كتاب الصلاة
बिस्मिल्ला हिर्रहमानिर्रहीम
इस्लामका स्तम्भहरु
इस्लामको आधारशिला पाँच कुराहरुमा आधारित छ।
1-कलम– ए– शहादत (गवाहीको मन्त्र)
अश्हदो अल्लाइलाह इल्लल्लाहु व अश्हदो अन्ना मुहम्मदन् अब्दुहु व रसूलुहु
अर्थातः म गवाही दिन्छु कि अल्लाह (ईश्वर) को अतिरिक्त कोही पूजनीय छैन तथा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका रसूल (दूत) हुन्।
2- दिन तथा रात्रिमा पाँच पटक नमाज़ पढ्नु।
3-ज़कात (धर्मदाय) दिनु।
4- रमजानको महीनामा रोजा (व्रत) बस्नु।
5-यदि खर्चा गर्ने योग्य सम्पत्ति र स्वास्थ्य छ भने अल्लाहको घर (काबा) को हज (दर्शन) गर्नु। (मुस्लिम शरीफ)
नमाज़ (सलाह)
नमाज (ईश्वरको पूजा) दिन र रात्रीमा पाँच पटक अनिवार्य छ। यी नमाजहरु हुन्ः फज्र, जोहर, अस्र, मगरिब र इशा। जोहर र अस्र दिनमा पढिने नमाज हुन् मगरिब र ईशा रात्रीमा पढिने नमाज हुन् तथा फज्र बिहानको नमाज हो।
1- फज्रको नमाज़ः- पहिला दुई रकअत सुन्नतहरु फेरि दुई रकअत फर्ज।
2- जोहर को नमाज़ः पहिला चार सुन्नतहरु फेरि चार फर्ज तथा फेरी दुई सुन्नतहरु
3- अस्रको नमाज़ः- चार फर्ज।
4- मगरिबको नमाज़ः- तीन फर्ज तथा दुई सुन्नतहरु।
5- इशाको नमाजः- चार फर्ज, दुई सुन्नतहरु तथा एक वा तीन रकअत वित्र।
दिन तथा रात्रिमा फर्ज़ नमाजहरुमा रकअतहरुको संख्या सत्रह तथा सुन्नत नमाजहरुको रकअतहरुको संख्या बारह र वित्र एक वा तीन रकअत छन्।
वजूको तरीकाः
बिना वजूको नमाज हुँदैन (मु.श.)। वजू बिस्मिल्लाह भनेर शुरूगर्नु आवश्यक छ। बिस्मिल्लाह भनेर दुई हातलाई नारीसम्म तीन पटक धुने। फेरि अलिकति पानि लिएर आधाले कुल्ला गर्ने र आधा पानी नाकमा हालेर देब्रे हातले नाक सफा गर्ने। यो प्रक्रिया तीन पटक दोह्रयाउने। कुल्ला गर्न र नाकमा पानी हाल्न छुट्टा-छुट्टै पानी लिएर पनि गर्न सकिन्छ। (बुखारी)
फेरि तीन पटक मुख (अनुहार) यस प्रकार धुने कि पानी चुइडोमुनि दाह्रीमा हाल्दै ल्याउने र दाह्ररीको रौंमा दल्दै (खिलाल) गरेर पानी पुर्याउने। (त्रिमिजी शरीफ)
र हातको औंलाहरुमा खिलाल गर्ने। (अबूदाऊद)
यदि औंठी लगाएको छ भने त्यसलाई हल्लाई दिने। (मिश्कात)
फेरि दायाँ हाथलाई कुइनोसम्म तीन पटक धुने, यसैगरी देब्रे हातलाई पनि कुइनोसम्म धुने। फेरि टाउको मसह (स्पर्श) यस प्रकार गर्ने कि दुर्इटै हात टाउकोको अग्र भाग (निधार बाट शुरु गरेर पछाडी मांसपेशी सम्म लैजाने, फेरि त्यहाँ बाट पहिलेको स्थान सम्म ल्याउने जहाँबाट शुरू गरिएको थियो। (बुखारी शरीफ)
फेरि कानको मसह (स्पर्श) यस प्रकार गर्ने कि दुइटै चोर औंलाहरु दुर्इतिरको कान भित्र हालेर कानको पछाडी बूढी औंलाहरुले मसह गर्ने। (मिशकात)
तथा कानको मसहको लागि नयाँ पानी लिने (बलूगुल् मराम)।
फेरी पहिला दायाँ र पछि देब्रे खुट्टा घुँडा सम्म तीन पटक धुने र खुट्टाको औंला बीच खिलाल गर्ने। र गर्दनको मसह गर्न सिद्ध छैन।
वजू पछिको दोआ तपाईले अरबी मा पढ्नु पर्छ। अतः त्यसलाई कुनै तरीकाले अरबीमा याद गरिहाल्ने।
((अशहदु अन्लाइलाह इल्लल्लाहो वहदुहू ला शरीक लहू व अशहदु अन्ना मोहम्मदन् अब्दुहू व रसूलोहू। अल्लाहुम्मज् अलनी मेनत्तव्वाबीना वज्अलनी मिनल् मुततह्हेरीन।))
अर्थातः म साक्षी दिन्छु कि अल्लाह बाहेक कोही पूजनीय छैन, त्यो एउटै हो र त्यसको कोही साझी छैन, र साक्षी दिन्छु कि मुहम्मद सल्लल्लाहु अलैही वसल्लम उसका रसूल हुन्। हे ईश्वर! मलाई तोबा गर्नेहरु मध्येका बनाई दिनुस् तथा सफासुग्घर रहने पवित्रहरु मध्येका बनाई दिनुस्।
1- गहिरो नीद्रमा सुतनाले। (अबूदाऊद)
2- तल तिरबाट हावा फुस्क्यो भने। (त्रिमिजी, अबू दाऊद)
3- नशा वा बेहोशीबाट। (त्रिमिजी, अबू दाऊद)
4- नापाकी (अपवित्रता) ले। (त्रिमिजी , अबूदाऊद)
5- दिशा-पिशाब गर्नाले। (बुखारी, मुस्लिम)
