उहाँ महमूद मुहम्मद रेशाद अश्शैमी मिस्री हुनुहुन्छ, कुवैतको प्रसारण केन्द्रमा कुरअानको पाठनकर्ताको रूपमा नियुक्त हुनुहुन्छ, र मस्जिदे उमरको मुवज्जिन हुनुहुन्छ ।
शैख महमूद खलील अल हुसरी, उहाँ मिस्रका समस्त पाठनकर्ताहरूका शैख अर्थात नायक हुनुहुन्छ, गज्जाको शिबरा नामक गाउँमा सन् १३३५ हिज्रीमा उहाँको जन्म भयो, र १६ मुहर्रमको दिन सन् १४०१ हिज्रीमा उहाँको निधन भयो, र उहाँले विभिन्न पाठनशैलीमा कुरअानको पाठन गर्नु भयो जुन अहिले पनि त्यति नै लोकप्रिय छ जति उहाँको जीवनकालमा थियो, र उहाँले बच्चाहरूलार्इ पाठन सिकाउने पाठ पनि गर्नु भएको छ ।
उहाँ कारी मिफ्ताह बिन मुहम्मद बिन यूनुस बिन उमर अस्सलतनी हुनुहुन्छ, लीबीयाको बिनगाजी नामक स्थानमा १९ रबीउस्सानीको दिन १३९३ हिज्रीमा जन्मनु भयो, र कुरअानलार्इ बिनगाजीमा १४२२ हिज्रीमा कंठ गर्ने कार्य सम्पन्न गर्नु भयो, र मिस्रका शैखहरूबाट कुरअानको पाठनशैलीका विभिन्न सर्टिफिकेट प्राप्त गर्नु भयो, र अजहर युनिवर्सिटिबाट दशाैं पाठनशैलीको ज्ञान प्राप्त गर्नु भयो, र उहाँ गुप्त रोग र समस्त रोगका विशेषज्ञको रूपमा चिकित्सक हुनुहुन्छ ।