(मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु

विशेषता

यस पुस्तकमा सूरह फातिहा र साना सूरहहरुको उल्लेखगर्दै इस्लामका अरकानहरुका व्याख्या छ। र यसको संग संग तौहीद र शिर्कका किसिमहरुको वर्णन गर्दै एहसानको बारेमा पनि बयान गरेको छ। खासगरी नमाज र त्यसको अरकानहरु को उल्लेख गरेको छ। र वजू र त्यसको अनिवार्तहरु र त्यसलाई भंग गर्ने कुराहरुको पनि वर्णन छ। उस्तै मृतको क्रियाकर्म र नमाज जनाजा (अन्येष्ठि प्रा.) को बयान गरेको छ।

Download
यस पृष्ठको अधिकारीलार्इ टिप्पणी पठाउनु होस्

पूर्ण विशेषता

(मुस्लिम समुदायका लागि)

महत्वपूर्ण पाठहरु

الدروس المهمة لعامة الأمة

الحمد لله رب العالمين, والعاقبة للمتقين , وصلى الله و سلم على عبده ورسوله نبينا محمد , وعلى آله وأصحابه أجمعين.

स्तूति र शान्ति प्रार्थनापछि,

यी संक्षेप शब्दहरु सर्वसाधारणले इस्लाम धर्मको विषयमा आवश्यक रुपले जान्नु पर्ने केहि कूराहरुका बारेमा छन्, जसको नाउँ मैले (अद्दोरुसुल मोहिम्मह ले आम्मतिल उम्मह अर्थातः सर्वसाधारण मुस्लिम समुदायका लागि महत्वपूर्ण पाठहरु) राखेया छु।

यसबाट सबै मुसलमानहरुलाई लाभान्वित गरी मेरो तर्फबाट यसलाई कबूल गर्न अल्लाहको जुनाफमा प्रार्थना गर्दछु। वस्तुतः त्यो शक्ति नै महान कल्याण गर्ने हो।

अब्दुल अजीज अब्दुल्लाह बिन बाज।

महत्वपूर्ण पाठहरुको विधि सर्वसाधारण मुस्लिमहरुको लागि

(पहिलो पाठ)

सूरतुल फातिहा र सकेसम्म केसारुस् सोवरबाट सूरतुल ज़लज़लह (भूइँचालो अंश) देखि सूरतुन् नास (मानिस अंश) सम्म पाठको लागि पढ़ाउनु र सही गर्नु तथा आवश्यक बोधको लागि कण्ठ गराउनु र व्याख्या गर्नु।

(दोश्रो पाठ)

इस्लामका अरकान (आधारशिला) हरुः

1- इस्लामका 5 आधारशिलाहरुको वर्णन

यसको पहिलो र ठूलो आधारशिला (لا إله إلا الله محمد رسول الله) (लाइलाह इल्लल् लाह, मुहम्मदुर् रसूलुल् लाह्) को साक्ष्यको वर्णन हो, त्यसको अर्थ- व्याख्या र لا إله إلا الله(लाइलाह इल्लल् लाह,) का प्रतिबन्धहरुको उल्लेखसहित।

यसको अर्थ होः (ला इलाह) अर्थात अल्लाहको अतिरिक्त पूजिने अन्य सबैलाई नकार्नु, (इल्लल् लाह) अर्थात एउटा अल्लाह जसको कुनै साझा छैन त्यसको उपासनालाई स्वाकार्नु र सिद्ध गर्नु।

2)–लाइलाह इल्लल्लाह-का प्रतिबन्धहरु निम्नलिखित छन्।

1) अज्ञानतालाई नकार्ने ज्ञान।

2) संदेहलाई नकार्ने विश्वास।

3) शिर्क (मिश्रणवाद) लाई नकार्ने शुद्धता।

4) झूठलाई नकार्ने सत्यता।

5) द्धेष-इर्ष्यालाई नकार्ने प्रेम।

6) अवज्ञालाई नकार्ने आज्ञापालन।

7) अल्लाहबाहेक पूजिने वस्तूहरुको इन्कार।

8) अस्वीकारलाई नकार्ने अनुसरण

यी प्रतिबन्धहरुलाई निम्नलिखित दुईटा श्लोकहरुमा जम्मा गरिएको छः

ज्ञान, विश्वास, शुद्धता र तेरो सत्यता

प्रेम, अनुसरण र तीनको स्वीकार

आठौं अन्यचाहिं तेरो इन्कार हो

अल्लाहबाहेक अन्य वस्तुलाई जल्लाई पूजिन्छ।

(मुहम्मदुर् रसूलुल्लाहु) को साक्ष्य र मांगको उल्लेख गर्देः हजूर सल्लल्लाहु अलैही वसल्लम लाई जे जाति बताएको विषयमा सत्य मान्नु, र जे जति आदेश दिएका छन् त्यो विषयमा उहाँको अनुसरण, र जो जतिबाट मनाही गरी रोक्नु भएका छन् तिनबाट

जोगिनु, र अल्लाह र उसको संदेष्टा सल्लल्लाहु अलैही वसल्लम को धर्मनीति अनुसार अल्लाहको उपासना गर्नु।

फेरी शिक्षार्थीलाई इस्लाम धर्मका 5 वटा अरकान (आधारशीला) हरुमध्ये बाँकीलाई वर्णन गर्दै बताउनु। ती शेष अरकान (आधारशिला) हरु यी हुन्।

1-सलाह (नमाज) अर्थात नत्मस्तक प्रार्थना (उपासना)

2- ज़कात अर्थात धर्मदाय।

3-रमद़ान (इस्लामी नवौं) महीनाको व्रत।

4-यात्रा-व्ययको सामर्थ्य राखने व्यक्तिले अल्लाहको सम्मानित शान्ति घर काबाको हज (दर्शन) गर्नु।

(तेश्रो पाठ)

तौहीद (एकेश्वरवाद) र शिर्क (मश्रणवाद) का किसिम्-हरु

क- तौहीद (एकेश्वरवाद) का किसिमहरु ती तीनवटा छन्

1-तौहीदुल् उलूहीयः (उपासना एकेश्वरवाद)

