(सही अक़ीदा सँबन्धि केही) महत्वपूर्ण कुराहरु (⮫)


 (सही अक़ीदा सँबन्धि केही) महत्वपूर्ण कुराहरु

مسائل مهمة في العقيدة الصحيحة

 बिस्मिल्लाहिर्रहमानिर्रहीम

) शुरु गर्दछु अल्लाहको नामबाट जुन धेरै दयालु र अति कृपालु छन्(

सम्पूर्ण स्तुति र प्रशंसा मात्र अल्लाहका लागि समर्पित छन् । र अल्लहाका संदेशवाहक मोहम्मद माथि सर्व शान्ति होस्।

यस पुस्तिकामा इस्लामी अक़ीदा (आस्था) को सम्बन्धमा केही महत्वपूर्ण कुराहरुलाई प्रशन-उत्तरको रूपमा प्रस्तुत गरिएको छ। यी कुराहरु शैख मो.जमील जै़नुको किताब –अल अकी़दतुल् इस्लामीयः मिनल किताबे वस्सुन्नह  अस्सहीहाबाट सँकलित गरिएका हुन्। यी कुराहरुको जान्कारी केही मुसलमानहरुलाई अवश्य छ, तर मुसलामानहरुको बहुतायत यी कुराहरुसित लगभग अपरिचित र अनभिज्ञ छन।

अल्लाह तआलासित प्रार्थना छ कि यस पुस्तिकालाई पढ़ने तथा लेखनेहरुका लागि लाभदायक बनाओस्। निस्सन्देह अल्लाह महान कृपालु र दयालु छ। उत्साह र साहस प्रदान गर्ने वाला अल्लाह नै हो।

                                           &&&

 हाम्रो सृष्टिको उद्देश्य

प्र-1- अल्लाह तआलाले हामीहरुलाई किन जन्म दिएको छ ?

उ-1- अल्लह तआलाले हामीहरुलाई यस उद्देश्यले जन्म दिएको छ कि हामी मात्र अल्लाहकै उपासना, पूजा र भक्ति गरौं तथा कसैलाई अल्लाहको सहभागी न बनाऔं। अल्लाह को फर्मान छः

     {وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونِ }الذاريات56)

-मैले जिन्न (दानव) र मानिसहरुलाई मात्र आफ्नो अराधना र भक्तिको लागि जन्माएको छु।–

नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः

حق الله على العباد أن يعبدوه و لا يشركوا  به  شيئا)) متفق عليه

-अल्लाहको अधिकार उपासकहरुमाथि यो हो कि तिनीहरु अल्लाहकै भक्ति गरुन र कसैलाई अल्लाहको साझी न बनाउन्। - (बुखारी, मुस्लिम)

प्र-2- इबादत (उपासना) को अर्थ के हो ?

उ-2- इबादत प्रत्येक प्रत्यक्ष, अँतरात्मक बचन र कर्म लाई भनिन्छ जुन अल्लाहको नजिक मनोनीत होस। जसलाई अल्लाहले मन पराउँछ र उसित प्रसन्न हुन्छ। जस्तैः दुआ, पुकार, नमाज, आराधना, प्रार्थना, आशा, डर, बलि, वनय आदि। अल्लाहको वाणी छः

{قُلْ إِنَّ صَلاَتِي وَنُسُكِي وَمَحْيَايَ وَمَمَاتِي لِلّهِ رَبِّ الْعَالَمِينَ ))لأنعام162))

 -भनिदेऊ मेरो नमाज (अराधना)  , जीवन र निधन मात्र अल्लाहकै लागि हो, जुन सम्पूर्ण संसारको पालनकर्ता हो। - (अल अन्आमः 162)

एउटा हदीसे कु़दसीमा अल्लाहको कथन छः

(( قال تعالى .... وما تقرب إلى عبدي بشيء أحب إلى مما افترضت عليه )) (حديث قدسي رواه البخاري))

-मेरो नजिक सब भन्दा रुचिकर वस्तु जस द्धारा मेरो उपासक मेरा समीपता प्राप्त गर्दछ, त्यो कार्य हो जसलाई मैले उमाथि अनिवार्य घोषित गरेको छु-  (बोखारी)

प्र-3- इबादत वा उपासना कति प्रकारका छन् ?

उ-3- इबादत वा उपासना विभिन्न प्रकारका छन्।

जस्तैः दुआ गर्नु, प्रार्थना गर्नु, पुकारनु, भयभीत हुनु, आशा गर्नु, भरोसा गर्नु, बलिदान गर्नु, मन्नतमान्नु, भेंट , चढावा चढ़ाउनु, रुकूअ गर्नु, सजदा गर्नु, (ढोग्नु) तवाफ़ (परिक्रमा) गर्नु, शपथ खानु, मध्यस्त बनाउनु इत्यादि। यी बाहेक अरु पनि इबादतका धेरै किसिमहरू छन्।

प्र-4- अल्लहाले नबी र रसूल (संदेशवाहक दूत) हरुलाई किन अवतरित गर्यो ?

उ-4- अल्लहाले उहाँहरुलाई यो उद्देश्यले अवतरित गर्यो कि उनीहरु मानवलाई अल्लाहको इबादत र आराधना तिर बोलाउन् र बहुदेववादलाई अन्त पारुन्। अल्लाहको कथन छः

((لَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَّسُولاً أَنِ اعْبُدُواْ اللّهَ وَاجْتَنِبُواْ الطَّاغُوتَ ))

النحل36

-         र निस्सन्देह हामीले सबै सम्प्रदायमा एउटा संदेशवाहक (दूत) लाई पठायौं ताकि तिनीहरु अल्लाहको उपासना गरुन अनि झूठा पूज्यहरु देखि छुटै रहुन्।– ( अन्नहलः 36)

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः

(( الأنبياء إخوة .... و دينهم واحد ))  متفق عليه

-सबै संदेशवाहकहरु भाइ-भाइ हुन् र उहाँहरुको  धर्म एउटै नै हो।–

(बोखारी, मुस्लिम)

अर्थातः सबैले मानवलाई एकेश्वरवादतिर नै बोलाए।

&&&&

  तौहीद (एकेश्वरवाद) का किसिमहरू

प्र-5- तौहीदे रुबूबियत कसलाई भनिन्छ ?

उ-5- अल्लाहलाई उसको कार्यमा एकलै मान्नु र यो स्वीकार गर्नु कि सृष्टिकर्ता, आन्नदाता, सुखदाता, प्राणदाता, मृत्यु दाता, पालनकर्ता, संहारकर्ता एक्लै अल्लाह नै हो। लाभ, र हानि इत्यादि उसकै अधिकारमा छ कोही उसको साझेदार छैन। अल्लाहको वाणी छः

 {الْحَمْدُ للّهِ رَبِّ الْعَالَمِينَ))الفاتحة2 ))

-सम्पूर्ण स्तुति र प्रशंसा अल्लाह कै लागि समर्पित छन् जो सम्पूर्ण संसारको पालनकर्ता हो।– (अल-फातेहाः2)

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः

(( أنت رب السموات و الأرض )) متفق عليه

-तिमी नै आकाश र धर्तीका ईश्वर हौ –

(सही बोखारी, मुस्लिम)

प्रः6- तौहीदे उलूहियतको अर्थ के हो?

उः6- इबादत, भक्ती, पूजा र उपासनामा अल्लाहलार्इ  एकलै मान्नु। अर्थातः यो स्वीकार गर्नु कि अल्लाह नै एक्लै पूजनीय हो। अल्लाह बाहेक कोही पूज्य छैन। अतः अल्लाहलाई नै पुकार्नु, उसैको लागि बलिदान गर्नु, उसैको लागि चढ़ावा चढ़ाउनु, उसैको लागि नमाज पढ़नु, उसैसित आशा राखनु, उसैबाट भयभित हुनु, उसैलाई मध्यस्त बनाउनु, उसैसित सहायता मांग्नु, उसैमाथि भरोसा राखनु, आदिलाई-तौहीदे उलूहीयत- भनिन्छ। अल्लाहको कथन छः

((وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم))

 (البقرة:163)

अनुवादः तिम्रो पूजनीय ईश्वर मात्र एउटै छ, उस बाहेक कोही अन्य पूज्य छैन एवम् उ धेरै कृपालु र दयालु छ। (अल बकरहः163)

नबी सल्लल्लाहु अलैही वसल्लम को कथन छः

(( فليكن أول ما تدعوهم إليه شهادة أن لا إله إلا الله))

( متفق عليه) و في رواية للبخاري إلي أن يوحدوا الله)

अनुवादः सब भन्दा पहिला मानवहरूलाई यस गवाही (साक्ष्य) तिर बोलाउनु कि अल्लाह बाहेक कोही पूजनीय छैन। (बोखारी , मुस्लिम)

सही बोखारी को एक अनुकरणमा छः

((मानवलाई यो स्वीकार गराउ कि तिनी मात्र अल्लाहकै उपासना गर्नेछन्, अरुलाई सामेल गर्दैनन्।))

प्रः7- तौहीदे रुबूबियत र तौहीद उलूहीयतको मक्सद (अभिप्राय) के हो ?

