यस पुस्तकमा सूरह फातिहा र साना सूरहहरुको उल्लेखगर्दै इस्लामका अरकानहरुका व्याख्या छ। र यसको संग संग तौहीद र शिर्कका किसिमहरुको वर्णन गर्दै एहसानको बारेमा पनि बयान गरेको छ। खासगरी नमाज र त्यसको अरकानहरु को उल्लेख गरेको छ। र वजू र त्यसको अनिवार्तहरु र त्यसलाई भंग गर्ने कुराहरुको पनि वर्णन छ। उस्तै मृतको क्रियाकर्म र नमाज जनाजा (अन्येष्ठि प्रा.) को बयान गरेको छ।
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।