2- तौहीदुर् रोबूबीयः (प्रतिपालन एकेश्वरवाद)

3-तौहीदुल् अस्मा वस् सिफात (सज्ञा तथा गुण एकेश्वरवाद)

1-तौहीदुल् उलूहीयः अल्लाह पवित्रमा यो आस्था राखनु कि त्यो नै सत्य उपास्य र पूज्य हो, यो विषयमा कोहि उसको साझ छैन। अनि यो –ला इलाह इल्लल्लाह- को अर्थ र तात्पर्य हो। यसको अर्थ चाहिं – वास्तिक उपास्य र पूज्य अल्लाह बाहेक कोहि छैन- हो। यसैले सलाह (प्रार्थना) र सौम (वर्त) इत्यादी जस्ता पूजा उपासनाहरु अल्लाह

एउटा मात्रको लागि हुनु पर्छ तथा यसमा अर्काको लागि अलिकति हेरफेर पनि (वैध) मान्य हुँदैन।

2- तौहीदुर रोबूबीयः अल्लाह पवित्रमा यो आस्था राखनु कि त्यो सबै वस्तुको सृष्टा (प्रतिपालक) र सबै वस्तुमा अधिकार गर्ने हो, साथै यस् विषयमा त्यसको कोहि साझा छैन।

3- तौहीदुल अस्मा वस् सिफातः अल्लाहको संज्ञा (नाम) र गुणहरुवारे पवित्र कुरआन र शुद्ध हदीस (संदेष्टा-वाणी) हरुमा जेजति उल्लेख छ त्यसमा आस्था राखनु, अनि एउटा अल्लाह मात्र त्यस योग्य छ भनी ती नाम र सज्ञालाई कुनै परित्याग, कमी-वेशी, परिवर्तन र अनुरुपता बिना त्यो पवित्र श्क्तिको लागि अल्लाहको निम्न कथन अनुसार व्यवहारिक रुपमा सिद्ध गर्नुः

((قل هو الله أحد الله الصمد لم يلد و لم يولد و لم يكن اله كفوا احد))

अर्थातः (हे मुहम्मद), भनी देउः त्यो अल्लाह एक हो, अल्लाह सर्वाधार परिपूर्ण हो, उसका कोहि सन्तान छैन र उ कसैको संतान छैन, तथा कोहि उसको तुल्य छैन। )

(सूरह समद सम्पूण)

सम्मानित प्रतिभाशली शक्तिको कथनः

((ليس كمثله شئ و هو السميع البصير))

अर्थातः कुनै बस्तु त्यसको समान छैन, र त्यो अति सुन्ने तथा हेर्ने शक्ति हो।)

(सूरह शूराः11)

केहि विद्धानहरुले तौहीदका दुईटा किसिमहरु बनाएका छन् र संज्ञा तथा गुण तौहीदलाई प्रतिपालन तौहिदमा नै शामेल गरेका छन्, र यसमा कुनै आपत्ति छैन किनकि यी दुईटै किसिममा उद्देश्य स्पष्ट हुन्छ।

(ख) शिर्क (मिश्रण) का तिनवटा किसिमहरु छनः

1-शिर्क अक्बर (महा-मिश्रण)

2-शिर्क अस्गर (तल्लो दर्जाको मिश्रण)

3-शिर्क ख़फी (गुप्त तथा अस्पष्ट मिश्रण)

शिर्क अक्बरः महा मिश्रण चाहिंले आवश्यक तुल्याउँछः कर्मलाई सर्वनाश र नरकमा प्रवेश, त्यो मान्छेको नागि जसको मृत्यू यसै अवस्थामा भई सक्यो। जस्तो कि अल्लाहले भन्छः

((ولو أشركوا لحبط عنهم ما كانوا يعملون))

अर्थातः यदि तिनले मिश्रण गर्यो भन्ने तिनका कर्महरु नाश हुनेछन्। )

(सूरह अन्आम-88)

तथा त्यो पवित्र शक्तिको भनाइ छः

((ما كان للمشركين أن يعمروا مسجد الله شاهدين على أنفسهم بالكفر أولئك حبطت أعمالهم و في النار هم خالدون))

अर्थातः मिश्रणवादीको यो काम छैन कि तिनीहरु अल्लाहका मस्जिद (उपासना घर) हरुका रेखदेख गर्ने सेवक बनून् जबकि तिनीहरु स्वयं आफूमाथि इन्कारको साक्षी दिइ रहेछन्, तिनका सारा कर्म नाश भइ सके तथा तिनले नरकमा सघैं बस्नु छ।

(सूरहतौबाः17)

र यदि त्यसै अवस्थामा मर्यो भन्ने उसलाई कदापि क्षमा गरीने छैन, अनि स्वर्ग त्यसमाथि हराम (अवैध) भई हाल्छ, जस्तो कि अल्लाह सम्मानित र प्रतापीको कथन छः

((إن الله لا يغفر أن يشرك به و بغفر ما دون ذالك لمن يشاء))

अर्थातः निस्सन्देह अल्लाहले आफूसंग मिश्रण गरियोस् भन्ने क्षमा गर्ने छैन र यसबाहेक कसैलाई पनि रुचाएको खण्डमा क्षमा गर्नेछ((सूरह निसाः48)

तथा त्यो पवित्र शक्तिले भन्योः

((إنه من يشرك فقد حرم الله عليه الجنة ومأواه النار و ما لظالمين من أنصار))

अर्थातः वास्तममा जसले अल्लाहको साझा बनायो भन्ने अल्लाहले उसमाथि स्वर्गलाई अवैध गरीदियो तथा उसको ठेगाना नरक हो, र अत्याचारीहरुको लागि कोहि सहयोग गर्ने छैन।)

(सूरह माएदाः72)

उदाहरणः यसका प्रकारहरुमध्ये मृत तथा मूर्तिहरुको प्रार्थना र पुकार गर्नु, र तिनीहरुसित सहाय खोज्नु, र तिनीहरुको लागि भोग-प्रसाद मान्नु, र तिनीहरुको लागि बलि र पशू काट्नु तथा यसै प्रकारका अरु कर्महरु गर्नु हुन्।

