उहाँ अब्दुल्लाह बिन अब्दुर्रहमान बिन सुलैमान अल बअीजान हुन्, सउदीको खरज नामक प्रांतमा कानून र मानवाधिकार कालेजमा प्राेफेसर हुनुहुन्छ, अल इमाम मुहम्मद बिन सउद युनिवरसिटिबाट पी.एच.डी.को डिगरी प्राप्त गर्नु भयो, र हफस अन अासिमको पाठनशैलीको सार्टिफिकट शैख इब्राहीम बिन सर्इद अद्दाैसरीबाट प्राप्त गर्नु भयो, र रियाजको बवादेरी नामक मस्जिदको इमाम पनि हुनुहुन्थ्यो, र सन् २०१३ र्इ. मा राजा अब्दुल्लाह बिन अब्दुल अजीजको हुकुमले मस्जिदुल हरामको इमाम नियुक्त हुनु भयो ।
सउदी अरबकाे जद्दा शहरमा उहाँकाे जन्म ९/११/१३८१ हिज्रीमा भयाे, मलिक अब्दुल अजीज विश्वविद्यालयबाट स्नातक १४०६ हिज्रीमा गर्नु भयाे , र एम.ए. उम्मुलकुरा विश्वविद्यालयको शरीअः कालेजबाट १४१२ हिज्रीमा गर्नु भयाे, र यसै विश्वविद्यालयबाट पी.एच.डी. पनि गर्नु भयो १४१९ हिज्रीमा , र अासिमकाे पाठनशैलीमा कुरअानकाे पाठन गर्ने सार्टिफिकट पनि शैख मुकरी र डा. अैमन रुश्दी अस्सुवैदीबाट प्राप्त गर्नु भयाे ।
उहाँ अब्दुल्लाह ताहा मुहम्मद सरबल हुन, उहाँको जन्म उर्दुनमा सन् १९७९ र्इ. मा भयो, र उहाँ सन् १९९९ र्इ. देखि अाज सम्म मस्जिदे उम्मुल मुमिनीनमा इमाम र खतीब हुनुहुन्छ, शिक्षा दक्षताः इस्लामीय शास्त्रमा बी.ए., कुरअान शास्त्र र त्यसको व्याख्यामा एम.ए. उर्दुनको महा विश्वविद्यालयबाट ।