यस किताबमाः सन्तानहरूको पालनपोषण यस्ता सही तरिका र नियमहरूको माध्यमले गर्ने कुरामा जोर दिइएको छ जुन नियम कुरआन र हदीसमा आधारित छन् र जुन इस्लामीय तरिका र सभ्यता पनि हो, किनकि बच्चाहरू यस संसारका शोभा हुन् र उनीहरूको प्राप्ति भएमा मान्छे हर्षित र प्रभुल्लित भइहाल्छ । र सुखद संसारिक जीवन तबसम्म परिपूर्ण मानिदैन जबसम्म मान्छेलार्इ सन्तान प्राप्ति नहोस् । यसर्थ यदि माता पिताले उनीहरूको राम्रो पालनपोषण र शिक्षादिक्षा गरेमा ती सन्तानहरू माता पिताको लागि परलोकमा पनि उस्तै शोभा हुनेछन् जसरी अल्लाहले उनीलार्इ यस संसारिक जीवनको शोभा बनाएको छ ।
यस पुस्तिकामा दुवै इर्दहरूलार्इ मनाउने इस्लामीय तरिका र त्यससित संलग्न महत्वपूर्ण कुरा र समस्याहरूलार्इ पनि कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ ।
यस किताबमा नववर्षको उत्सव र क्रिसमस एवं केही अन्य उत्सवहरूको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जुन र्इसार्इहरू दिसम्बर र जनवरीको महिनामा मनाउँछन्, र केही अनभिज्ञ मुसलमानहरू पनि यसमा लिप्त देखिन्छन्, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
यस किताबमा रमजान महीनाको व्रतको बारेमा विस्तृत रूपले ज्ञान गराइएको छ, साथै त्यसको फाइदाहरू र विशेषताहरू र त्यससित सम्बन्धित समस्याहरूको पनि वर्णन र समाधान कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
यस किताबमा शिशुको नामाकरणको बारेमा र त्यससित सम्बन्धित समस्याहरूको वर्णन गरिएको छ र साथै अवैध नामहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा टिप्पणी गरिएको छ ।