उः7- यी दुईटैको मक्सद यो हो कि हामीले आफ्नो सूष्टीकर्ता, पालनकर्ता पूजनीय अल्लाहका श्रेष्ठता र महानतालाई जान्नु पर्छ र मात्र उसलाई नै पूज्नु पर्छ। आफ्नो जीवन अल्लाहकै आदेशानुसार निर्वाह गर्नु पर्छ। आफ्नो हृदयमा ईमान र आस्थालाई बलियो र दृढ़ पार्नु पर्छ एवम् यस भूमिमाथि अल्लाहकै नियम लागू गर्नु पर्छ।

प्रः8- तौहीदे अस्मा वस्सिफातको आशय के हो ?

उः8- तौहीद अस्मा वस्सिफातको आशय यो हो कि अल्लाहले आफ्नो किताब –कुरआन- मा वर्णन गरे बमोजिम वा उसका सन्देशवाहक मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले उसका जुन नाम र बिशेषताहरु बताउनु भएको छ, तिनलाई यस प्रकार अल्लाहको लागि साबित मानिनु पर्दछ, जस्तो कि उसको महानता र दबदबाको योग्य छ। बिना तावील र तम्सील, बिना तअतील तथा तक्यीफका तिनलाई सिद्ध पार्नू पर्दछ।

तावीलः

अल्लाहका नाम तथा बिशेषताहरुको उल्टो व्याख्या गर्नु।

तम्सीलः

अल्लाहका नाम तथा बिशेषताहरुको कुनै वस्तसित दाँजनु र उदाहरण दिनु ।

तअतीलः

अल्लाहका नाम तथा बिशेषताहरुलाई बेमाना (व्यर्थ) र निरर्थक समझनु।

तकयीफः

अल्लाहका नाम तथा बिशेषताहरुलाई कुनै आकारको रुपमा वर्णन गर्नु।

अल्लाहको वाणी छः

((ليس كمثله شئ و هو السميع البصير))

(الشورى:11)

(( उस जस्तो कुनै चीज़ छैन, र उ सुन्ने र देख्ने वाला छ। ))

(अश्शुराः11)

नबी सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छः

(( ينزل ربنا في كل ليلة إلى السماء الدنيا))

  (متفق عليه)

((हाम्रो पालनकर्ता प्रत्येक राति संसारीय आकाशमाथि नोजूल (अनुलोम) गर्नु हुन्छ।)) (बोखारी, मुस्लिम)

संसारीय आकाशमाथि अल्लाहको अनुमोल गर्ने कर्म उसको महानताको योग्य र अनुकूल हो। प्राणि वर्गमा कसैको साथ उसको समाकार छैन।

महापाप

प्रः9- अल्लाहको समक्ष सबभन्दा ठूलो पाप के हो ?

प्रः9- अल्लाहको नजिक सबभन्दा ठूलो पाप शिर्के अकबर ( बहुदेववाद ) हो। अल्लाहले आफ्नो सदाचारी उपासक हज़रत लुकमान अलैहीस्सलामको सम्बन्धमा बर्णन गरेको छ कि उहाँले आफ्नो छोरालाई उपदेश दिंदै भन्नु भयोः

(( يا بني لا تشرك بالله إن الشرك لظلم عظيم))

(لقمان:13)

(( हे मेरो प्रिय छोरो ! अल्लाहको साथ कसैलाई साझी नगर, निस्सन्देह शिर्क (अनेकेश्वरवाद) ठूलो अत्याचार हो।))

(लुकमानः13)

नबी सल्लल्लाहु अलैही व सल्लमसित एक जनाले सोधेः कि सब भन्दा ठूलो पाप के हो ?

त उहाँले उत्तरमा भन्नु भयोः

 (( أن تجعل لله ندا هو خلقك)) (متفق عليه)

((सबै भन्दा  ठूलो पाप यो हो कि तिमी अल्लाहको साथमा कसैलाई साझेदार बनाउ, जबकि अल्लाहले नै तिमीलाई जन्म दिएको छ। ))

(बोखारी, मुस्लिम)

प्रः10- ठूलो शिर्कको अर्थ के हो ?

उः10- ठूलो शिर्कको अर्थ यो हो कि इबादत, उपासना र भक्तिका जति पनि किसिमहरू छन्, ती मध्ये कुनै किसिमलाई पनि अल्लाह बाहेक अरुको लागि गर्नु।

 जसरीः दुआ, पुकार, प्रार्थना, बलिदान आदि।

अल्लाहको वाणी छः

 ((ولا تدع من دون الله مالا ينفعك ولا يضرك فإن فعلت فإنك إذا من الظالمين))

(يونس:106)

(( अल्लाह बाहेक कसैलाई न पुकार, जुन तिमीलाई नत लाभ पुर्याउन सक्छ न हानि, यदि तिमीले अरुलाई पुकार्यौ भने तिमी अत्याचारीहरु मध्ये भै हाल्छौं।))

(यूनुसः106)

नबी सल्लल्लाहु अलैही वसल्लमको भनाई छः

(( أكبر الكبائر الإشراك بالله و عقوق الوالدين و شهادة الزور))

(البخاري)

(( सब भन्दा ठूलो अपराध (पाप) अल्लाहको लागि साझेदार बनाउनु, बुवा र आमाको अवज्ञा गर्नु, तथा झूठो गवाही दिनु हो।))

प्रः11- ठूलो शिर्क को नोक्सान के हो ?

उः11- ठूलो शिर्क गर्दाखेरी मानिस निरंतरतापूर्वक नरक वासी हुन जान्छ।

अल्लाहको कथन छः

(( إنه من يشرك بالله فقد حرم الله عليه الجنة و مأواه النار و ما للظالمين من أنصار))

(المائدة:72)

(( जो कोही अल्लाहको साझीदार ठहराउँछ, निश्चय नै अल्लाहले उसको लागि जन्नत (स्वर्ग) हराम गरि दिएक छन् र उसको ठेगाना नरकमा हुनेछ, र अत्याचारीहरू (अनेकेश्वरवादी) लाई कोही पनि सहायता गर्नेवाला छैन।))

(अल माईदाः72)

नबी सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छः

(( و من لقي الله يشرك به شيئا دخل النار))

(رواه مسلم)

(( जसले अल्लाह संग अरुलाई साझी गर्दैमर्छ, उ मरे पछि नरकमा जाने छ।))

 (मुस्लिम)

प्रः12- मुश्रिक (अनेकेश्वरवादी) कुनै शुभ कार्य गर्छ भने उसलाई पुण्य प्राप्त हुने छ वा छैन ?

उः12- अनेकेश्वरवादीको नत कुनै उपासना स्वीकार योग्य मानिने छ न उसको कुनै शुभ कर्मलाई सही मानिनेछ। अल्लाहको महावाणी छः

((ولو أشركوا لحبط عنهم ما كانوا يعملون))

(الأنعام:88)

(( यदि तिनी (संदेशवाहकदूत) हरुले पनि शिर्क गर्थे भने तिनाका सबै शुभ कार्यहरु नष्ट हुन जान्थे।))

(अल अन्आमः88)

हदीसे कुदसीमा अल्लाहको कथन छः

(( أنا أغنى الشركاء عن الشرك من عمل عملا أشرك معي فيه تركته و شركه))

(حديث قدسي)

(( मँ साझेदारहरुबाट बेनेयाज (निःस्पृह) छु, जसले कुनै कार्यमा कसैलाई मेरो सहभागी बनायो, उ सँग मलाई कुनै मतलब छैन, मँ उसको यो कर्मलाई नष्ट पारी दिन्छु।))

            ठूलो शिर्कका केही किसिमहरु

प्रः 13- मतृक र अनुपस्थित व्यक्तिहरुसित सहायताको लागि प्रार्थना गर्नु कस्तो हो ?