शुर्क अस्गरः- त्यो हो जसलाई कुर्आन र हदीसको प्रमाणमा शिर्क (मश्रण) भनिएको छ, तर त्यो शिर्क अक्बर (महामिश्रण) को श्रेणीबाट छैन। जस्तै, केहि कार्यहरुमा दिखावा र प्रदर्शन,

अल्लाहबाहेक कसैको कसम लिनु, अथवा यो भन्नु कि जुन अल्लाहले इच्छा गरोस् वा अमूक व्यक्तिले चाहोस्। नबी करीम (महामहिम सम्मानित संदेष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को आदेश छः

((म तिम्रो बारेमा जुन कूराबाट सबभन्दा अधिक डरने गकर्छु त्यो शिर्क अस्गर हो।) अनि यसको बारेमा हजूरसित सोधियो। हजूरले भन्नु भो, (त्यो दिखावा र प्रदर्शन हो))

यसलाई इमाम अहमद, तबरानी र बैहकीले महमूद पुत्र लबीद अन्सारीद्धारा राम्रो प्रमाणका साथ बयान गरेका छन्, तथा तबरानीले राम्रो प्रमाणहरुका साथ महमूद पुत्र लबीद द्धारा र उहाँले राफेअ पुत्र खदीज़द्धारा र उहाँले संदेष्टा (मुहम्मद सल्लल्लाहु

अलैहि वसल्लम को कथन होः जसले अल्लहाबाहेक कसैको कसम लियो भन्ने उसले शिर्क गर्यो।

यसलाई इमाम अहमदले शुद्ध प्रमाणका साथ आदरणीय उमर पुत्र खत्ताब रजि़. द्धारा बयान गरेको छ। तथा यसैलाई अबूदाऊद र तिर्मिजीले शुद्ध प्रमाणका साथ आदरणीय पुत्र उमर रजियल्लाहु अन्होमाद्धारा बयान गरेका छन्। उहाँ सम्मानित संदेष्टाद्धारा बयान गर्नु हुन्छ कि हजूर ले भनी बक्स्नु भो, ((जसले अल्लाह अतिरिक्त कसैको शपथ लियो भन्ने उसले इन्कार गर्यो वा शिर्क गर्यो।)) तथा सम्मानित संदेष्टा मुहम्मद सल्लल्लाहु अलैही वसल्लम को आदेश हो, ((यो न भन्नुस् जुन अल्लाहको इच्छा होस् र अमूक व्यक्तिले चाहोस् बरु यो भन्नुस् जुन अल्लाहले चाहोस्- फेरि अमूक मान्छेले चाहोस्।)) यसलाई अबू दाऊदले शुद्ध

प्रमाणका साथ होजैफा पुत्र यमान रजि, द्धारा बयान गरेको छ।

शिर्क अस्गर नचाहिं को कारण बन्छ र नचाहिं सघैं नरकबासको कारण बन्छ। तर यो तौहिद (एकेश्वरवाद) को पूर्णताको प्रतिकूल हो जुनजाहिं आवश्यक छ।

शिर्क खफीः यो शिर्कको तेश्रो किसिम हो। यसको प्रमाण सम्मानित संदेष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को यो कथन होः (( के म तिमीहरुलाई त्यो कूरा न भनी दिऊँ जसको विषयमा म तिम्रो बारेमा मसीह दज्जाल (उपद्रवी अन्धकासुर) सितभन्दा पनि धेरै डरने गर्छु। हजूरका प्रतिष्ठित सहचरहरुले भन्नु भो, किन होइन हे अल्लाहका दूत! हजूर ले भन्नु भो, शिर्क खफी- त्यो यो हो कि मान्छेले नमाजको लागि उभन्दा आफ्नो नमाजलाई अति राम्ररी ढंगले पाठ गरोस् यसकारणले कि मान्छेहरु

उसको तर्फ हेरीरहेका छन्।) यसलाई इमाम अहमदले आफ्नो मुस्नद (प्रमाणित) भन्ने पुस्तकमा अबू सईद खुद्री रज़ि, द्धारा बयान गरेको छ।

यो पनि हुन सक्छ कि शिर्कका मात्र दुई प्रकारहरु मानियोस –शिर्क अक्बर र शिर्क अस्गर। अनि शिर्क खफी यो दुबैमा साझा छ।

शिर्क अक्बर खफीको उदाहरण द्धैवादीहरुको शिर्क हो, किनकि तिनीहरु आफ्नो झूटा विश्वासहरुलाई लुकाइ राख्थे तथा देखावा र आफ्नो प्राणको भयले इस्लामको प्रदर्शन गर्थ। शिर्क अस्गर खफी को उदाहरण देखावा र प्रदर्शन हो जस्तोकि मुहमूद पुत्र लबीद अन्सारीको उपरोक्त हदीसमा तथा अबू सईद को हदीसमा यसको वर्णन आइसकेको छ, अल्लाह महान नै सन्मति प्रदान गर्ने हो।

(पाँचौ पाठ)

एहसान (सध्यान उपासना)

एहसान यो छ कि तपाई अल्लाह महानको उपासना यस प्रकार गर्नुस् कि मानौं तपाई उसलाई हेरीरहेका छौं, यदि यो सम्भव नहोस् भन्ने कम्तिमा तपाई यो बुझनुस् कि उसले तपाईलाई हेरी रहेको छ।

(छैठौ पाठ)

सलाह (नमाज) का शर्त र प्रतिबन्धहरु

1-इस्लाम (धर्म) हुनु

2-बुद्धि हुनु

3-बुझने क्षमता हुन

4-शौच-क्रिया (शुद्ध हुनु)

5-फोहरलाई सफा गर्नु

6-गुप्तांगका लाई छोप्नु

7-समय हुनु

8-किबला(काबा)मुखहुनु 9-ध्यान गर्नु

(सातौं पाठ)

