अफरोज आलम - पुस्तकहरू
घटकहरूको संख्या: 2
- नेपाली लेखक : शाह इसमाइल शहीद अनुवादक : अफरोज आलम The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
तक़वीयतुल ईमान (ईमानको दिवयता) : तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को नेपाली अनुवाद हो । यस किताबमा कुआन र हदीसका प्रमाणहरूद्वारा तौहीद ( एकेश्वरवाद ) लाई सिद्ध र शिर्कलाई खण्डन गरिएको छ । लेखकले कुनिका आयात र हदीसहरूलाई संकलन गरी आफ्नो विशेष , रोचक र प्रभावकारी शैलीमा प्रस्तुत गर्नु भएको छ । अधिकांश ठाउँमा त त्यसको उदाहरणको साथमा त्यसको व्याख्या गर्नु भएको छ । विशेषरूपले उहाँले समाजमा प्रदर्शित शिर्कका विभिन्न रूप , रीतिरिवाज र अवैध परम्मपराहरूलाई प्रस्तुत गरी त्यसको खण्डन गर्दै त्यसलाई त्याग्ने र तौहीद ( एकेश्वरवाद ) लाई अपनाउने तर्फ आवहान गर्नु भएको छ ।
- नेपाली पुनर्विचारक : अफरोज आलम The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ : एकमात्र प्रभु अल्लाहको आश्रय लिनु आवश्यक छ ( البرهان في وجوب اللجوء إلى الواحد الديان ) नामको यो किताब शेख अब्दुल्लाह बिन अब्दुर्रहमान अस्सअद द्वारा लेखिएको किताब हो । जसमा समाजमा पाइने गलत आस्थाहरूको स्पष्टिकरण गरिएको छ । ती हुनः आफ्नो आवश्यकता पूर्ति गर्नको लागि अल्लाह बाहेक अरूलाई पुकार्नु , कठिनाइको समयमा मद्दत माग्नु , बिरामी परेको समयमा स्वास्थ्यलाभ र सन्तान दिने आदि . . । यस्ता कामहरूमा अल्लाह बाहेक अरूले अलिकति पनि क्षमता राख्दैनन् । यस किताबको महत्वपूर्ण विशेषता यो छ कि , उपरोक्त कामहरू अल्लाह बाहेक अन्यको लागि खास गर्नु अल्लाहको धर्म ( इस्लाम ) मा अवैध र अज्ञानता एवं मुर्खताका काम हुन् अनि अल्लाह तआलाको साथमा स्पष्ट शिर्क हो । लेखक महोदयले यस्ता कामहरू अवैध र अमान्य भएको कुरा कुआन र सही हदीसको उज्यालोमा स्पष्ट प्रमाण प्रस्तुत गर्दै दश किसिमले बयान गर्नु भएको छ ।