उहाँको पूर्ण नामः मुहम्मद रिशाद बिन अब्दुस्सलाम बिन अब्दुर्रहमान अश्शरीफ हो, उहाँ पेलस्तीनमा सन् १९२५ र्इ. मा जन्मिनु भयो, र उहाँ इस्लामीय जगतका प्रसिद्ध पाठनकर्ता हुनुहुन्छ, र उहाँ पेलस्तीनको मस्जिदुल् अक्साको इमाम पनि रहनु भएको छ, र सन् २००२ र्इ. मा उर्दुन अाएर मलिक अब्दुल्लाह नामक मस्जिदमा इमामत गर्नु भएको हो ।
उहाँ मिस्री पाठनकर्ता हुनुहुन्छ, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले अजहर युनिवर्सिटिबाट इस्लामीय शास्त्र र कुरअानको पाठनशैलामा स्नातक गर्नु भयो, र दशवटै पाठनशैलाीको ज्ञान पनि प्राप्त गर्नु भयो, र अध्यापन संस्थाको सदस्य पनि रहनु भयो ।