कार्य) गर्नु पर्दछ। तेस्रो दिन मक्कामा आएर काबाको अन्तिम परिक्रमा गरी त्यहाँबाट प्रस्थान गरे हुन्छ।

मदीना मोनव्वरा को भ्रमण आफूलाई अनुकूल परेको बेला पारी गर्नु पर्दछ।

हज्ज भन्दा अधि वा पछि . त्यसको लागि मौसमको कुनै प्रतिबन्ध छैन।

صلى الله و سلم على نبينا محمد و على آله و صحبه أجمعين