उः 13- सहायताको लागि उपर्युक्त व्यक्तिहरुसित प्रार्थना गर्नु अवैधानिक हो।  हामीले मात्र अल्लाह सित प्रार्थना गर्नु पर्दछ। किनकि अल्लाहको वाणी छः

(( والذين يدعون من دون الله لا يخلقون شيئا و هم يخلقون , أموات غير أحياء و ما يشعرون أيان يبعثون))

(النحل:20,21)

(( अल्लाह बाहेक जसलाई यिनीहरु गुहार्ने गर्दछन् तिनी कुनै वस्तुलाई जन्म दिन सक्दैनन्, बरु तिनीहरुलाई पनि अल्लाहले नै जन्म दिएको छ। तिनीहरु मृतक हुन्। जीवित होईनन्, तिनीलाई यो पनि थाहा छैन कि तिनीहरु कहिले आफ्ना चिहानबाट पुनः जीवित पारी उठाईनेछन्।)) (अलनहलः20,21)

नबी सल्लल्लाहु अलैही वसल्लम अल्लाहसित विन्ती गर्नु हुन्थ्योः

(( يا حي يا قيوم, برحمتك أستغيث))

( حديث حسن رواه الترمذي)

(( हे सदैव जीवित र कायम रहने वाला पालनकर्ता ! मँ तिम्रै कृपा र दयाको माध्यमबाट सहायताको याचना गर्द छु।))(तिर्मिज़ी)

प्रः14- के जीवितहरुसित सहायताको लागि फरियाद गर्नु उचित छ ?

उः14- जीवितहरुसित तिनका क्षम्ता बमोजिम सहायताको लागि फरियाद गर्नु उचित छ। अल्लाहले हजरत मूसा अलैहिस्सलामको बारेमा ब्यान गरेको छः

(( فاستغاثه الذي من شيعته على الذي من عدوه فوكزه موسى فقضى عليه)) (القصص:15)

((मूसाका समुदायको एक व्यक्तिले आफ्नो शत्रुबाट सुरक्षाको लागि मूसालाई गुहार्यो, मूसाले शत्रुलाई एक मुक्का हान्यो र उसलाई अन्त पारीदियो।))

(अलकससः15)

प्रः15- के अल्लाह बाहेक अरुसित सहायता माँगनु उचित छ ?

उः15- यस्तो कार्यमा अरुसित सहायता माँगनु उचित छैन जसको क्षम्ता अल्लाह बाहेक कोहीलाई छैन। अल्लाहको वाणी छः

(( إياك نعبد و إياك نستعين)) ( الفاتحة:5)

(( हे पालनकर्ता ! हामी तिम्रै पूजा गर्दछौं र तिमी सित सहायताको लागि विन्ती गर्दछौं।))

(अलफातेहः 5)

नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाई छः

(( إذا سألت فاسأل الله , و إذا استعنت فاستعن بالله)) رواه الترمذي و قال: حديث حسن صحيح

(( केही मांग्नु छ भने मात्र अल्लाहसित माँग् मद्दतको खाँचो आई परोस भने मात्र अल्लाहसित याचना गर्)) तिर्मिजी

प्रः16- के हामी जीवित व्यक्तिहरुसित मद्दत माँगन सक्छौं?

उः16- हो! यदि तिनीहरु मद्दत गर्ने क्षम्ता राख्छन् भने केही अनिष्ट छैन। जस्तैः ऋण मांगनु,, कुनै कार्यमा सहयोग चाहनु।

अल्लाहको कथन छः

((وتعاونوا على البر والتقوى)) (المائدة:2)

((तिमीहरु शुभ कार्यमा एक अर्कालाई सहयोग गर्।)) अल माईदाः2

नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः

(( و الله في عون العبد ما كان العبد في عون أخيه))

رواه مسلم

(( अल्लाह तआला उस मानिसको मद्दतमा त्यस बेला सम्म हुन्छ जब सम्म उ आफ्नो भाइको मद्दतमा हुनेछ।)) मुस्लिम

तर स्वास्थ्य, जीविका, साहस इत्यादी केवल अल्लाहसित माँग्नु जरुरी छ, किनकि यी कार्यहरुको क्षम्ता जीवित मानिसहरुको वशमा पनि छैन भने मृतकहरुको कुनै कुरै छैन।

अल्लाहको वाणी छः

((الذي خلقني فهو يهدين وهو الذي  يطعمني و يسقين و إذا مرضت فهو يشفين)) (الشعراء:80’78)

(( जसले मलाई जन्म दिएको छ, उही मलाई सत्यमार्ग दिखाँउछ, उही मलाई खाना-पानी दिराखेछ र जब मलाई रोग लाग्छ भने उही नै स्वास्थ्य प्रदान गर्छ।)) अल शोअराः78-80

प्रः17- के अल्लाह बाहेक अरुको नाममा मन्नत, नियाज र भेटी चढ़ाउन पाईन्छ?

उः17- अल्लाहको सिवाय अरुको नाममा मन्नत, नियाज र भेटी चढा़उनु हराम (वर्जित) छ। अल्लाहले हज़रत इमरानकी पत्नीको बृतान्त ब्यान गर्दै भनेको छः

(( رب إني نذرت لك ما في بطني محررا)) (آل عمران:35)

((हे मेरो पालनकर्ता ! मैले तिम्रो लागि प्रतिज्ञा (भाकल) गरेकीछु कि मेरो गर्भाष्यमा जुन सन्तान छ उलाई मँ तिम्रोलागी स्वतँत्र (स्वाधनी) गरि दिन्छु।))

आले इमरानः35

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः

(( من نذر أن يطيع الله فليعطيه, و من نذر أن يعصيه فلا يعصة))

رواه البخاري

((जसले अल्लाहको आज्ञापालनगर्नका लागि प्रतिज्ञा गर्यो, उलाई चाहिन्छ कि आफ्नो प्रतिज्ञा पूरा गरोस्, र जसले अल्लाहको अवज्ञाका लागि प्रतिज्ञा गर्यो, उलाई चाहिन्छ कि आफ्नो प्रतिज्ञा पुरा नगरोस्। अर्थातः अल्लाहको अवज्ञा नगरोस्।)) बोखारी

 जादुको हुकुम

प्रः18- जादु सम्बन्धी इस्लामको हुकुम के छ ?

उः18- जादु महा अप्राधहरु मध्ये एक ठूलो अप्राध हो, जुन कहिले काहीं नास्तिकताको सीमा सम्म पु्ग्न थाल्छ। अल्लाह तआलाको वाणी छः

((ولكن الشياطين كفروا يعلمون الناس السحر)) (البقرة:102)

(( तर शैतान (दुष्टात्मक) हरुले नै नास्तिकता र अधर्म कार्य गरे, तिनी मानवहरुलाई जादुको शिक्षा दिन थाले))

(अलबक्रहः102)

रसूल सल्लल्लाहो अलैहे वसल्लमको कथन छः

(( اجتنبوا السبع الموبقات: الشرك بالله و السحر......))

الحديث (رواه مسلم)

(( सात प्रकारका घातक कुकर्महरुबाट सावधान रह् , अल्लाहको  सहभागी बनाउनुबाट र जादुबाट.....))

(मुस्लिम)

प्रायः जादुगर अनेकेश्वरवादी, नास्तिक र दोषोत्पाक हुन्छ। प्रतिहिंसा अथवा दण्डको स्वरुप उसलाई बध गर्नु र मृत्यु दण्ड दिनु जरुरी छ।

उपर्युक्त दण्ड उसको मिथ्यावादको अनुसार नै हो, किनकि उसका कुकर्महरु मध्ये यी कार्यहरु हुन्।

दृष्टिबँध, धार्मिक षडयंत्र, अशान्ति, अप्राध दोषाच्छादन, पति-पत्नीको बीच भेद र पृथकता पार्नु, जीवन समाप्त गर्नु आदि।

प्रः19- के हामी प्रोक्षविज्ञान (ईल्मे गैब) को प्रति दैवज्ञ, ज्योतिषी, र दीढ बन्ध गर्नेहरुलाई पुष्टि गर्न र सत्य मान्न सक्छौं ?