6- स्त्री स्पर्श गर्नाले (सूरह निसा-43) ( स्त्रीलार्इ स्पर्श गर्नाले वजू भंग हुदैन, बरू रसूल सल्लल्लाहु अलैही वसल्लमले आफ्नो स्वास्नीहरूलार्इ स्पर्श गरी नमाज पढनु भएछ । र सूरह निसाको उपरोक्त अयतको अर्थ हो सहवास गर्नु नकि स्पर्श गर्नु । हेर्नुस् तफ्सीर इब्ने कसीर । (संशोधक))
7- लगातार रगत बग्नाले। (बुखारी)
मोजामाथि मसहः
स्थायी रूपले बस्ने मान्छेले एक दिन र रात्री, एवं यात्री तीन दिन र रात्री सम्म मोजामाथि मसह गर्न सक्छ। (मुस्लिम)
मसहको तरीका यो हो कि दुईटै हातहरुको पाँचौं औंलाहरुलाई पानीले भिजाएर दुईटै खुट्टाको पंजाबाट शुरु गरेर गोलीगांठको माथि सम्म लै जाने। मसह खुट्टा माथि गर्न सुन्नत छः तल होइन। (त्रिमिजी)
तयम्मुमको वर्णनः
यदि कुनै कारणवश नमाजको समयमा पानी भेटिएन वा पानी प्रयोग गर्नाले कुनै हानि हुने पूरा डर छ भन्ने पवित्रताको नीयतले शुद्ध (पवित्र) माटोसित आफ्नो हात दल्नु र फेरि अनुहारमाथि हात फेर्नुलाई तयम्मुम भनिन्छ। यसको तरीका यो हो कि तयम्मुमको नीयत (विचार) ले बिस्मिल्लाह भनेर दुर्इटै हातहरुलाई माटोमा हान्नु र फेरि अनुहार र दुईटै हातहरुमाथि दल्नु। (बुखारी)
अजानको वर्णनः
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले हजरत बेलाललाई आदेश दिनु भयो कि अजान को वाक्यलाई दुई-दुई पटक भन्ने, तर शुरूमा अल्लाहु अक्बर चार पटक भन्ने र इकामतको वाक्य एक-एक पटक, तर शुरु तथा अन्तमा अल्लाहु अक्बर दुई-दुई पटक भन्ने र कद कामतिस्सलाह दुई पटक भन्ने।
अल्लाहु-अक्बर, अल्लाहु अक्बर (अल्लाह सबै भन्दा महान छ-2)
अल्लाहु-अक्बर, अल्लाहु अक्बर (अल्लाह सबै भन्दा महान छ-2)
अश्हदु अल्लाहइलाह इल्लल्लाह (म गवाही दिन्छु कि अल्लाह बाहेक अरु कोहि पूजनीय छैन।)
अश्हदु अल्लाइलाह इल्लल्लाह (म गवाही दिन्छु कि अल्लाह बाहेक अरु कोहि पुजनीय छैन।)
अश्हदु अन्ना मुहम्मदर्रसूलुल्लाह। (म गवाही दिन्छु कि वास्तवमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका रसूल हुन्।
अश्हदु अन्ना मुहम्मदर्रसूलुल्लाह। (म गवाही दिन्छु कि वास्तवमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका रसूल हुन्।
हय्या अलस्सलाह। हय्या अलस्सलाह। (आऊ नमाजको लागि। आऊ नमाजको लागि)
हय्या अलल्फलाह। हय्या अलल्फलाह। (आऊ मुक्ति पाउनको लागि-2)
अल्लाहु-अक्बर, अल्लाहु अक्बर (अल्लाह सबै भन्दा महान छ-2)
ला इलाहा इल्लल्लाह (ईश्वर बाहेक अरु कोहि पूजनीय छैन।
फजरको अजानमा हय्या अलल्फलाह पछि दुई पटक यो वाक्य भन्नु पर्छ।
अस्सलातु खैरुम् मिनन्नौम 1 (नमाज निद्राभन्दा राम्रो छ।)
इकामत (तकबीर) को वाक्यः
अल्लाहु-अक्बर, अल्लाहु अक्बर
अश्हदु अल्लाइलाहा इल्लल्लाह
अश्हदु अन्ना मुहम्मदर्रसूलुल्लाह।
हय्या अलस्सलाह।
हय्या अलल्फलाह।
कदकामतिस्सलाह, कदकामतिस्सलात
अल्लाहु-अक्बर, अल्लाहु अक्बर
ला इलाहा इल्लल्लाह।
अब्दुल्लाह-पुत्र उमरले भन्नु हुन्छः कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमको समयमा अजानको वाक्य दुई-दुई पटक र तकबीर एक-एक पटक भनिन्थ्यो। कदकामतिस्सलाह मात्र दुई पटक भनिन्थ्यो। (अबू दाऊद व निसाई)
अजान भन्ने बेलामा चोर औंलाहरु दुईवटै कानको प्वालमा हालिन्छ (इब्ने माजा)
हय्या अलस्सलाह भन्दा सोझो (दायाँ) तथा हय्या अलल्फलाह भन्दा उल्टा (देब्रे) तिर टाऊको घुमानु पर्छ। (इब्ने माजा)
अजानको उत्तरः
अजान दिने व्यक्ति (मोअज्जिन) ले जुन प्रकारले अजान दिन्छ उसको त्यसै प्रकारले उत्तर दिनु पर्छ।
हय्या अलस्सलात र हय्या अलल्फलाहको उत्तरमा मात्र लाहौला वला कुव्वता इल्ला बिल्लाह भन्नु पर्छ। (मुस्लिम)
इकामत (तकबीर) को उत्तरः
अजान जस्तै इकामत (तकबीर) को पनि उत्तर दिनु पर्छ। मात्र कदकामतिस्सलातको उत्तरमा कदकामतिस्सलात नै भन्नु पर्छ।
अजान पछिको दुआः