सलाह (नमाज) का अरकान अर्थात् आधारहरु

यी 14 वटा छनः

1-सामर्थ्य छ भन्ने उभ्नु

2-तहरीमाको तक्बीर अर्थात पहिलो अल्लाहो अक्बर भन्नु

3-सुरतुल फातिहा (प्रार्थनाअंश) को पाठ गर्नु।

4-कौमा अर्थात रुकूअपछि राम्ररी उभ्नु

5-कौमा अर्थात रुकूअपछि राम्ररी उभ्नु

6-सातौं अंगले सज्दा (नतमस्तक) हुनु

7- सज्दा (नतमस्तक) पछि राम्ररी उठ्नु

8-दुई सज्दाको मध्यमा जल्सा अर्थात बस्नु

9-सबै अरकानलाई राम्ररी गर्नु

10- सबै अकानलाई क्रमशः गर्नु

11-अन्तिम तशह्हुद (तहीयात)

12-अन्तिम रकातमा तशह्हुदको लागि बस्नु

13-अन्तिम कादः (बैठक) मा नबी सल्लल्लाहु अलैहि वसल्लम माथि शान्ति प्रार्थना पठाउनु

14- दायाँ तथा देब्रेपट्टी सलाम फेर्नु

(आठौं पाठ)

सलाह (नमाज) का वाजिबात तथा आवश्यक कूराहरु

यी आठवटा छनः

1-तहरीमको तक्बीर बाहेक बाँकी सबै तक्बीरहरु

2-एमाम (नमाज पढाउने अगुवा) र मुन्फरिद (एक्लै नमाज पढ्ने मान्छे) ले समेअल्लाहो लेमन हमेदः भन्नु

3-एमाम, मुक्तदी (एमामको पछाडि नमाज पढने मान्छे) र एक्लै नमाज पढने मान्छेले –रब्बना व लकल्हम्द- भन्नु।

4- रुकूअमा –सुब्हान रब्बियल अजीम- भन्नु।

5-सज्दामा –सुब्हान रब्बियल आला- भन्नु।

6- दुबै सज्दाहरुको बीचमा –रब्बिगफिरली- भन्नु।

7- तीन वा चार रकात भएको नमाजमा पहिलो तशह्हुद (तहीयात)

8-तहीयात पढ्नको लागि बस्नु।

(नवौं पाठ)

तशहहुद (तहियात) को वर्णन

यो यसप्रकार होः

((अत्तहीयातो लिल्लाहे वस्सलवातो वत्तय्यबातो, अस्सलामो अलैक अय्योहन्नबीयो व रहमतुल्लाही व बरकातोहु, अस्सलामो अलैना व अला एबादिल्लाहिस्

सालेहीन, अश्हहदो अल्लएलाह इल्लल्लाहो व अश्शदो अन्न मोहम्मदन अब्दोहु व रसूलुह्।

अर्थातः सबै मौखिक, शारीरिक र आर्थिक उपासनाहरु अल्लाहका लागि हुन् (अथवा सारा सम्मान र प्रतिष्ठाका शब्दहरु, हाम्रो नमाजहरु तथा सबै दानहरु अल्लाहका लागि हुन्।) हे नबी, तपाईमाथि शान्ति , अल्लाहको कृपा तथा उसका विभूतिहरु होउन्, शान्ति होस् हामीमाथि र अल्लाहका सत्कर्मी भक्तहरुमाथि। म गवाही दिन्छु कि अल्लाह बाहेक कोहि उपास्य छैन र म यो पनि गवाहि दिन्छु कि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसका भक्त तथा दूत्त हुन्।

फेरि नबी सल्लल्लाहु अलैहि वसल्लम माथि पवित्र दरुद (शान्ति प्रार्थना) पढ़नु पर्छ त्यो यो होः

((अल्लाहुम्म सल्ले अला मुहम्मदिंव व अला आले मुहम्मदिन कमा सल्लैत अला इब्राहीम व अला आले इब्राहीम, इन्नक हमीदुम् मजीद। व बारिक अला मुहम्मदिंव व अला आले मुहम्मदिन कमा बारक्त अला इब्राहीम व अला आले इब्राहीम, इन्नक हमीदुम् मजीद))

अर्थातः हे अल्लाह, मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम तथा उनका परिवारमाथि शान्ति अवतरित गर्नुस्, जसरी तिमीले इब्राहीम अलैही सलाम र उनका परिवारमाथि शान्ति अवतरित गर्यो, निःसंदेह तिमी प्रशंसा र महानताको अधिकारी छौ। तथा विभूती अवतरित गर्नुस मुहम्मद सल्ल्ललाहु अलैही वसल्लम र उहाँका परिवारमाथि विभूति अवतरित गर्यो, निस्सन्देह तिमी प्रशंसा र महानताको अधिकारी छौ।

फेरी कअदः अखीरः (अन्तिम बैठक) मा चिहानर नरकको यातना तथा मुत्यू र जीवनको उपद्रव अनि रुप विग्रेको दज्जाल (अन्धकासुर) को उपद्रवबाट अल्लाहसित शरण माग्नु पर्छ। फेरि रुचाएको जुनसुकै दुआ पढ्नु पर्छ, विशेष गरेर मासूरः अर्थात सुन्नतबाट सिद्ध दुआहरु, जस्तैः

((अल्लाहुम्म अइन्नी अला जिक्रेक व शुक्रेक व हुस्ने इबादतिक, अल्लाहुम्म इन्नी जलम्तो नफ्सी जुल्मन कसीरन् वला यग्फेरुज् जोनूब इल्ला अन्त फग्फिर्ली मग्फेरतन मिन इन्दिक वरहम्नी, इन्नक अन्तल, गफूरुर्रहीम।))

अर्थातः हे अल्लाह तिमी आफ्नो स्मरण गर्न, आफ्नो कृतज्ञता व्यक्त गर्न तथा आफ्नो उपासना गर्नमा सहायता गर्नुस्, हे अल्लाह मैले आफूमाथि अत्याचार गरेको छु, र तिमीबाहेक पापलाई कोहि क्षमा गर्न सक्दैन, तिमी मेरो पापलाई आफ्नो विषेश कृपाले क्षमा गरीदिनुस् तथा मसित कृपाको व्यवहार गरी बक्सनुस्। निस्सन्देह तिमी अति क्षमा गर्ने कृपालु छौ।