तिनीहरुलाई सत्य मान्नु र तिनको पुष्टि गर्नु अनुचित र अवैधानिक हो। अल्लाहको वाणी छः

((قل لا يعلم من في السماوات و الأرض الغيب إلا الله)) (النمل:65)

(( भनिदेउ ! कि आकाश र पृथ्वीमा अल्लाह बाहेक कोहीलाई परोक्षको ज्ञान छैन।))

(अल नमलः65)

 नबी सल्लल्लाहु अलैही व सल्लमको बचन छः

(( من أتى عرافا أو كاهنا فصدقه بما يقولو فقد كفر بما أنزل على محمد))

(صحيح رواه أحمد)

 ((जुन व्यक्ति कुनै देवज्ञ वा ज्योतिषी तिर लाग्यो र उसको बचनलाई सत्य मान्यो एवम उसको पुष्टि गर्यो भने उसले मुहम्मद माथि अवतरित गरिएको धर्मलाई अस्वीकार गरिदियो।)) (अहमद)

सानो शिर्क

प्रः20- सानो शिर्कको अभिप्राय के हो ?

उः20- सानो शिर्क ठूला अप्राधहरु मध्ये नै हो तर सानो शिर्क गर्ने वाला निरँतरतापूर्वक नरकमा बस्दैनः

सजाय पछि उ नरकबाट बाहिर निकालिनेछ।

सानो शिर्कको विभिन्न प्रकारहरु छन्। ती मध्ये नै रेयाकारी (देखावा) हो।

अल्लाहको कथन छः

((فمن كان يرجو لقاء ربه فليعمل عملا صالحا و لا يشرك بعبادة ربه أحدا)) (الكهف:110)

(( अतः जसलाई पनि आफ्नो सृष्टीकर्ता सँग भेटने ईच्छा छ उसलार्इ चिहयो कि सत्कर्म गरोस् र आफ्नो पालनकर्ताको उपासनामा कसैलाई सहभागी न बनाओस् ।)) ( अलकहफ़ः110)

नबी सल्लल्लाहु अलैही वसल्लमले भन्नु भयोः

 (( إن أخوف عليكم الشرك الأصغر: الريا)) (صحيح رواه أحمد)

((मलाई तिमीहरु प्रति सब भन्दा बढि़ सानो शिर्क को भय लाग्दछ,र त्यो देखौवाको लागि कुनै कार्य गर्नु हो।)) (अहमद)

प्रः21- के अल्लाह बाहेक कसैको नाम शपथ खानु उचित छ ?

उः21- अल्लाह बाहेक कसैको नाम शपथ खानु हराम (वर्जित) छ।

अल्लाहको वाणी छः

((قل بلى و ربي لتبعثن)) ( التغابن:7)

((भनिदेउ! मलाई आफ्नो पालनकर्ताको सौगंध छ कि तिमी पुनः अवश्य नै महाप्रलयको दिन जीवित पारी उठाईने छौ।)) (अत्तगा़बुनः7)

नबी सल्लल्लाहु अलैहि वसल्लमको कथन छः

                                  (( من حلف بغير الله فقد أشرك )) ( صحيح رواه أحمد)

((जसले अल्लाह बाहेक कसैको शपथ खायो उसले शिर्क गर्यो))

उहाँले यो पनि भन्नु भयोः

(( من كان حالفا فليحلف بالله أو ليصمت))

(( जो कसम खान चाहन्छ, उसको लागि जरुरी छ कि मात्र अल्लाहको कसम खाओस् वा चुप रहोस्))

संदेशवाहक दूत र ऋषि मुनिहरुको शपथ खानु ठूलो शिर्क हुन सक्छ यदि शपथ खाने मानिसले यो भावना राख्यो कि उपर्युक्त व्यक्तिहरुलाई यस संसारमा केही अधिकार प्राप्त छ र तिनीहरु हानि पुर्याउन सक्दछन्, तसर्थ त्यो मानिस तिनीहरुको नाम असत्य शपथ खांदा भयभीत देखा पर्दछ।

प्रः22- के हामी स्वास्थ्यको उद्देश्यले धागो वा बाला आदि लाउन सक्छौं?

उः22-यी वस्तुहरु लाउनु हराम छ। अल्लाहको कथन छः

 ((و إن يمسسك الله بضر فلا كاشف له إلا هو )) ( الأنعام:17)

((यदि अल्लाहले तिमीलाई कुनै हानि पुर्याउन चाहोस् भने उ बाहेक कोही पनि हानिलाई दूर गर्न सक्दैन।)) (अल अन्आमः17)

हज़रत होजैफा रज़ि अल्लाहु अन्हुबाट वर्णन छ कि उहाँले एक जनाको हाथमा जरोबाट बाँच्नको लक्ष्यले धागो टन्काईएको हेर्नु भयो, अनि उहाँले धागोलाई टुक्राँउदै क़ुर्आनको यो श्लोक पढ़नु भयोः

(( و ما يؤمن أكثرهم بالله إلا و هم مشركون)(يوسف:106)

(( कतिपय मानिसहरु अल्लाहमाथि ईमान (आस्था) राख्दा पनि मुश्रिक (अनेकेश्वरवादी) हुन्।)) यूसुफः106)

प्रः23- के दृष्टिबन्ध वा जादुबाट सुरक्षाको लागि ताबीज, जन्तर आदि लटकाउनु उचित छ ?

उः23- यी वस्तुहरुलाई लटकाउनु उचित छैन, किनकि

अल्लाहको वाणी छः

((و إن يمسسك الله بضر فلا كاشف له إلا هو )) ( الأنعام:17)

(( यदि अल्लाहले तिमीलाई कुनै हानि पुर्याउन चाहोस् भने उ बाहेक कोही पनि हानिलाई दुर गर्न सक्दैन।))

(अलअन्आमः17)

नबी सल्लल्लाहु अलैहि वसल्लमको कथन छः

(( من تعلق تميمة فقد أشرك))

(صحيح , رواه أحمد)

((जसले तावीज, जन्तर लटकायो , उसले शिर्क गर्यो।))(अहमद)

वसीला (माध्यम) र उसका थरिहरू

प्रः24- अल्लाहको निकटता प्राप्त गर्नका लागि हामीले कुन वसीला प्रयोग गर्नु पर्दछ ?

पः24- वसीला दुई प्रकारका हुन्ः उचित र अनुचित।

क)        उचित वसीलाः

अल्लाहका पवित्र नामहरु, विशेषताहरु, शुभकार्य र जीवित सदाचारीहरुको दुआको वसीला।

अल्लाहको वाणी छः

((ولله الأسماء الحسنى فادعوه بها))

(( र राम्रा राम्रा नाम अल्लाहकै लागि हुन् सो ती नामहरुले नै अल्लाहलाई पुकार्।))

(अलअअराफः180)

अल्लाहको वाणी छः

(( يا أيها الذين آمنوا اتقوالله و ابتغوا إليه الوسيلة)) (المائدة:35)

(( हे अल्लाह माथि आस्था राखनेहरु हो ? अल्लाह सित डर् र उसको निकटता पाउनको लागि वसीला (माध्यम) खोज गर्।))

(अलमाईदाः35)

अर्थातः अल्लाहका आज्ञापालन र अल्लाहको प्रति राम्रो राम्रो कार्यहरुको माध्यमले अल्लाहको निकटता प्राप्त गर्।

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः

(( أسألك بكل اسم هو لك سميت به نفسك))

( صحيح رواه أحمد)

(( हे मेरो पालनकर्ता ! मँ तिम्रो प्रत्येक नामले तिमीसित माँग्दछु। जुन तिमीले आफ्नोलागि मनोनित गर्नु भएको छ।))

(अहमद)

ख)       मृतकहरुलाई पुकार्नु, उहाँहरुसित आफ्नो सहायताका लागि प्रार्थना गर्नु। जस्तो कि वर्तमान कालमा धेरै जसो  मुसलमानहरुको अवस्था छ, निस्सन्देह यो ठूलो शिर्क हो।

अल्लाहको वाणी छः

((و لا تدع من دون الله ما لا ينفعك و لا يضرك فإن فعلت فإنك إذا من الظالمين)) (يونس:106)