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमको भनाई छ कि जब अजान दिने व्यक्ति (मोअज्जिन) को आवाज सुन्नुस् भने जसरी त्यो भन्छ त्यस्तै भन्नुस् अनि अजान समाप्त भए पश्चात म माथि दरूद (शान्ति प्रार्थना) पठाऊ, जुन व्यक्तिले म माथि एक पटक दरुद पठाउँछ ईश्वर उसमाथि दस पटक पठाउने छ। (मुस्लिम)
दरुद शरीफः
अल्लाहुम्मा सल्ले अला मोहम्मदिंव व अला आले मोहम्मदिन् कमा सल्लैता अला इब्राहीम, व अला आले इब्राहीम, इन्नका हमीदुम्मजीद।
अल्लाहुम्मा बारिक अला मोहम्मदिंव व अला आले मोहम्मदिंन् कमा बारकत अला इब्राहीम, व अला आले इब्राहीम, इन्नका हमीदुम्मजीद।
यसलाई अरबीमा तपाई पूर्ण रुपले धोकि हाल्नुस्।
अनुवादः हे मेरो अल्लाह (ईश्वर)! इब्राहीम र इब्राहीमको परिवारमाथि पठाएको कृपा जस्तै मुहम्मद र मुहम्मदको परिवारमाथि पनि कृपा पठाऊ।
वास्तवमा तिमी महिमा र गुणगान योग्य छौं।
हे अल्लाह ! इब्राहीम र इब्राहीमको परिवारमाथि पठाएको विभूति जस्तै मुहम्मद र मुहम्मदको परिवारमाथि विभूति पठाउ। वास्तवमा तिमी महिमा र गुणगान योग्य छौं।
दरुद शरीफ पछि यो दुआ पढ़नुस् यसलाई पनि अरबीमा धोक्नु पर्छ।
अल्लाहुम्म रब्बा हाजिहिद्दअवतित् ताम्मते वस्सलातिल काइमते आते मोहम्मदनिल वसीलता वल फजीलता वबअसहु मकामम्महमूदा निल्लजी वअद्तह। (बुखारी)
अनुवादः हे अल्लाह ! यो पूरै दुआ र स्थापित हुन गइरहेको नमाजको पालनकर्ता! प्रदान गर, मुहम्मद सल्लल्लाहु अलिह वसल्लमलाई माध्यम (स्वर्ग) तथा महिमा, एवं उहाँलाई त्यो स्थानमा पठाऊ जसको तिमीले वचन दिएका छौं। (बुखारी)
जुन व्यक्तिले यो दुआ पढ्नेछ, उसलाई मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको शिफाअत (सिफारिश) प्रलयको दिन प्राप्त हुनेछ।
अश्हदो अल्लाइलाहा इल्लल्लाहो वहदहू लाशरीक लहू व अश्हदो अन्ना मोहम्मदन् अब्दुहू व रसूलोहू रजीतो बिल्लाहे रब्बन व बिमुहम्मदिन् रसूलन् व बिल इस्लामे दीना।
अनुवादः म गवाही दिन्छु कि अल्लाह बाहेक अरु कोहि पूजनीय छैन। ऊ एक्लै छ। उसको साझी कोहि पनि छैन। र निस्सन्देह मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसको भक्त तथा दूत हुन्। म अल्लाहलार्इ पालनकर्ता स्वीकार गर्छु तथा मुहम्मदलाई र्इश्दूतको रूपमा एवं इस्लामलार्इ धर्मको रूपमा स्वीकार छु । (मुस्लिम)
यी तीनवटै दुआहरु (दरुद शरीफ र उपरोक्त दुर्इवटै दोआ) को पाठ उत्तम हुन्छ।
मस्जिदमा प्रवेश गर्ने बेलाको दुआः
मस्जिदमा पहिलो दायाँ खुट्टा राखेर यो दुआ अरबीमा पढ्नु पर्छ।
अल्लहुम्मफ्तह ली अब्वाबा रहमतेका
अनुवादः हे अल्लाह मेरो लागि आफ्नो कृपाको ढोका खोलिदेऊ।
मस्जिदबाट बाहिर निस्कदा देब्रे खुट्टा पहिला बाहिर निकाल्नु पर्छ। फेरि यो दुआ अरबीमा पढ़नु पर्छ।
अल्लाहुमा इन्नी अस्अलोका मिन फज्लेक।
अनुवादः- हे अल्लाह तिमिसित तिम्रो दया माँग्दछु। (मुस्लिम)
नमाजको मसनून तरीकाः
नमाज शुरू गर्नु भन्दा पहिले सोझो किब्ला (मक्का वा काबा) तिर मुख (अनुहार) गरेर उभ्नु पर्छ। (बुखारी)
तथा मनमा नमाजको नीयत (विचार) गर्नु पर्छ। (बुखारी)
आफ्नो दुईवटै हात काँधसम्म उठाएर अल्लाहु अक्बर भन्नु पर्छ। (बुखारी)
तथा दाहिने हातलाई देब्रे हातमाथि छातीमा राखेर बाँध्नु पर्छ अनि विस्तारै यो दुआ पढ्नु पर्छ।
दुआ-ए-इस्तिफ्ताहः
अल्लाहु अक्बर भनेर हाथ छाती माथि बाँधे पछि यो दुआ पढ्नु पर्छ।
अल्लाहुम्म बाइद बैनी व बैना खतायाया कमा बाअदता बैनलमशरिके वल मगरिबे अल्लाहुम्म नक्केनी मिनलखताया कमा युनक्कसौबुल अब्यजो मिन्द्दनसे, अल्लाहुम्मगिसल खताया बिलमाए वस्सलजे वल बर्दे। (बुखारी व मुस्लिम)।
अथवा यो दुआ पढ्नु पर्छः
सुब्हानका अल्लाहम्मा व बेहम्देका व तबारकस्मोका व तआला जद्दोका व जल्ल सनाओका व लाइलाहा गैरोक। (अबू दाऊद)
यसपछि (( अऊजु बिल्लाहि मिनशैतानिर्रजीम)) पढ्नुस अनि बिस्समिल्ला हिर्रमानिर्रहीम पढेर सूरह फातिहा शुरू गर्नुस्।
ध्यान दिने योग्य कुराः