प्रथम तशह्हुदमा चाहिं शहादतैनपछि जोह्र, अस्र, मगरिब तथा एशामा तेश्रो रकातको लागि उभ्नु पर्छ यदि नबी सल्लल्लाहु अलैहि वसल्लम माथि दरुद पढोस् भन्ने बेस हुन्छ। यसबारेमा हदीस समान्य छ। अनि तेश्रो रकातको लागि उभ्नु पर्छ।

नमाजका सुन्नतहरुः

नमाजका केहि सुन्नतहरु यसप्रकार छनः

1- इस्तिफ्ताह (प्रारम्भ) को दुआ अर्थात (सूब्हानक अल्लाहुम्म................) पढ्नु।

2- केयाम (उभाई) को स्थितिमा दायाँ हातको हतकेला (पञ्जा) लाई देब्रे हातमाथि हाली छातिमाथि राखनु, तथा रुकूअबाट उभ्दा त्यस्तै ग्रने।

3- तक्बीर तहरीम (पहिलो तक्बीर), रुकूअ भन्दा पहिले र पछि तथा (तीन वा चार रकात भएका नमाजहरुमा) पहिलो बैठकबाट तेश्रो रकातको लागि उभ्दै औंलाहरु परस्परमा मिल्दो गरी दुबै हातहरुलाई काँध वा कानसम्म उठाउनु।

4- रुकूअ तथा जस्दामा एक भन्दा बढी पटक तस्बीह (सुब्हान रब्बियल अजीम, सुब्हान रब्बियल आला) पढ्नु।

5- रुकूअबाट उभेपछि (रब्बना लकल्हम्द) का साथ थप सुन्नत दुआहरु मिलाउनु, तथा दुबै जस्दाहरुको मध्यमा एकभन्दा बढी (रब्बीगफिर्ली) पढ्नु।

6- रुकअमा टाउकोलाई पीठ्युँ बराबर राखनु।

7- सज्दामा दुबै बाहूहरुलाई कोखिलाबाट, भूँडीलाई तिध्रहरुबाट र तिध्रहरुलाई कुइनाहरुबाट छुट्टै राख्नु।

8- सज्दामा दुबै कुइनाहरुलाई भुँइबाट उठाइ राखनु

9- प्रथम बैठकमा र दुबै सज्दाहरुको बीचमा बस्दा देब्रे खुट्टालाई फिंजाएर त्यसमाथि बस्नु तथा दायाँ खुट्टालाई उभ्याइ राखनु।

10- तीन वा चार रकातको नमाजमा अन्तिम बैठकमा तवर्रुक गर्नु अर्थात आफ्नो चाकमाथि बस्नु, आफ्नो देब्रे गोडालाई दायाँ गोडामुनि गरी दायाँलाई उभ्याइ राखनु।

11- प्रथम तथा दोश्रो बैठकमा तहीयात पढ्दै अन्तिमसम्म चोर औँलाले संकेत गर्नु तथा दुआको बखतमा त्यसलाई हल्लाउनु।

12- प्रथम बैठकमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि उहाँका परिवारमाथि तथा इब्राहीममाथि कृपा तथा विभूति अवतरणको दुआ गर्नु।

13- अन्तिम बैठकमा दुआ गर्नु।

14- फज्र, जुमआ, ईदुल फित्र (व्रत तिहार), बकरईद (बलि तिहार), इस्तिस्का (वर्षा मांग्ने) नमाजहरुमा तथा मगरिब र एशाको प्रथम दूई रकातहरुमा सस्वर (आवाजले) पाठ गर्नु।

15- जोह्र, अस्रमा र मगरिबको तेश्रो रकातमा तथा एशाको अन्तिम दूई रकातहरुमा बिस्तारै (मनमनै) पाठ गर्नु।

16- सूरह-फातिहाका साथ कुनै अरु सूरह पढ्नु, नमाजका वर्णित सुन्नतहरुबाहेक बाँकि सुन्नतहरुको ध्यान राखनु पर्छ। जस्तै, रुकूअबाट उभ्दाखेरी (रब्बना व लकल्हम्द) भन्दा बढी पढ्नु। यो एमाम, मुक्तदी र एक्लै नमाज पढ्ने सबैको लागि सुन्नत हो तथा यसै प्रकारले रुकुअ गर्दा दुबै हातहरुलाई औंलाहरु फिंज्ने गरी घुँडामाथि राखनु।

(एघारौ पाठ)

नमाजलाई भग गर्ने कूराहरु

ती आठवटा छनः

1- जानी बुझी विचार गरी कूरो गर्नु, विर्सेर वा अज्ञानतावश कूरो गर्नाले नमाज भंग हुँदैन।

2- हाँस्नु

3- खानु

4- पिउनु

5- गुप्तांग खुल्ला हुनु

6- किब्ला मूखबाट अत्याधिक हट्नु

7- नमाजमा लगातार अनावश्यक व्यवहार गर्नु

8- शुद्धता र पवित्रता समाप्त हुनु।

(बाह्रौ पाठ)

वजूका शर्त अर्थात प्रतिबन्धहरुः

यी दसवटा छन्।

1- मुस्लिम हुनु।

2- बुद्धि हुनु।

3- बुझने क्षमता हुनु।

4- ध्यान गर्नु।

5- वजू समाप्त हुञ्जेलसम्म ध्यानलाई बाँकी राखनु।

6- वजूलाई आवश्यक तुल्याउने कूराहरु नहुनु।

7- वजूभन्दा पहिले पानी वा माटो को डल्लोले शौच गर्नु।

8- पानी पवित्र हुनु र त्यसले वजू मान्य (उचित) हुनु।

9- त्यो वस्तुलाई छुट्टै पार्नु जसले पानी पहुंचने बाट रोक छ।

10- नमाजको बखत हुनु उसको लागि जसको वजू टिक्दैन।

(तेह्रौ पाठ)

