-उहाँ नेपालका प्रसिद्ध अालिम हुनुहुन्छ र उहाँले नै सर्वप्रथम इस्लामको बारेमा नेपाली भाषामा केही लेख्ने अाँट गर्नु भयाे, र उहाँले अाज सम्म बीसाैं पुस्तकहरू नेपाली भाषामा लेखिसक्नु भएछ, र उहाँको माध्यमले सैयाैं मान्छेहरू मुसलमान भइसकेका छन् ।
उहाँ पाठनकर्ता शैख यहया अहमद मुहम्मद अलहलीली हुनुहुन्छ, उहाँ यमनको राज्य सनअामा सन् १९५२ र्इ. मा जन्मनु भयो, र कुरअानलार्इ सन् १९६२ र्इ. मा पूर्णतया कण्ठ गरिहाल्नु भयो, र सातवटै पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो र सन् १९७३ र्इ. मा अरबी भाषा शास्त्रमा स्नातक गर्नु भयो, र सन् १९७० र्इ. मा पवित्र कुरअानको अध्यापक र सनअाको इमाम र खतीब पनि रहनु भयो, र पवित्र कुरअानको कण्ठ गर्ने प्रतियोगताको सन् २००० र्इ. मा निर्णयकर्ता पनि रहनु भएको हो ।
पवित्र कुरअानको पाठनकर्ता यासीन जजायरका विधिशास्त्री पनि हुन्, जजायरको राजधानीमा सन् १९६९ र्इ. मा उहाँको जन्म भयो, र उहाँले कुब्बा नामक विद्यालयबाट बी.ए. गर्नु भयो र शरीअः कालेजबाट अाफ्नो अध्ययनलार्इ निरंतर्ता दिनु भयो, र उहाँ जजायरको पहिला व्यक्ति हुन् जसले वर्शकाे पाटनशैलीमा कुरअानलार्इ पाठन गर्नु भयो, र हालै उहाँ अबू उबैदह बिन जर्राह नामक मस्जिदमा इमाम र खतीब हुनुहुन्छ ।