जहरी (आवाज दिएर) पढिने नमाजमा बिस्मिल्लाहिर्रहमानिर्रहीम आवाजले र सिर्री (मनमै) पढिने नमाजमा विस्तारै पढ्न सिद्ध छ। यदि प्रत्येक नमाजमा बिस्तारै पढियो भने पनि कुनै फरक पर्दैन। (निसाई)
प्रत्येक नमाजमा बिस्समिल्लाह पछि सूरह फातिहा पढ्नु पर्छ। फर्ज, सुन्नत, नफिलको प्रत्येक र रकअतमा इमाम, मुकतदी तथा एक्लै सबैको लागि सूरः फातिहा पढ्नु फर्ज (अनिवार्य) छ। सूरह फातिहा बिना नमाज हुँदैन। (बुखारी व मुस्लिम)
सूरःअल् फातिहाः
यो कुरआनको पहिलो सूरः हो। यसलाई धोक्नु अति आवश्यक छ।
﴿ بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ ١ ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ ٢ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ ٣ مَٰلِكِ يَوۡمِ ٱلدِّينِ ٤ إِيَّاكَ نَعۡبُدُ وَإِيَّاكَ نَسۡتَعِينُ ٥ ٱهۡدِنَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ ٦ صِرَٰطَ ٱلَّذِينَ أَنۡعَمۡتَ عَلَيۡهِمۡ غَيۡرِ ٱلۡمَغۡضُوبِ عَلَيۡهِمۡ وَلَا ٱلضَّآلِّينَ ٧ ﴾ [الفاتحة: ١، ٨]
अनुवादः- सारा प्रशंसा अल्लाह (ईश्वर) को लागि छ। जो सम्पूर्ण जगतको पालनकर्ता हो। अत्यन्त कृपाशील तथा अत्यन्त दयावान छ। बदला दिने दिनको स्वामी हो। हामी तिम्रो नै पूजा गर्छौं र तिमी सित नै मद्दत माग्छौं। हामीलाई सोझो मार्ग देखाई देउ, उनको जुन तिम्रो कृपाको पात्र भए,नकि उनको जुन प्रकोपका भागी भए, न तिनको मार्ग जुन पथभ्रान्त भए । (हे अल्लाह कबूल गर्नुस्)
आवाजले पढिने नमाजमा वलदद्वालीन पछि इमाम व मुकतदी दुवैले ठूलो स्वरमा आमीन भन्नु पर्छ। (तिर्मिजी व अबूदाऊद)
यस पछि कुरआनको कुनै पनि सूरः वा कम्तीमा तीन आयात लगातार जुन सजिलो लागोस् आवाज निकालेर पढिने नमाजमा आवाज निकालेर र विस्तारै पढिने नमाजमा मनमा पढ्नुहोस्। (बुखारी)
सूराः अल-इख्लासः
﴿ قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ ١ ٱللَّهُ ٱلصَّمَدُ ٢ لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ ٣ وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ ٤ ﴾ [الاخلاص: ١، ٥]
अनुवादः भन, त्यो अल्लाह एउटै छ। अल्लाह परिपूर्ण निस्पृह छ। नत उसबाट कोही जन्मेको छ नत ऊ कसैबाट जन्मेको छ। तथा उसको तुल्य कोहि पनि छैन।
रुकूअको वर्णनः
मुस्लिमको धर्मग्रन्थ (कुर्आनको) सूरह वा आयत पढी सके पछि रुकूअ (निहुरिनु) पर्छ। रुकूअमा निम्नलिखित कुराहरुलाई ध्यानमा राखनु पर्छ।
रुकूअ गर्ने बेलामा अल्लाहु अक्बर भनेर दुवै हातलाई काँधसम्म उठाउनुस्। यसलाई रफएयदैन भनिन्छ। (मिश्कात)
रुकूअमा पिठयूँ एकदमै सोझो हुनु पर्छ तथा टाउको त्यो भन्दा तल वा माथि न होस् एवं दुवै हातको हत्केलालाई घुँडामाथि फैलाएर राखनुस्। (बुखारी व मुस्लिम)
औंलाहरु घुँडामाथि फैलाएर राखनुस्। हातलाई सोझो तनकाएर घुँडालाई राम्ररी समाती राखनुस्। (अबू दाऊद)
रुकूअको दोआः
सुबहान रब्बियल अज़ीम (तीन पटक) (अबु दाऊद) अर्थः पवित्र छ मेरो महान पालनहार।
कौमाका दोआहरुः
रुकूअबाट सोझो खडा हुनुलाई कौमा भनिन्छ। रुकूअबाट खडा हुँदै रफएयदैन गर्नुहोस् र सोझो खडा हुनुहोस्। यदि नमाजी (नमाजी पढने मान्छे) एक्लै छ वा त्यो इमाम छ भने उसले निम्नलिखित दुआहरु पढ़नु पर्छः-
1-समीअल्लाहु लिमन हमिदह
(( हे मेरो अल्लाह, तिम्रो नै प्रशंसा छ)) यदि नमाजी मुकतदी छ भने उसले निम्नलिखित दोआ पढ्नु पर्छः-
रब्बना लकलहमदो हमदन् कसीरन् तय्यबन् मुबारकन् फीहः
अर्थः हे अल्लाह (ईश्वर), तेरोलागि नै प्रशंसा छ, अत्याधिक प्रशंसा, पवित्र र त्यसमा अधिकता दिइएको।
सज्दाको वर्णनः
रुकअबाट खडा भए पछि कौमाको दोआ सिद्धि सकेमा सज्दा (नतमस्तक) मा जाँदाखेरि पहिला दुवै हातलाई जमीनमा राखनुस् त्यसपछि घुँडालाई राखनुस्। (अबू दाऊद)
सज्दामा नाक, निधार तथा दुवै हात यस प्रकार राखनुस् कि हात काखीबाट टाढा होस्। (बुखारी)
तथा छाती, पेट र तिघ्रा जमीन भन्दा माथि राखनुस्। (अबू दाऊद)