(( अल्लाह बाहेक कसैलाई नपुकार्, जुन तिमीलाई नत्र लाभ पुर्याउन सक्छन् न हानि। यदि तिमीले कसैलाई पुकार्यौ भने निश्चय नै तिमी अत्याचारी (अनेकेश्वरवादी) हरु मध्ये हुन जान्छौं।))

(यूनुसः 106)

ग)        नबी सल्लल्लाहु अलैहि वसल्लमका मर्यादा र सम्मानलाई वसीला बनाउनु र यो भन्नुः

हे मेरा पालनकर्ता ! मुहम्मदको सम्मान र मर्यादको प्रतापले मलाई स्वास्थ्य प्रदान गर।

यो वसीला पनि उचित छैन किनकि नबीका सर्वश्रेष्ठ साथीहरुको जीवन कालमा यस प्रकारका वसीलाहरुको कुनै प्रमाण मिल्दैन। बरु नबीको मृत्युपछि हज़रत उमरले नबीका जीवित काका हज़रत अब्बास सँग दुआ को लागि निवेदन गर्नु भयो, नबी सँग निवेदन गर्नु भएन।

यस प्रकारका वसीलाले मानिस ठूलो शिर्क गर्न थाल्छ, यदि उसले यो भावना राख्यो कि अल्लाहलाई मनुष्यहरुका वसीलाको आवश्यकता छ जस्तो कि राष्ट्रपति र प्रधान्मन्त्री आदिको प्रति माध्यम प्रयोग गरिन्छ।

अतः यस प्रकारको भावना राखने मानिसले आफ्नो सृष्टिकर्ता र  पालनकर्तालाई मानव जातिसँग तुलना गर्यो, जुनकि महापाप हो।

इमाम अबू हनिफाले भन्नु भयोः

(( मँ यो कुरालाई हराम मान्दछु कि हामी अल्लाह बाहेक अरु सित मागौं।))

(अलदुर्रल मु़ख्तार)

 दुआ र पुकारको हुकुम

प्रः25- के दुआको स्वीकृतिका लागि कुनै मानवको वसीला लिनु जरुरी छ ?

उः25- दुआको स्वीकृतिका लागि कुनै मानवको वसीला लिनु जरुरी छैन।

अल्लाहको वाणी छः

(( و إذا سألك عبادي عني فإني قريب)) (البقرة: 186)

(( हे नबी ! जब मेरा उपासकहरु मेरो बारेमा सोध्छन भने त भनिदेउ कि मँ तिनीहरुसित धेरै नजिक छु र मँ पुकारने वालाको पुकारलाई स्वीकार गर्दछु।))

(अल बक्रह़ः186)

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः

(( إنكم تدعون سمعيا قريبا و هو معكم ))

( رواه مسلم)

(( निस्सन्देह तिमीहरु उस अल्लाहलाई गुहार्दछौ जुन तिम्रो दुआलाई सुन्दछ र तिम्रो साथ छ।))

(मुस्लिम)

अर्थातः अल्लाह आफ्नो अनुपम ज्ञानले तिम्रो साथ छ, तिम्रो पुकार सुन्दछ र तिमीलाई देख्दछ।

प्रः26- के जीवितहरुसित दुआ गरिदिनको लागि निवेदन गर्नु उचित छ?

 उः जीवितहरुसित दुआ गरिदिनको लागि निवेदन गर्नु उचित छ, तर मृतकहरू सित होईन।

अल्लाहले आफ्नो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई संबोधित गर्दै भन्नु भयोः

(( و استغفر لذنبك و للمْؤمنين و المؤمنات)) ( محمد:19)

((आफ्नो त्रुटिको मुक्तिका लागि र आस्थावान पुरुष एवम् महिलाहरूको मुक्तिका लागि अल्लाहसित क्षमा मांगदै गर् र प्रार्थना गर्दै गर्।))

(मुहम्मदः19)

तिर्मिजीमा एउटा सही हदीस वर्णन गरिएको छ कि एउटा अन्धो व्यक्तिले नबी सल्लल्लाहु अलैहि वसल्लमको सेवामा उपस्थित भयो र निवेदन गर्योः

हे अल्लाहका रसूल मेरो लागि अल्लाहसित प्रार्थना गर्नु होस कि मेरो दृष्टि पुनः फिर्ता गरुन्।

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः

((तिम्रो यहि ईच्छा छ भने ठीक छ, मँ प्रार्थना गरि दिन्छु, र यदि तिमी संतोष गर्नेछौ भने यो तिम्रो लागि अति नै लाभदायक हुनेछ।))

प्रः27-महाप्रलयको दिन नबी सल्लल्लाहु अलैहि व सल्लमको सिफारिस पाउनका लागि हामीले के गर्नु पर्छ ?

उः27-हामी अल्लाहसित विन्ती गरौं किः हे अल्लाह ! प्रलयको दिन हामीलाई नबीको सिफारिस प्रदान गरिदेउ।

अल्लाहको वाणी छः

((قل لله الشفاعة جميعا)) الزمر:44)

(( भनिदेउः सबै प्रकारका सिफारिस अल्लाहकै अधिकारमा छन्।))

(अज्जो़मरः44)

तिर्मिज़ीमा एउटा हदीसमा छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले एक जनालाई सिकाउनु भयो कि अल्लाहसित यस प्रकार दुआ गर्ः

((اللهم شفعه في)) ( رواه الترمذي و قال: حسن صحيح)

(( हे मेरो अल्लाह ! तिमी नबीलाई मेरो लागि सिफारिसी बनाईदेउ।))

(सुनन तिर्मिजी़)

नबी सल्लल्लाहू अलैहि वसल्लमको कथन छः

((إني خبأت دعوتي شفاعة لأمتي يوم القيامة  فهي نائلة إن شاء الله من مات من أمتي لا يشرك بالله شيئا))

 (رواه مسلم)

((मैले आफ्नो याचना र दुआलाई महाप्रलयको दिन आफ्नो समुदायको सिफारिसका लागि गुप्त राखेको छु। यदि अल्लाहले चाहोस् भने मेरो सिफारिस प्रत्येक उ व्यक्तिलाई प्राप्त हुनेछ, जसले मृत्युकाल सम्म कसैलाई अल्लाहको साझी न बनाएको होस्।))

(मुस्लिम)

अर्थातः जो शिर्क गर्दैन, उसले नबीको सिफारिस अवश्य पाउने छ।

प्रः28- के जीवितहरुका अनुमोदन र सिफारिस लिन पाईन्छ ?

उः28- संसारिक व्यवहारमा जीवित व्यक्तिहरुद्धारा सिफारिस गराउनु उचित छ। अल्लाहको वाणी छः

(( من يشفع شفاعة حسنة يكن له نصيب منها و من يشفع شفاعة سيئة يكن له كفل منها))

(النساء:85)

(( जसले मनोनित कार्यमा सिफारिस गर्छ, उसले उसको प्रतिफल पाउनेछ, र जसले अवैधानिक कार्यमा सिफारिस गर्छ,  उसले पापको दण्ड पाउने छ।))

(अलनिसाः85)

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः

(( اشفعوا تؤجروا)(صحيح , رواه أبو داود)

(( शुभ कार्यमा सिफारिस गर्, तिमीले प्रत्युपकार पाउनेछौ।))

(अबू दाउद)

सुफीवाद (अध्यात्मवाद) को ख़तरा

प्रः29-  सुफीवाद इस्लामको दृष्टीमा कस्तो छ ?