वजूका अनिवार्य कूराहरुः

यी छौवटा छनः

1-अनूहार धुनु, कुल्ला गर्नु र नाकमा पानी हाल्नु त्यसैमा शामेल छ।

2-दुबै हातहरुलाई कुइनो सहित धुनु।

3-पूरै टाउको र कानलाई पानीले मसह (स्पर्श) गर्नु।

4-दुबै खुट्टाहरुलाई गोलीगाँट सहित धुनु।

5-क्रमले वजू गर्नु।

6-वजूका अंगहरुलाई एकपछि अर्कालाई लगातार धुनु।

v मुस्तहब (बेस) यो हो कि अनूहार, दुबै हात र दुबै खुट्टाहरुलाई तीन-तीन पटक घोइयोस्। यसै प्रकार तीन पटक कुल्ला गर्नु (मुखमा पानी हाली मुख राम्ररी सफा गर्नु।) र नाकमा तीन पटक पानी हाल्लनु पनि मुस्तहब हो यदयपि अनिवार्यचाहिं मात्र एक पटक धुनु हो। सही हदीस अनुसार टाउको को मसहलाई दोहर्याउनु मुस्तहब छैन।

(चौधौ पाठ)

वजूलाई भंग (समाप्त) पार्ने कूराहरुः

यी छौवटा छन्।

1-दिशा-पिशाबको मार्गबाट केहि निस्कनु।

2-शरीरबाट कुनैपनि अशुद्ध वस्तु निस्कनु।

3-निद्रा वा कुनै कारणले होश र चेतन समाप्त हुनु।

4-अगाडि वा पछाडिको गुप्तांगलाई बिना पर्दा छुनु।

5-ऊँटको मासू खानु।

6-विधर्म हुनु।

अल्लाह महानले हामी सबै मुसलमानलाई यसबाट जोगाउन्।

v महत्वपूर्ण द्रव्यष्टः मृतलाई स्नान गराउनाले सही कथनानुसार वजू भंग हुँदैन र अधिकांश विद्धनहरुको मत यही हो। तर स्नान गराउने मान्छेको हात मृतको गुप्तांगलाई पर्दाबीना स्पर्श गरेमा त्यसमाथि वजू आवश्यक हुनेछ। यस्तै पनि स्नान गराउने मान्छेको लागि आवश्यक छ कि त्यसले कुनै पर्दाबीना मृतको गुप्तांगलाई न छोओस्।

यसै प्रकार पत्नीलाई छुनाले वजू कदापि भंग हुँदैन चाहे छुने कार्य कामेच्छाले होस् वा कामेच्छाबीन होस्। यो कथन नै अधिक सही र मान्य हो, तर वीर्य-स्खलन न होस् किनकि नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो केहि पत्निहरुलाई चुम्बन गर्नु भो तथा वजू नदोहर्याइकन नमाज पढ्नु भो।

सूरःनिसा र मायदः का आयतहरुमा

(أولامستم النساء)

(वा तिमीले स्त्रीहरुलाई छोएका हौं) बाट तात्पर्य विद्धानहरुको शुद्ध कथनानुसार मिलन अर्थात सम्भोग हो, तथा यो कथन नै अब्दुल्लाह बिन अब्बास रज़ि, तथा अधि र पछिका धर्मवेत्ताहरुको एउटा जमाअतको कथन हो, सन्मति दिने अल्लाह हो।

(पन्ध्रौ पाठ)

सारा मुस्लिम समुदायले धार्मक चरित्रले सुसज्जित हुनु।

ती चरित्रहरु मध्ये केहि निम्नलिखित हुनः

सत्य, ईमानदारी, पवित्रता, लज्जा र शरम, वीरता, उदारता, वफादारी, अल्लाहद्धारा निषेधित

सबै वस्तुहरु देखि टाढा हुनु, छिमेकीहरुसित राम्रो व्यवहार, सकेसम्म आवश्यकता भएका मान्छेहरु प्रति मदत र ध्यान, तथा यसका अतिरिक्त ती सबै सुचरित्र र सुव्यवहारहरु जसको वर्ण पवित्र कुर्आन र शुद्ध हदीसहरुमा मारिएको छ तथा जसको लागि तलकीन (बल) दिइएको छ।

(सोह्रो पाठ)

इस्लामी शिष्टाचारहरुको निरन्तर ख्यालः

ती मध्ये निम्नलिखित हुनुः

सलाम गर्नुः हँसिलो-अनूहार भई व्यवहार गर्नु दायाँ हातले खानु-पिउनु, काम शुरु गर्दा, बिस्मिल्लाह- (म शुरु गर्छ अल्लाहको नामले) पढ्नु, काम समाप्त गरेपछि –अल्हम्दो लिल्लाह- भन्नु, छिंकने मान्छेको –अल्हम्दो लिल्लाह- को जवाफमा

यर्हमोकल्लाह- भन्नु, तथा मस्जिद र घरमा प्रवेश गर्दा र निस्कदा , यात्रा गर्दा, बाबू-आम, सम्बन्धी,

छर छिमेका र ठूलो-सानासित व्यवहार गर्दा, विहे र नवजातलाई बधाई दिंदा, दुःख परेको बेलामा शोक गर्दा तथा यसबाहेक लुगा र जुता लाउँदा र फुकाल्दा जस्ता सबै उपरोक्त स्थितिमा इस्लामी शिष्टाचारहरुको ख्याल राखनु पर्छ।

(सत्रहौं पाठ)