सज्दा गर्दा शरीरका सातवटा अंगहरु जमीनमा स्पर्श गर्नु अनिवार्य छः निधार, दुवैहात, दुवै घुँडा तथा दुवै खुट्टाको पञ्जा। (मुस्लिम)
सज्दाको यो तरीका स्त्री-पुरुष दुवैको लागि छ। स्त्रीको लागि बेग्लै किसिम को सज्दा सिद्ध छैन।
सज्दाको दुआः
सुब्हान रब्बियल आला(तीन पटक)
पवित्र छ मेरो अति महान प्रतिपालक
जलसा इस्तेराहत (सज्दा पछि बस्नु) को वर्णनः
सज्दा भन्दा पहिले टाउको उठाएर देब्रे खुट्टा फिंजाएर त्यसमाथि बस्नुस् तथा दायाँ खुट्टा ठाडो राखनुस् र दायाँ हात दायाँ तिघ्रामाथि र देब्रे हात देब्रे तिघ्रामा यस प्रकार राखनुस् कि औंलाहरु किब्ला (काबा) तिर तथा घुँडाको नजीक होस् (निसाई) अनि यो दुआ पढ्नुहोस्।
अल्लाहुम्मगफिरली वरहमनी व आफिनी वहदिनी वरजुकनी। (त्रिमिजी)
पहिलो सज्दा झैं दोस्रो सज्दा मा (( अल्लाहु अक्बर)) भन्दै जानुस् तथा सज्दाको दुआ तीन पटक पढदै दोस्रो वा चौथो रकातको लागि उभ्नुस्, तर जलसा इस्तराहत गरेर खडा हुनु पर्छ। (बुखारी)
जलसा इस्तेराहतपछि दोस्रो वा छौथो रकअतको लागि पहिलो बैठकपछि तेस्रो रकअतको लागि उठने बेलामा पहिला दुबै घुँडा, फेरि दुबै हात उठाउनुस्।
तशह्हुदको दुआः
पहिलो काअदः (दोस्रो रकातको दोस्रो सज्दा पछिको बैठक) मा सज्दाको मध्यमा जुन प्रकारले बसिन्छ त्यसै प्रकारले बसेर यो दुआ पढ्नुस्ः
अत्तहीय्यातो लिल्लाहि वस्सलवातो, वत्तय्यिबातो,
अर्थः सबै प्रशंसा तथा नमाजहरु र हरेक पवित्र बस्तुहरु अल्लाहको लागि छ।
अस्सलामो अलैक अय्योहन्नबीयो,
अर्थः- हे अल्लाहका दूत, तपाईमाथि सलाम (शान्ति) होस्।
वरहमतुल्लाहि व बरकातुहु
अर्थः तथा अल्लाहको कृपा र उसका विभूतिहरु अवतरित होउन्।
अस्सलामो अलैना वअला इबादिल्लाहिस्सालिहीन।
अर्थः- सलाम (शान्ति) होस् हामीमाथि र अल्लाह (ईश्वर) का सत्कर्मी भक्तहरुमाथि।
अश्हदो अल्लाइलाहा इल्लल्लाह
अर्थः- म गवाही दिन्छु कि अल्लाह अतिरिक्त अरु कोहि पूजनीय छैन।
व अश्हदो अन्ना मुहम्मदन् अब्दूहु व रसूलुहु
अर्थः तथा गवाही दिंदैछु कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहका भक्त र दूत हुन्। (सर्वमान्य)
पहिलो काअदः तथा दोस्रो काअदःमा तशह्हूदको दोआ पढने बेलामा दायाँ हातका औंलाहरु मोडेर कलमाको औंला (चोर औंला) खुल्ला राखेर त्यसले इशारा (संकेत) गर्नु पर्छ। (बुखारी)
फर्जको तेस्रो र चौथो रकअतमा सूरःफातिहा मात्र पढ्नु पर्छ। (बुखारी व मुस्लिम)
अन्तिम काअदः (अन्तिम बैठक)
अन्तिम बैठकमा बस्नको लागि दायाँ खुट्टा पश्चिम (किबला) तिर ठड्याएर तथा देब्रे खुट्टा फिंजाएर त्यसमाथि बस्नु पर्छ। यस प्रकार बस्ने तरीकालाई (तवरुर्क) भनिन्छ। फेरि तशह्हुद (अत्हियात) पढेपछि दरुद शरीफ (शान्ति प्रार्थना) पढ्नु होस्।
दरुद शरीफः
अल्लाहुम्मा सल्ले अला मोहम्मदिंव व अला आले मोहम्मदिन् कमा सल्लैत अला इब्राहीमा व अला आले इब्राहीमा इन्नका हमीदुम्मजीद।
अल्लाहुम्मा बारिक अला मोहम्मदिंव व अला आले मोहम्मदिन् कमा बारक्त अला इब्राहीमा व अला आले इब्राहीमा इन्नका हमीदुम्मजीद।
दरुद शरीफ पछिका दुआहरुः
1- अल्ला हुम्मा इन्नी जलमतो नफ्सी जुल्मन् कसीरँव वला यगफिरुज्जोनुबा इल्ला अन्ता फगफिरली मगफिरतम् मिन इन्दिका वरहमनी इन्नका अन्तल गफूर्रूरहीम। (बुखारी, मुस्लिम)
अर्थः हे अल्लाह (ईश्वर) मैंले आफूमाथि धेरै अन्याय गरेको छु। तिमीबाहेक पापलाई क्षमा गर्ने अरु कोहि छैन। तिमी नै आफ्नो विशेष कृपाले मलाई क्षमा गरिदेऊ र म माथि दया गर, वास्तवमा तिमी नै क्षमा गर्ने कृपालु हौ।
2- अल्लाहुम्मा इन्नी अऊजोबिका मिन अजाबिल कबरी व अऊजोबिका मिन फितनतिल् मसीहिद्दज्जाल, व अऊजोबिका मिन फितनतिल् महया व फितनतिल् ममात। अल्लाहुम्मा इन्नी अऊजोबिका मिनल् मअसमि व मिनल् मगरम। (बुखारी, मुस्लिम)