उः29- नबी सल्लल्लाहु अलैही वसल्लम,  र उहाँका सर्वश्रेष्ठ साथीहरु र ताबेईनको जीवनकालमा सुफीवादको वजूद (प्राप्य) थिएन, बरु यसको आविष्कार उस समय भयो जब युनानी पुस्तकहरुको अनुवाद अर्बी भाषामा गरियो।

सुफीवाद विभिन्न इस्लामी शिक्षाको प्रतिकूल र विपरीत हो। जस्तोः

(क)             अल्लाह बाहेक अरुसित दुआ माँग्नु।

कतिपय सुफीहरु मृतकहरुसित दुआ माँग्दछन्। जबकि नबी सल्लल्लाहु अलैही वसल्लमले भन्नु भएको छः

(( الدعاء هو العبادة))

(رواه الترمذي و قال: حديث حسن صحيح)

(( दुआ नै इबादत र उपासना हो।))

(तिर्मि़जी़)

अतः दुआ इबादत अन्तर्गत भएकोले अल्लाह बाहेक  अरुसित माँग्नु ठूलो शिर्क हो, जसले गर्दा अर्का शुभ कार्यहरु पनि नष्ट हुन जान्छन्।

(ख)            धेरे जसो सुफीहरु यो आस्था राख्दछन् कि अल्लाह तआला स्वयम् आफ्नो अस्तित्वको साथ प्रत्येक स्थानमा उपस्थित हुनुहुन्छ। जबकि यो कुर्आनको खुल्ला विरोध हो। कुर्आनमा छः

(( الرحمن على العرش استوى)) (طه:5)

(( रहमान –दयालु पालनकर्ता- आकाशमा सिहाँसन (अर्श) माथि उच्च छन्।))

(ताहाः5)

सही बोखारीमा छ कि अल्लाह सब भन्दा माथिल्लो आकाशमा सिंहासन (अर्श) माथि उच्च छन्।

(ग)             केही सुफीहरु यो भावना राख्दछन् कि अल्लाह आफ्ना प्राणिवर्गमा होलूल (विलीन) होई बक्सिएको छ।

दमिश्क मा भूमिहित सुफीहरुको प्रसिद्ध नायक (इब्ने अर्बी) भन्छः

(( العبد رب, و الرب عبد   يا ليت شعري من المكلف))

(( उपासक नै ईश्वर हो र ईश्वर नै उपासक हुन्। तथापि मलाई यो थाहै छैन कि उत्तरदायी को हो?))

एउटा अवज्ञाकारी सुफीले त यहाँसम्म भनि दिएको छः

(( و ما الكلب و الخنزير إلا إلهنا  و ما الله إلا راهب في كنيسة))

((कुकुर र सुंगुर नै हाम्रा पूजनीय ईश्वर हुन् र गिर्जा घरमा जुन पादरी छ उनै अल्लाह हो।))

(घ)             कतिपय सुफीहरुको सद्धान्त छ कि अल्लाहले यस संसारलाई मुहम्मद सल्लल्लाहु अलैही वसल्लम का लागि सृष्टी गरेकोछ। जबकी यो सिद्धान्त कुर्आनको विपरीत छ। अल्लाहको वाणी छः

 (( و ما خلقت الجن و الإنس إلا ليعبدون)) ( الذاريات:56)

((मैले जिन्न र मनुष्यलाई केवल आफ्नो उपासना गर्नका लागि पैदा गरेको छु।))

(अज्जा़रियातः56)

अल्लाहको एउटा अर्को वाणी छः

(( و إن لنا للآخرة و الأولى)) (اليل:13)

((निस्संदेह संसार र परलोक हाम्रै लागि नै हुन्।))

(अल-लैलः13)

(च)     सुफीहरुको बहुमत यो भावना राख्द छ कि अल्लाहले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो नूर (प्रकाश) बाट जन्म दिएको छ र अन्य संसारिक सामग्रीहरुलाई मुहम्मदको नूरबाट पैदागरेको छ तथा सर्वप्रथम अल्लाहले मुहम्मदलाई नै जन्म दियो, आदि। यी सबै भावनाहरु कुर्आन र हदीसका विपरीत हुन्।

सुफीहरुका प्रतिकूलताहरु मध्ये वली, सदाचारी र ऋषिमुनिका नाम मन्नत (भाकल) मान्नु, तिनीहरुका कब्र (चिहान) लाई तवाफ (परिक्रमा) गर्नु, कब्रमाथि कलश् गजुर र गुमज बनाउनु, मजार नजिक उर्स लगाउनु, जिक्र अज्कार र दुआ अवैधानिक रुपले गर्नु, जिक्र र दुआको बेला नर्तन र नाचगर्नु, आगो खाउनु, जन्तर, यन्त्र, जादू र दीठ बन्धन गर्नु, अनृत्य र अनुचित रुपले समाजका माल समान खानु र मानिसहरुसँग छल व्यवहार गर्नु, इत्यादी हुन्।

कुर्आन र हदीसको प्रति हाम्रो व्यवहार

प्रः30- के हामी अल्लाह र उसका रसूलको कथनमाथि अरुकसैको कथनलाई प्रधानता दिन सक्छौं?

उः30- हामी अल्लाह र उसका रसूलको कथनमाथि अरुकसैको कथनलाई प्रधानता दिन सक्दैनौं।

किनकि अल्लाहको वाणी छः

(( يا أيها الذين آمنوا لا تقدموا بين يدي الله و رسوله)) (الحجرات:1)

(( हे आस्था राखनेहरु हो ! अल्लाह र उसका रसूलको तुलनामा कसैलाई महानता न देऊ(अल्लाह र उसका रसूलभन्दा अगाडी न बढ़)।))

(अलहुज्रातः1)

नबी सल्लल्लाहु अलैही व सल्लमले भन्नु भयोः

(( لا طاعة لمخلوق في معصية الخالق))

(صحيح رواه أحمد)

(( सृष्टीकर्ताको अवज्ञामा कुनै प्राणिका आज्ञापालन गर्नु सख्त मनाही छ।)) अहमद

हजरत इब्ने अब्बास रज़ि अल्लाहु अन्हुले भन्नु भयोः

((मलाई यस्तो लाग्दछ कि यिनीहरु विनष्ट गरिदिईनेछन्, मँ भन्दछु कि नबी सल्लल्लाहु अलैही व सल्लमले यो भन्नु भएको छ, तर यिनीहरु भन्दछन् कि अबू बक्र र उमरले त यस्तो भन्नु भएको छ।))

(अहमद आदि)

प्रः31- यदि कुनै धार्मिक विषयमा हाम्रो बीच भिन्नता हुन गयो भने हामीले के गर्नु पर्नेछ ?

उः31- यस्तो अवस्थामा हामीले कुर्आन र हदीसतिर प्रवृत्त हुनु पर्छ र यी दुबैलाई नै मध्यस्त मान्नु पर्दछ।

अल्लाहको कथन छः

(( فإن تنازعتم في شيئ فردوه إلى الله و الرسول إن كنتم تؤمنون  بالله و اليوم الآخر ذلك خير و أحسن تأويلا)) ( النساء:59)

(( यदि कुनै विषयमा तिम्रो बीच मतभेद उत्पन्न होस भने समाधानको लागि अल्लाह र रसूलतिर लगेर जाउ, यदि तिमी अल्लाह र महाप्रलयमाथि आस्था राख्दछौं भने यो तिम्रो लागि राम्रो हो र यसको परिणाम पनि उत्तम छ।))

(अन्निसाः59)

नबी सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको छः

(( تركت فيكم أمرين لن تضلوا ما تمسكتم بهما كتاب الله و سنتي))

(رواه مالك و صححه الألباني في صحيح الجامع)

((मैले तिम्रो बीच दुई वस्तु, छाडेको छु, जहिले सम्म तिमी यी दुवैलाई बलिष्ठतापुर्वक थामी राखनेछौ, कदापि तिमी पथभ्रष्ट हुने छैनौ। ती मध्ये एउटा अल्लाहको किताब (कुरआन) हो र अर्को मेरो सुन्नत (हदीस) हो।))

(मालिक, सही अलजामे)

प्रः32- उ व्यक्ति इस्लामको दृष्टिमा कस्तो छ जुन यो भावना राख्दछ कि इस्लामी आदेशत्मक र निषेधात्मक शिक्षाहरु उसका लागि जरुरी छैनन् र उ यसको उत्तरदायी पनि छैन ?