शिर्क (मिश्रण) र पापहरुबाट जोगिनु र जोगाउनुः

तिनीहरुमध्ये सातवटा सर्वनाश पार्ने पापहरु यी हुनः

1-अल्लाहसित साझा ठहर्याउनु।

2-जादू-टोना गर्नु वा गराउनु।

3-कसैको नाहक हत्या गर्नु।

4-ब्याज लिनु।

5-अनाथको सम्पति खानु।

6-युद्धबाट उम्कनु।

7-इमान्दार र पवित्र तथा सरल-सीधी आईमाईहरु माथि आक्षेप लगाउनु।

यसै प्रकार पापहरुमा यी पनि शामेल छन्। बाबू, आमाको अवज्ञा, सर-सम्बन्धीहरुबाट सम्बन्ध विच्छेद गर्नु, झूठो साक्षी दिनु, झूठो कसम लिनु, छर-छिमेकीलाई कष्ट पुर्याउनु, मान्छेहरुको ज्यान र सम्पत्ति तथा इज्जत र सम्मानमाथि अत्याचार गर्नु, लागु पदार्थ प्रयोग गर्नु, जूवा खेल्नु, तथा यसको अतिरिक्त निन्दा गर्नु, कूरो लगाउनु र अन्य यस्ता कूराहरु जसबाट अल्लाह महान र उसका संदेष्टा हजूर मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले मनाही गर्नु भएका छन्।

(अठाह्रौं पाठ)

मृतको क्रिया-कर्म र नमाज जनाजा अर्थात अन्येष्ठि प्रार्थना।

यसको विवरण यसप्रकार छः

पहिलो- मर्ने बेलामा गर्नु पर्नेः

रोगीमाथि मृत्युका लक्षणहरु स्पष्ट भएपछि त्यसलाई (لا إله إلا الله) (लाइलाह इल्लल्लाह) को तलकीन (जप) गराउनु पर्छ। नबी सल्लल्लाहु अलैहि वसल्लम को आदेश होः (लक्केनू मौताकुम लाइलाह इल्लल्लाह) अर्थात आफ्ना मर्नेहरुलाई (लाइलाह इल्लल्लाह) को सम्झना गराउनुस्। यसलाई एमाम मुस्लिमले आफ्नो सहीह नामक हदीस ग्रन्थमा उल्लेख गरेको छ। यस हदीसमा (मौत) बाट तात्पर्य ती मानिसहरु हुन। जसमाथि मृत्युका लक्षय्हरु प्रकट भएर जाउन।

दोश्रो-मरेपछि गर्नु पर्नेः

कसैको मृत्यूको विश्वास भएपछि उसका आँखाहरु बन्द गरिदिनु पर्छ जस्तोकि सुन्नतबाट सिद्ध छ।

तेश्रो-मृतलाई नुहाउनुः

मुसलमान मृतलई स्नान गराउनु आवश्यक हो तर युद्धमा शहीद भएकालाई नचाहिं स्नान गराइयोस् र नचाहिं उसको नमाज जनाजा पढियोस्, बरु उसलाई त्यसै लुगामा गाडिनेछ। किनकि नबी सल्लल्लाहु अलैहि व सल्लम ले ओहुदको युद्धमा शहीद भएकाहरुलाई नचाहिं स्नान गराउनु भो र नचाहिं तिनको नमाज पढ्नु भो।

चौथो-मृतलाई नुहाउने तरीकाः

मृतको गुप्तांगलाई छोपियोस् अनि त्यसलाई अलिकति उठाइयोस्। उसको भुँडीलाई विस्तारै थिंच्नु पर्छ, त्यसपछि नुहाउने लुगाको टुक्रा वा त्यस प्रकारको कुनै वस्तुलाई आफ्नो हातमा बेरेर त्यसले उसलाई सफा गरियोस्। फेरि नमाजको वजू जस्तै

उसलाई वजू गराइयोस् अनि उसको टाउको र दाह्रीलाई बयरको पात मिसिएको पानी वा त्यसै प्रकार को वस्तुले धुनु पर्छ। फेरि उसको दायाँ र देब्रे छुउलाई क्रमशः धुनु पर्छ। यसै प्रकारले दोश्रो र तेश्रो पटक नहाउनु पर्छ। प्रत्येक पटक आफ्नो हातलाई उसको भुँडीमाथि फेर्नु पर्छ। यदि कुनै वस्तु निस्क्यो भन्ने त्यसलाई धुनु पर्छ अनि त्यो ठाउँलाई रुवा वा कुनै वस्तुले बन्द गरीदिनु पर्छ। यदि निस्कने प्रक्रिया रुकी रहेको छैन भन्ने शुष्म (गरम) मोटो वा आधुनिक चिकित्सा उपकरण, जस्तै टेप इत्यादिले बन्द गर्नु पर्छ।

मृतलाई दोश्रो पटक वजू गराउनुस्, यदि तीन पटकमा सफा हुन सकेन भन्ने पाँच पटक वा सात पटक नुहाउनु पर्छ। फेरि उसलाई कुनै लुगाले सुकाउनु पर्छ तथा उसका छेउहरु र सज्दाका ठाउँहरुमाथि खुशबू (सुगन्ध) लगाउनु पर्छ। यदि पूरै शरीरमा सुगन्ध लगाइयो भन्ने बेस हुन्छ। उसको कफन

(मृतलाई लाउने लुगा) लाई सुगन्धले धुनी दीनु पर्छ। यदि जुँगा र नड, अधिक पलाएको छ भन्ने काटी दिनु पर्छ र यदि छाडियो भन्ने पनि कुनै आपत्ति छैन। कपाललाई काइँयोले कोर्नु पर्दैन, छेउ (कारवी) र नाभी तलको रौं काट्नु पर्दैन तथा नचाहिं खतना (लिंग-मुण्डन) गर्नु पर्छ किनकि यसबारेमा कुनै प्रमाण सिद्ध छैन। आइमाइको कपालको तीनवटा जुराहरु बनाई पछाडितिर गरीदिनु पर्छ।

पाचौं-मृतको कफनको लुगाः

मृतलाई तीनवटा सेतो लुगाहरुमा कफ्नाउनु (बेर्नु) उत्तम हुन्छँ जसमा कुर्ता र एमाम (पगडी) न होस् मृतलाई त्यसमा बेर्नु पर्छ जुन प्रकारले नबी सल्लल्लाहु अलैहि वसल्लम लाई गरियो। यदि कुर्ता, तहबन्द (लूँगी) र चादरमा कफ्नाइयो भन्ने पनि आपत्ति छैन। आइमाइलाई पाचँवटा लुगाहरुमा कफ्नाउनु पर्छ। कुर्ती, तहबन्द, दूईपट्टा र दूइवटा चादरहरुमा। नाबालिक बच्चा-लाई चाहिं एक देखि