अर्थः- हे अल्लाह (ईश्वर) ! तिम्रो शरण चाहन्छु चिहानको प्रकोपबाट र तेरो शरण चाहन्छु मसीह दज्जालको (अन्धकासुर) को उपद्रवबाट, शरण चाहन्छु जीवन र मृत्यूको उपद्रवबाट। हे अल्लाह (ईश्वर) , म तिम्रो शरण चाहन्छु पाप र ऋणबाट।
यस पछि आफ्नो मुख सोझो दायाँतिर गरेर भन्नुस् (अस्सलामो अलैकुम वरहमतुल्लाह))
अर्थः सलामती (शान्ति) होस् तिमीमाथि र अल्लाहको कृपा होस्) र त्यहींबाट अनुहारलाई देब्रेतिर फर्काउँदै त्यसै प्रकार भन्नुस्।(अस्सलामो अलैकुम वरहमतुल्लाह)। (अबू दाऊद)
सलाम पछिका दोआहरु एवं अज़कारः
सलाम पछि इमाम व मुकतदीले उच्च स्वरमा अल्लाहु अक्बर भन्नु पर्छ र तीन पटक अस्तगफिरुल्लाह भन्नु पर्छ। (मुस्लिम)
फेरि यो दोआ पढनु पर्छ।
अर्थः हे मेरो पालनहार, मेरो सहायता गर आफ्नो जिक्र (स्मरण) मा र आफ्नो शुक्र (कृतज्ञता-व्यक्ति) मा एवं आफ्नो राम्रो इबादत (उपासना) मा।
लाइलाहा इल्लल्लाहो वहदहू लाशरीक लहू, वलहुलमुलको व लहुलहम्दो व हुवा अला कुल्लि शैइन् कदीर। अल्ला हुम्मा ला मानेअ लिमा आतैता वला मुअतीया लिमा मनअता वला यनफ्ऊ जल जददे मिनकलजद्द। (बुखारी, मुस्लिम)
अर्थः अल्लाह बाहेक अरु कोहि पूजनीय छैन। ऊ एकलै छ, उसको कोहि साझी छैन। उसैको लागि राज्य छ, उसैको लागि प्रशंसा छ। ऊ हरेक वस्तुमाथि सामर्थ्यवान छ। हे अल्लाह जे तिमीले दिन्छौं त्यसलाई रोक्ने कोहि छैन र जे तिमीले रोकी दिन्छौं त्यसलाई दिने कोहि छैन। धन तिम्रो प्रकोपबाट फाईदा दिदैन।
अल्लाहुम्मा इन्नी अऊजोबिका मिनलजुब्नि व अऊजोबिका मिनलबुख्ली व अऊजोबिका मिन अरजलीलऊमरि व अजोबिका मिन् फितनतिद् दुनिया व अजाबिल कबर। (बुखारी)
अर्थः हे अल्लाह! तिम्रो शरण चाहन्छु कायरताबाट, तेरो शरण चाहन्छु कन्जूसीबाट, तिम्रो शरण चाहन्छु खराब जीवनबाट र तिम्रो शरण चाहन्छु संसार र कबर (चिहान) को प्रकोप बाट।
यी दुआहरुको अतिरिक्त 33 पटक (सुब्हानल्लाह) 33 पटक (अलहमदोलिल्लाह) र 33 पटक (अल्लाहु अक्बर) तथा एक पटक (लाइलाहा इल्लल्लाहु वहदुहू लाशरीक लहु लहुलमुल्को व लहुल् हमदो वहुवा अला कुल्लि शैइन् कदीर। ) पढ्नुहोस्। यी दोआहरुपछि आयतल कुर्सी पढ्नुहोस्।
आयतल् कुर्सीः
(( الله لا إله إلا هو الحي القيوم لا تأخذه سنة و لا نوم له ما في السماوات و ما في الأرض من ذا الذي يشفع عنده إلا بإذنه يعلم ما بين أيديهم و ما خلفهم و لا يحيطون بشئ من علمه إلا بما شاء وسع كرسيه السماوات و الأرض ولا يؤده حفظهما و هو العلي العظيم))
अर्थः अल्लाहको अतिरिक्त कोहि पूज्ने योग्य छैन। ऊ सधैं जीवित र यथावत् रहने छ। उसलाई न ऊँघ आउँछ न निद्रा। आकाश र पृथ्वीका सबै थोक उसैको हो। को छ जो उस समक्ष कसैको सिफारिश उसको आज्ञा बिना गरोस्। उसलाई थाहा छ जे जाति मान्छेहरुको सामुन्ने र तिनको पछाडि छ। तिनले उसको ज्ञानबाट केही घेर्न सक्दैनन्। उसको कुर्सी आकाश र पृथवीलाई आफ्नो अन्तर्गत लिई राखेको छ। र उनको रक्षा गर्नुमा उसालाई थकार्इ लाग्दैन तथा ऊ अत्यन्त महान छ।
वित्रको नमाजः
वित्रको नमाज एक वा तीन रकअत पढ्नु पर्दछ। वित्र रात्रिको अन्तिम नमाज हो।
दोआ-ए-कनूत-ए-वित्रः
((अल्लाहुम्माहदिनी फीमन हदैत व आफिनी फीमन आफैत, व तवल्लनी फीमन तवल्लैत व बारिकली फीमा आतैत वकिनी शर्रमा कद़ैत। फइन्नका तकदि़ वला युकदा अलैक, इन्नहू ला यजिल्लो मंव् वालैत व ला यइज्जो मन् आदैत, तबारकत रब्बना व तआलैत, नस्तगफिरोका वनतूबो इलैक। (त्रिमिजी)
अर्थः- हे अल्लाह (ईश्वर)! मलाई हिदायत (मार्गदर्शन) देऊ उनीहरुसंग जुनलाई तिमीले हिदायत दियौ, आफियत (शान्ति) देऊ मलाई उनीहरुमा जुनलाई तिमीले आफियत दियौ। मित्र राख मलाई उनीहरुमा जुनलाई तिमीले मित्र राख्यौ। र बरकत (उन्नती) देऊ मलाई त्यो वरदानमा जुन तिमीले मलाई दयौ, अनि बचाऊ मलाई त्यो अशुभबाट जसको तिमीले फैसला गरेका छौं। तिमीले नै फैसला गर्छौ तिमीमाथि कसैको फैसला हुँदैन। जसलाई तिमीले मित्र बनाउँछौ। तिमीले नै फैसला गर्छौं तिमीमाथि कसैको फैसला हुँदैन। जसलाई तिमीले मित्र बनाउँछौ त्यसलाई अपमानित गर्ने कोहि छैन। र जसलाई तिमीले शत्रु बनायौ भने त्यसलाई सम्मान दिने कोहि हुँदैन। बढोत्तरी (बरकत) वाला हौ तिमी हे मेरो पालनकर्ता! र महान छौ। हामी तिमीसित माफी चाहन्छौं र तिमीतर्फ प्रवृत्त हुन्छौं।