उः32- यस्तो व्यक्ति नास्तिक, धर्मभ्रष्ट र इस्लामबाट निष्कासित छ। किनकि उपासना मात्र अल्लाहकै लागि हो। ((ला इलाहा इल्लल्लाह मुहम्मदुर्रसूलुल्लाह)) लाई स्वीकार्नुको उद्देश्य पनि यही हो। आराधना वास्तविक रुपले उस समय सम्म पूर्ण हुन सक्दैन जब सम्म प्रत्येक विषयमा अल्लाहको आज्ञापालन न गरियोस् र उसलाई नै आराधित न मानियोस्।

अर्थातः अकीदा (सिद्धान्त) होस वा आस्था, इबादत होस वा उपासना, यी सबै अभियाचनमा इस्लामी नियमलाई मध्यस्थ स्वीकार गर्नु पर्दछ। जीवनका प्रत्येक कार्यक्षेत्रहरुमा अल्लाहकै आदेशको पालना गर्नु पर्दछ। यो स्वीकार गर्नु पर्दछ कि कुनै वस्तु र कार्यलाई पवित्र अथवा वर्जित (हलाल वा हराम) घोषित गर्नु अल्लाहकै अधिकार हो। तसर्थ बिना इश्वरीय तर्क र प्रमाणले कुनै वस्तु वा कार्यलाई पवित्र अथवा वर्जित मान्नु एक प्रकारको शिर्क हो। जुन अल्लाहको इबादतमा अरुलाई साझी बनाउनु जस्तो हो।

 कब्र(समाधि) दर्शनका नियम र शैली

प्रः33- कब्रलाई ज़ियारत (दर्शन) गर्नु कस्तो छ र दर्शनको उद्देश्य के छ?

उः33- पुरुषहरुका लागि कुनै पनि समय कब्रका ज़ियारत गर्नु मनोनित छ तर महिलावृन्दका लागि प्रतिबंद्ध छ।

यसको विभिन्न उद्देश्य र नियमहरु छन्, जस्तैः

(क)              यसमा जीवितहरुका लागि शिक्षा र पाठ छन् कि उनिहरुले पनि एक न एक दिन मर्नै पर्छ तसर्थ शुभ कार्यमा लाग्नु जरुरी हो।

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः

(( كنت قد نهيتكم عن زيارة القبور فزوروها))

(رواه مسلم)

(( निस्संदेह मैले तिमीहरुलाई कब्रको ज़ियारतबाट रोकि दिएको थिएं तर अब अनुमति दिराखेछु कि तिमीहरु कब्रको ज़ियारत (दर्शन) गर्।))

(मुस्लि)

एक अन्य हदीसमा छः

(( فإنها تذكركم بالآخرة)) (صحيح رواه أحمد و غيره)

((चिहानको दर्शन तिमीलाई परलोकको याद गराउने छ।)) (अहमद आदि)

ख कब्रको दर्शन गर्दा हामी मृतकहरुको मुक्तिका लागि अल्लाहसित प्रार्थना गरौं। मृतकहरुलाई पुकार्नु वा तिनीहरुसित दुआका लागि निवेदन गर्नु मिल्दैन। नबी सल्लल्लाहु अलैही व सल्लमले आफ्ना साथीहरुलाई कब्रिस्तान (चिहान स्थल) मा प्रवेश गर्दा खेरि दुआ पढ़नको लागि भन्नु भएको थियोः

(( السلام عليكم أهل الديار من المؤمنين و المسلمين و إنا إن شاء الله بكم لاحقون أسأل الله لنا و لكم  العافية))

(رواه مسلم)

(( हे यस स्थानका मुस्लिम तथा मूमिन (आस्तिक) निवासीवर्ग ! तिमीहरुमाथि अल्लाहका शान्ति र कृपा होस्। यदि अल्लाहले चाह्यो भने हामी तिमीहरुसँग छिट्टै मिल्नेछौं। हामी आफ्नो र तिम्रो लागि अल्लाहसित शान्तिको याचना गर्दछौं।

(मुस्लिम)

(ग)             कब्रमाथि बस्नु र उतिर अनुहार गरी नमाज पढ़नु उचित छैन।

नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाई छः

(( لا تجلسوا على القبور و لا تصلوا إليها ))

(( कब्रहरुमाथि न बस्, न उस दिशा अनुहार गरी नमाज् पढ्।))

(सही मुस्लिम)

(घ)             कब्रहरु नजिक कु़र्आन पढ़नु सख्त र नितांत रुपले मनाही छ। नबी सल्लल्लाहु अलैही व सल्लमले भन्नु भएको छः

(( لا تجعلوا بيوتكم مقابر, فإن الشيطان ينفر من البيت الذي تقرأ فيه سورة البقرة))

(رواه مسلم)

(( आफ्ना आवासहरुलाई कब्रिस्तान जस्तो न बनाउ, निस्संदेह शैतान उस आवासबाट पलायन गर्न थाल्छ जसमा सूरह बक्रह पढ़िन्छ।))

(मुस्लिम)

यस हदीसमा यो संकेत छ कि कब्रिस्तान कुर्आन पढ़नको लागि उचित स्थान छैन। बरु कुर्आन पढ़नको लागि आवास (गृह) उचित स्थान हो।

नबी सल्लल्लाहु अलैही व सल्लम र उनका साथीहरु बाट यसको कुनै प्रमाण छैन कि उहाँहरुले मृतकहरुका लागि कहिले पनि कुर्आन पढ़े। बरु उहाँहरु मृतकको लागि दुआ गर्दथे। नबी सल्लल्लाहु अलैहि वसल्लम जब कुनै मृतकलाई गाड़ेर निवृत्त हुन्थे भने एक छिन विराम गर्दै भन्नु हुन्थेः

(( استغفروا لأخيكم و سلوا له التثبيت فإنه الآن يسأل))

(صحيح رواه الحاكم)

(( आफ्नो भाइको मुक्तिका लागि याचना गर्, किनकि अहिले नै उसित पूछताछ गरिनेछ।))

(हाकिम)

(च) कब्रमाथि फूल र सुमन ईत्यादी राखनु हराम छ। किन भने नबी सल्लल्लाहु अलैही व सल्लम र उहाँका साथीहरुले यस्तो गर्नु भएन। साथै यसमा नसारा (ईसाईहरु) सँग अनुरुपता छ।

(छ)    चुना वा पेन्टले कब्रलाई पोतनु अवैधानिक छ। यस्तै कब्रमाथि कलश वा गुंबज ईत्यादि बनाउनु उचित छैन। किनकि हदीसमा छः

  (( نهي رسول الله صلى  الله عليه وسلم أن يجصص القبر و أن يبنى عليه ))

(رواه مسلم)

(( नबी सल्लल्लाहु अलैही व सल्लमले कब्रलाई चुनले पोतनु र उसमाथि कलश्, गुँबज, भित्तो आदि बनाउनु बाट रोक्नु भएको छ।))

(मुस्लिम)

(ज)    हे मेरा मुसलमान दाजुभाइहरु हो। मृतकहरुलाई पुकार्नु, तिनीसित दुआ गराउनु, सहायता मांग्नु, आदि बाट बाँच्नु होस्। किनकि यो ठूलो शिर्क हो। मृतकहरुलाई कुनै प्रकारको अधिकार प्राप्त छैन। केवल अल्लाह सित माँग्नु होस्, अल्लाह नै शक्तिमान हो र उ नै दुआ, पुकार स्वीकृत गर्ने वाला हो।

कब्र नजिक सज्दा गर्नु र उसका तवाफ (परिक्रमा) गर्नुः

प्रः34- कब्र नजिक सज्दा गर्नु र जनावर जबह (पशु बध) गर्नु कस्तो छ

उः34- कब्र नजिक सज्दा गर्नु र जनावर जबह गर्नु मूर्ति पूजा, अनभिज्ञता र ठूलो शिर्क हो। किनकि जबह (बलि) र सज्दा महान इबादत हुन्। र इबादत केवल अल्लाहको लागि गर्नु पर्छ। जसले यी कार्यहरु अल्लाह बाहेक अरुको लागि गर्छ उ अनेकेश्वरवादी हुन जान्छ। अल्लाहको वाणी छः

(( قل إن صلاتي و نسكي و محياي و مماتي لله رب العالمين, لا شريك له و بذلك أمرت و أنا أول المسلمين)) (الأنعام:162,163)

((भनिदेउ। कि मेरा नमाज, बलिदान, जीवन र निधन केवल अल्लाहकै लागि हुन्, जुन सम्पूर्ण संसारका पालनकर्ता हुन्। उसको कोही साझी छैन, मलाई यस्तो आदेश मिलेको छ, र मँ प्रथम आज्ञाकारी छु।))

(अलअन्आमः162,163)

अर्को श्लोकमा अल्लाहको वाणी छः

(( إنا أعطيناك الكوثر, فصل لربك و انحر)) (الكوثر:1,2)

(( हे नबी। मैले तिमीलाई कौसर (अनुग्रह) प्रदान गरेको छु, तसर्थ आफ्नो पालनकर्ताका लागि नमाज पढ़ र कुर्बानी (बलिदान) गर्।))

