उहाँ खालिद बिन अली बिन अब्दलान अाले अब्लज अल् गामदी हुन् , पवित्र मक्कामा उहाँको जन्म भयो, उम्म अल कुरा विश्वविद्यालयबाट बिकम गर्नु भयो र यसै विश्वविद्यालयको पवित्र कुरअान र त्यसको विज्ञान नामक कालेजबाट एम. ए. गर्नु भयो, र पी. एच. डी. पनि त्यसै कालेजबाट प्राप्त गर्नु भयो, र त्यसै कालेजको प्राेफेसर पनि नियुक्त हुनु भयो, र १४२४ हिज्रीमा मस्जिदे खैफ जुन मिनामा स्थित छ त्यसको इमाम नियुक्त हुनु भयो, र १४२८ हिज्रीमा राजा अब्दुल्लाहको हुकुमले मस्जिदे हरामको इमाम नियुक्त हुनु भयो ।
उहाँ कारी मिफ्ताह बिन मुहम्मद बिन यूनुस बिन उमर अस्सलतनी हुनुहुन्छ, लीबीयाको बिनगाजी नामक स्थानमा १९ रबीउस्सानीको दिन १३९३ हिज्रीमा जन्मनु भयो, र कुरअानलार्इ बिनगाजीमा १४२२ हिज्रीमा कंठ गर्ने कार्य सम्पन्न गर्नु भयो, र मिस्रका शैखहरूबाट कुरअानको पाठनशैलीका विभिन्न सर्टिफिकेट प्राप्त गर्नु भयो, र अजहर युनिवर्सिटिबाट दशाैं पाठनशैलीको ज्ञान प्राप्त गर्नु भयो, र उहाँ गुप्त रोग र समस्त रोगका विशेषज्ञको रूपमा चिकित्सक हुनुहुन्छ ।