वित्र पछिको जिक्र वा दुआः
वित्रको सलाम पछि तीन पटक यो भन्नु पर्छ।
(सुब्हानल् मलिकिल् कुद्दुस) तेस्रो पटक उच्च स्वरमा तानेर भन्नु पर्छ। (अबूदाऊद)
कनूत-ए-नाजे़लः
युद्ध तथा शत्रुको विजयको भयको बेलामा यो दोआ-ए-कनूत पढ्नु पर्दछ। यसलाई कनूत-ए-नाजि़ला भनिन्छ। यो दुआ निम्नलिखित छ।
(अल्लाहुम्मग् फिरलना वलिलमोमिनीना वल मोमिनात वल मुस्लिमीना वल मुस्लिमात व अल्लिफ बैन कूलूबिहिम व अस्लिह जाता बैनिहिम वनसुरहुम अला अदुव्वेका व अदुव्विहिम, अल्लाहुम्मलअनिलकफरता अल्लजीना यसुददून अन सबीलिक, वयुकज्जिबूना रोसोलिक व यूकातिलूना औलियाअक। अल्लाहुम्मा खालिफ बैन कल्मितिहिम व जल्जिल अकदामहुम व अन्जिल बिहिम बअसकल्लजी ला तरुददुहू अनिलकौमिल मुजिरिमीन। अल्लाहुम्मा इन्ना नजअलुका फी नुहूरिहिम व नऊजुबिका मिन शुरुरिहिम। (हिस्ने हसीन)
अर्थः हे अल्लाह (ईश्वर) ! क्षमा गर हामी ईमान्दार पुरुष तथा स्त्रीहरुलाई, मुसलमान पुरुष र स्त्रीहरुलाई, तथा उनीहरुको हृदयमा लगाव पैदा गरि देऊ, र उनीहरुमा संन्धि र मेलमिलाप गराई देऊ, तथा आफ्नो र उनको शत्रुहरुमाथि उनको सहायता गर। हे अल्लाह ! ती नास्तिकहरुमाथि धिक्कार पठाऊ जुन तिम्रो बाटोबाट रोक्छन, र तिम्रो दूतहरुलाई झूठा भन्छन् र तिम्रा मित्रहरुसित लड़ाई गर्छन्। हे अल्लाह तिनीहरुमा फूट हालिदेऊ र उनीहरुका पाइला हल्लार्इ देऊ र उनीहरुमाथि आफ्नो प्रकोप पठाई देऊ जसलाई तिमीले मुजरिमबाट फिर्ता गर्दैनौ। हे पालनकर्ता! हामी तिमीलाई तिनको विरुद्ध खडा गर्छौ र उनीहरुको दुष्टताबाट तिम्रो शरण चाहन्छौं।
नमाजको लागि आवश्यक कुराहरुः
2- इमामको साथमा एक जना भए पनि जमाअत (समुह) मानिन्छ। (बुखारी व मुस्लिम)
3- पंक्ति (सफ) लाई सीधा गर्नाले नमाज पूर्ण हुन्छ। (त्रिमिजी)
4- पंक्तिहरु (सफहरु) को बीचमा ठाउँ छोडनु हुँदैन। (अबूदाऊद)
5- यात्रीहरुले चार रकअत भएको नमाजलाई घटाएर (कसर गरेर) दुई रकअत पढ़नुपर्छ। (मुस्नद-अहमद)
6- यात्रामा दुई समयको नमाज एकै पटक पढ़नु पनि उचित छ। (मुसन्द-अहमद)
7- नमाजी भुलेर (विर्सेर) नमाज कम वा अधिक पढ्यो भने सिज्दः सहू गर्नु जरुरी छ, कम भयो भने कमीलाई पूरा गरे पछि सज्दाः सहू गर्नु पर्छ।
8- सज्दः सहू सलाम भन्दा पहिले गर्नु पर्छ। (बुखारी)
जुमअःको दुई रकअत अनिवार्य (फर्ज) छ। जुमअःको समय जोहरको समय हो। (बुखारी)
गाउँ, शहर तथा हरेक स्थानमा जुमअः फर्ज (जरुरी) छ। जुमअःको खुत्बा (प्रवचन) अनिवार्य छ। जुमअःको दिन खुत्बा भन्दा अगाडि सुन्नत नमाज जति पढे पनि हुन्छ।
जुमअःपछि चार रकअत सुन्नत पढ़नु सर्वोत्तम हुन्छ, दुई रकअत पढ़नु पनि जायज छ। यदि दुई रकअत नै पढ़नु छ भने घर गएर पढ़नु अत्योत्तम हुन्छ। जुन व्यक्ति अजानपछि मस्जिदमा आउँछ र इमाम खुत्बा दिइरहेको छ भने दुई रकअत पढेर खुत्बा सु्न्नु पर्छ। (मुस्लिम)
ईदको नमाज दुई रकअत मात्र सुन्नत मुअक्किदः छ। ईदको नमाज विहानै सूर्योदय हुने वित्तिकै पढ्नु राम्रो हुन्छ। ईदको नमाजको लागि अजान र इकामत भन्नु पर्दैन (सर्वमान्य)।
ईदको नमाज पहिलो रकअतमा तकबीर तहरीमापछि सात पटक तकबीरहरु (अल्लाहो अक्बर) र दोस्रो रकअतमा पाँच पटक तकबीरहरु भन्नु पर्छ। हरेक तकबीरका साथ रफायदैन गर्नु उचित छ। इदैनको नमाज भन्दा पहिलो वा पछि कुनै सुन्नत वा नफिल पढ्नु हुँदैन।
ईदैनको तकबीरः
ईदगाह जाने बेलामा वा फर्किने बेलामा उच्च स्वरमा तकबीर पढ्नु पर्छ।
अल्लाहु अकबर- अल्लाहु अक्बर
ला इलाहा इल्लल्लाह व अल्लाहु अक्बर- अल्लाहु अक्बर व लिल्लाहिल् हमद।