(अलकौसरः1,2)

यी बाहेक धेरै जसो कुर्आनी आयात (श्लोक) मा यो स्पष्ट गरिएको छ कि सज्दा र बिलदान महान इबादत र आराधना हुन् र यी दुबैलाई अल्लाह बाहेक कसैको लागि गर्नु, ठूलो शिर्क हो।

प्रः35- वली (सदाचारी) को कब्रका तवाफगर्नु, उनको लागि भेंट चढ़ाउनु, भाकुल र मन्नत मान्नु, नजर नियाज गर्नु आदिको के हुकुम छ

इस्लामी दृष्टिकोणले वली कोलाई भनिन्छ

के वलीसित दुआका लागि प्रार्थना गर्नु उचित छ

उः35- मृतकहरुका लागि बलिदान गर्नु, भेंट चढ़ाउनु, भाकुल गर्नु, नजर नियाज गर्नु आदि ठूलो शिर्क हो।

कुर्आन अनुसार वली त्यस मुसलमानलाई भनिन्छ जो अल्लाह सँग डराउँदछ र उसको अवज्ञा गर्दैन र उसका साथ कसैलाई शरीक गर्दैन। कहिलेकाही यस मुस्लिम अद्धैतवादी र आज्ञाकारी वलीबाट केही यस्ता करामत र चमत्कारहरु पनि प्रकट हुन्छन्, जसको माध्यमबाट अल्लाहले आवश्यकता परेको बेला उसलाई सम्मानित गर्दछ। तर वली हुनका लागि व्यक्तिको हातमा कुनै करामत र चमत्कार प्रकट हुनु शर्त होईन किनकि कुर्आनमा यसको शर्त हुने कुरा बताईएको छैन केवल आस्था र सँयमताको शर्त निर्धारित गरिएको छ।

मृत्यु पछि वली वा अन्य व्यक्तिहरुसित दुआका लागि अनुरोध गर्नु अवैधानिक छ, तर जीवित सदाचारीहरु सित दुआ गराउनु उचित हो।

कब्रलाई तवाफ गर्नु वर्जित छ। तवाफ मात्र प्रतिष्ठित काबाको लागि विशिष्ट (खास) छ।

जो कब्रका तवाफ यस उद्देश्यले गर्दछ कि उ कब्रका परिक्रमा गर्दा कब्रवासीको निकटता प्राप्त गर्न सक्छ। यस्तो भावना ठूलो शिर्क हो। यदि कब्रका तवाफ गर्दा उसको लक्ष्य अल्लाहको निकटता प्राप्त गर्नु हो, भने यो अप्रिय र अस्वीकृत आविस्कार (बिदअत) हो।

कब्रलाई तवाफ गर्नु र उस दिशा नमाज पढ़नु सख्त मनाही छ यधपि उसको उद्देश्य अल्लाहका प्रसन्नता पाउनु किन न होस्।

अल्लाहको मार्गतिर आहवान गर्नु

प्रः36- अल्लाहको मार्गतिर बालाउनु, अर्थातः दावत तब्लीग गर्नु कस्तो छ

उः36- यो प्रत्येक मुसलमानको कर्तव्य हो, जसलाई अल्लाहले कुर्आन र हदीसको उत्तराधिकार प्रदान गरेको छ। अल्लाहतिर बोलाउनको लागि जो आदेश आएको छ, त्यो प्रत्येक मुसलमानलाई सम्मिलित छ।

अल्लाहको वाणी छः

(( ادع إلى سبيل ربك بالحكمة و الموعظة الحسنة)) (النحل:125)

(( हिक्मत (तत्वदर्शिता) र प्रियतम प्रवचनका साथ आफ्नो पालनकर्ताको मार्गतिर बोलाउ।))

(अलनहलः125)

अल्लाहले अर्को ठाउँमा भनेको छः

(( و جاهدوا في الله حق جهاده)) ( الحج:78)

((अल्लाहको मार्गमा उचित रुपले जिहाद गर्।))

(अलहजः78)

अतः प्रत्येक मुसलमानहरुलाई जिहादका सबै प्रकार हरु मा यथासंभव सहभागी हुनु जरुरी छ। विशेषगरि वर्तमान कालमा मुसलमानहरुमाथि अनिवार्य छ कि इस्लामी शिक्षाका पालन गरुन्, अल्लाहको मार्गतिर बोलाउन्, र अल्लाहको मार्गमा जिहाद गरुन्।

यो उत्तरदायित्व प्रत्येक मुसलमानमाथि लागू छ, यसको चुक्तिमा न्यून्ता त्रुटि गर्नु पर्दैन। यसमा त्रुटि गर्ने वाला अवज्ञाकारी मानिने छ।

 कब्र आदिलाई छुनु वा चुम्नुः

प्रः37- के नबी सल्लल्लाहु अलैही व सल्लम, अन्य पैगम्बर (ईश्दूत) हरु, तथा वलीहरुका कब्रलाई छुनु उचित छ

यस्तै मकामे इब्राहीम, काबाको भित्तो, काबाको पघान र काबाको ढ़ोकालाई छुनु कस्तो छ

उः37- हजरत अबुल अब्बास –रहेमहुल्लाह- ले ब्यान गर्नु भएको छ कि इस्लामी बिद्वानहरुले यस कुरा माथि सहमति गर्नु भएको छ कि कुनै प्रकारको कब्रलाई हात आदिले छुनु उचित छैन।

हज्रे अस्वदको बाहेक संसारमा कुनै पनि खनिज पदार्थ यस्तो छैन जसलाई चुम्नु धार्मिक दृष्टिकोणले उचित होस्। सही बुखारी र सही मुस्लिममा हजरत उमर रज़ि अल्लाहु अन्हुको यो कथन बखान गरिएको छ कि उहाँले हज्रे अस्वदलाई चुम्दाखेरी भन्नु भयोः

(( والله إني أعلم أنك حجر لا تضر و لا تنفع و لولا أني رأيت رسول الله صلى الله عليه وسلم يقبلك ما قبلتك))

(متفق عليه)

(( अल्लाहको शपथ। मलाई थाहा छ कि तँ मात्र एउटा पत्थर छस्, नत हानि पुर्याउन सक्छस् न लाभ, यदि मैले नबी सल्लल्लाहु अलैहि वसल्लम लाई तँलाई चु्म्दा न हेरेको हुन्थें भने म तँलाई कहिल्यै चुम्ने थिएन।))

(बोखारी, मुस्लिम)

अल्लाहको घर –काबा- कुनै प्राणिको घरको समान छैन। अल्लाहको घरलाई छुनु वा चुम्नु बेग्लै कुरा हो।

इमाम गज़ाली –रहेमहुल्लाह- भन्नु हुन्छः

((कब्रलाई छुनु ईसाई र यहुदीहरुको रीतिथिती हो।))

मकामे इब्राहीमको बारेमा हज्रत क़तादह ले भन्नु भयोः

(( मुसलमानहरुलाई उसको पछाडि नमाज पढ़नका लागि आदेश दिईएको छ, उसलाई छुनका लागि आदेश दिईएको छैन।))

इमाम नौवी-रहेमहुल्लाह- को भनाई छः

((मकामे इब्राहीमलाई चुम्नु वा छुनु बिदअत (मनगढ़त कार्य) हो, यसको कुनै प्रमाण छैन।))

इमाम अबूल अब्बास चारौं इमाम तथा अन्य इस्लामी विद्वानहरुका सहमत नक्ल गर्नु भएको छ कि काबाका दुईटै शामी कुना वा अन्य कुनै भागलाई चुम्नु उचित छैन किनकि नबी सल्लल्लाहु अलैही व सल्लमले मात्र यम्नी कुनालाई छुनु भएको थियो। यस्तै काबाको पिधान (गेलाफ,पर्दा) काबाको ढ़ोका, हर्मे मक्की र हर्मे मदनीका ढ़ोकाहरुलाई छुनु वा चुम्नु उचित छैन।

अल्लाह तआलासित दुआ छ कि हामी सबै मुसलमानहरुलाई सही इस्लामी अकीदामाथि हिंड़न र शिर्क एवम् बिदअतबाट बाँच्नको लागि ज्ञान र साहस देउन्।

(आमीन)