अर्थः- अल्लाह (ईश्वर) सबै भन्दा ठूलो छ, अल्लाह सबै भन्दा महान छ। अल्लाह बाहेक अरु कोहि पूजनीय छैन। अल्लाह सबै भन्दा महान छ। अल्लाह सबै भन्दा महान छ। तथा सबै प्रशंसा अल्लाहको लागि छ।
नमाजे-जनाजःको वर्णनः
नमाज – जनाजःको लागि सबै नमाजहरु जस्तै, वजू, पश्चिम (किब्ला) तिर मुख, शरीर ढाकीएको, र नीयत जरुरी छ। जनाजःमा चार तक्बीर भन्नु पर्छ। नमाज जनाजःमा पनि सूरःफातिहा पढ़नु जरुरी छ। (बुखारी)
जनाजःको नमाजको दुआ तथा विधिः
दोस्रो तक्बीर पछि दरुद शरीफ पढ्नु पर्दछ। तेस्रो तक्बीर पछि निम्नलिखित दुआहरु पढ्नु होस्।
1- अल्लाहुम्गफिर लिहय्यिना व मय्यितिना व शाहिदना व गाइबना व सगीरिना व कबीरिना व जक़रिना व उन्साना। अल्लाहुम्मा मन अहय्यतहू मिन्ना फअहयिही अलल् इस्लामी व मन तक्फफैतहू मिन्ना फतवफ्फहू अललईमान। अल्लाहुम्मा लातहरिमाना अजरहू वला तफ्तिन्ना बअदहु। (मुस्लिम)
2- अल्लाहुम्मगफिरलहू वरहमहू व आफीही व आफो अनहू व अकरिम नूजूलहू ववस्सीअ मदखलहू वगसिलहू विलमाइ वस्सलजि वलबरद, व नक्केही मिनलखताया कमा नक्कैतस्सौबलअबयद़ा मिनददनसि व अब दिलहू दारन खैरममिनदारिही व अहलन खैरम्मिन अहलेहि व जौजन खैरम्मिन जौजिही व अदखिलहूल् जन्नता व अइजहू मिन अजाबिलकबरे व अजाबिन्नार। (मुस्लिम)
अर्थः-
1- हे अल्लाह (ईश्वर)! क्षमागर हाम्रा जीवितहरुलाई र मृतकहरुलाई, हाम्रो उपस्थित र अनुपस्थितहरुलाई, हाम्रो नबालक र प्रौढहरुलाई, हाम्रा पुरुष तथा महिलाहरुलाई। हे अल्लाह! हामी मध्ये जसलाई जीवित राख भने इस्लाममा राख, मृत्यु देऊ भने र्इमानमा मृत्यु देऊ, हे अल्लाह हामीलाई यसको पुण्यबाट पञ्चित नगर्नुस् र त्यसपछि हामीलाई खराब काममा न हाल्नु।
2- हे अल्लाह! यसलाई क्षमा गरिदेऊ, यसमाथि कृपा गरेर शान्ति देऊ, यसलाई क्षमागर, यसको आतिथ्य सम्मानले गर, यसको कबर (चिहान) लाई फराकिलो बनाई देऊ। यसको पापलाई पानी, बर्फ तथा ओलोबाट धोई देऊ। यसको त्रुटिहरुलाई यस प्रकार सफा गरिदेऊ जसरी तिमीले सेतो लुगालाई मैलबाट सफा गर्यौं। यसको घरलाई राम्रो भन्दा राम्रो घरले बदली देऊ। यसका परिवारलाई राम्रो परिवारले परिवर्तित गरि देऊ, यसको पत्नीलाई राम्रो पत्नीले परिवर्तित गरिदेऊ, यसलाई स्वर्गमा प्रवेश गराई देऊ, र यसलाई कबरको यातनाबाट र नरकको प्रकोपबाट बचाऊ।
यदि बच्चाको जनाजा हो भने तेस्रो तकबीरपछि (अल्लाहुम्मगफिर लिहय्यिना व मइय्यतिना) पढेर यो वढनुपर्छः
अल्लाहुम्मजअलहू लना सलफौ वफरतौ व जुखरा) (बुखारी)
अर्थः- हे अल्लाह! यसलाई मेरो लागि (पेशरौ) (अगुवा) तथा पहिलेदेखि तयारी गर्ने एवं सवाब (पुण्य) को माध्यम बनाई देऊ।
पुरुषको जनाजा हो भने इमामलाई मृतकको टाउको निर खडा हुनु पर्छ। यदि महिलाको जनाजा हो भने इमामलाई जनाजाको मध्य भागको नजीक खडा हुनु पर्छ। (अबू दाऊद)
विषयहरु
1.दुईशब्द
2.इस्लामका स्तम्भहरु
3.सलाह (नमाज) हरु
4.नमाजका रकअतहरुको संख्या
5.वजूको तरीका
6.वजूपछिको दुआ
7.वजू भंग हुने कारणहरु
8.मोजा माथि मसह
9.तयम्मुमको वर्णन
10.अजानको वर्णन
11.इकामत (तकबीर) को वाक्य
12.अजानको उत्तर
13.इकामतको उत्तर
14.अजानपछिको दूआ
15.दरूद शरीफ
16.मस्जिदमा प्रवेश गर्ने बेलाको दुआ
17.मस्जिदबाट निस्कने बेलाको दुआ
18.नमाजको मसनून तरीका
19.दुआए इस्तिफ्ताह
20.ध्यान दिने योग्य कुरो
21.सूरः अल-फातिहा
22.सूरःअल-इख्लास
23.रुकूअको वर्णन
24.रुकूअको दुआ
25.कौमाका दुआहरु
26.सज्दाको वर्णन
27.सज्दाको दुआ
28.जल्सए इस्तेराहतको वर्णन
29.तश्हहूदको दुआ
30.अन्तिम कअदा
31.दरुद शरीफ
32.दरुद शरीफ पछिका दुआहरु
33.सलामपछिका दुआ र अजकार
34.आयतल कुर्सी
35.वित्रको नमाज
36.दोआए कनूते वित्र
37.वित्रपछिको जिक्र वा दुआ
38.कनूते-नाजिला
39.नमाजका लागि आवश्यक कुराहरु
40.जुमअःको वर्णन
41.ईदैन (दुई तिहार) को नमाजको वर्णन
42.ईदैनको तक्बीर
43.नमाजे-जनाजः (अन्त्येष्ठि-प्रार्थना) को वर्णन
44.नमाजे-जनाजःको दुआ तथा विधि