तीनसम्म कफन (को लुगा) दिनु पर्छ तथा सानी बच्चीलाई एउटा कुर्ती र दुईटा चादरहरुमा कफनाउनु पर्छ।

यसरी भन्ने हो भन्ने कफनमध्ये सबैको लागि मात्र एउटा लुगा आवश्यक छ जसले मृतलाई राम्ररी छोपन सकोस्। यदि मृत एहराम (हज्ज-उमरा) को अवस्थामा छ भन्ने उसलाई बयरको पानीले नुहाउनु पर्छ तथा उसकै तहबन्द (लुँगी) र चादरमा कफनाउनु पर्छ यसबाहेक पनि कफन (लुगा) दिन सकिन्छ। उसको अनूहार र सिरलाई न छोपियोस् नचाहिं सुगन्ध लगाइयोस् किनकि प्रलयका दिन त्यो तलबीया (लब्बैक अल्लाहुम्म लब्बैक) भन्दै उठ्ने छ, जस्तोकि हजूर सल्लल्लाहु अलैहि वसल्लम को शुद्ध हदीसमा उल्लेख छ। यदि महीलाचाहिं यस अवस्थामा मरे की छ भन्ने उसलाई अन्य महीलाहरु सरह नै कफनाइनेछ, तर उसलाई पनि सुगन्ध लगाइने छैन।

साथै उसको अनूहारलाई नकाब (पर्दा) ले र उसको हातलाई पञ्जाले छोपिन छैन बरु अनूहार र दुबै

हातहरुलाई कफनले छोप्नु पर्छ, जस्तो कि महीलालाई कफनाउने बयानमा वर्णित भई सकेको छ।

छैठौं- मृतको क्रियाकर्मका हकदारहरुः

मृतलाई नुहाउने, उसमाथि नमाज जनाजा पढ्ने र उसलाई दफ्नाउने सबभन्दा बढ़ी हक र अधिकार त्यो व्यक्तिलाई छ जसको बारेमा मृतले वसीयत गरेको होस, फेरि बाबू, फेरि हजूरबा, फेरि चोराहरु तथा फेरि हजूरबा पट्टीका सम्बन्धीहरुमध्ये जुन अधिक नजिक होस्।

महीललाई नुहाउन सबभन्दा बढी हक त्यो महीलाको हो जसको बारेमा मृत महीला ले वसीयत गरेकी होस्, फेरि आमा, फेरि हजूरआमा तथा फेरि सम्बन्धी महीलाहरु मध्ये जुन अधिक नजीक परोस्।

पति-पत्नीमध्ये कसैले पनि एक-अर्कोलाई नुहाउन सक्छ किनकि आदरणीय अबू बक्र रजि, लाई उहाँकी आदरणीया पत्नीले नुहाउनु भएकी थिइन् तथा

आदरणीय अली रजि, ले आफ्नो पत्नी आदरणीया फातिमा रजि,लाई नूहाउनु भएका थिए।

सातौं- नमाज जनाजा पढ्ने विधिः

यो नमाज पढ्ने तरीका यो छ कि चारवटा तक्बीर (अल्लाहो अक्बर) हरु भनियोस्। पहिलो तक्बीरपछि सूरह फातिहा पढियोस्, यदि यसका साथै कुनै सानो सूरह व एउटा-दूइटा आयतहरु पढियोस् भन्ने बेस हुन्छ जस्तोकि आदरणीय इब्ने अब्बास रजि, द्धारा सही हदीसमा वर्णित छ। फेरि दोश्रो तक्बीर भनी नमाजमा तशह्हुदको अवस्थामा दरुद पढ़े झै नबी सल्लल्लाहु अलैहि वसल्लम माथि दरुद पढ्नु पर्छ। त्यसपछि तेश्रो तक्बीर भनेर यो दुआ पढ्नु पर्छः

((अल्हाहुम्मग फिर् लेहय्यना व मय्यतेना, व शाहेदेना व गाएबेना, व सगीरेना व कबीरेना, व जकरेना व उन्साना। अल्लाहुम्म मन् अहयय्तहु मिन्ना फअहयेही अलल् इस्लाम, व मन तवफ्फैतहु मिन्ना फतवफ्फहु अलल् ईमान। अल्लाहुम्मग् फिर् लहु वर्हम्हो, व आफेही व आफो अन्हो, व अक्रिम नोज़ोलहु, व वस्सेअ मद्खलहु, वगसिल्हो बिल्माए वस् सल्जे वल् बर्द, व नक्केही मिन्नल् खताया कमा योनक्कस् सौबुल् अब्यदो़ मेनद् दनस्, व अब्दिलहो दारन् सौबुल मिन दारेही, व अहलन खैरम् मिन् अहलेही। वद्खिल्हुल् जन्नत व अइज्हो मिन अजाबिल् कब्रे व अजाबिन्नार, वफ्सह लहु फी क़ब्रेही, व नव्विर लहु फीह। अल्लाहुम्म ला तहरिम्ना अज्रहु वला तोद़िल्लना बादहु।))

अर्थातः हे अल्लाह! हाम्रो जीवित र मृत, उपस्थित र अनुपस्थित, साना र ठूला, पुरुष र महिला सबैलाई क्षमा गरीदेऊ। हे अल्लाह! हामी मध्ये जसलाई तिमी जीवित राखौ भन्ने त्यसलाई

इस्लाममाथि जीवित राखौ तथा जसलाई मृत्यु देऊ भन्ने इमानमाथि देऊ। हे अल्लाह! यो मृतलाई क्षमा गरी देउ, यसमाथि कृपा गरौ, यसलाई शान्तिमा राखौ र यसलाई माफ गरी देउ, यसको ठेगानालाई

सम्मानित बनाऔ, यसको प्रवेश स्थानलाई फराकिलो बनाइ देउ, तथा यसलाई पानी, बर्फ र शीतले सफा गरी देउ र यसलाई पाप र त्रुटिहरुबाट यसरी सफा-सुग्धर गरी देउ जसरी सेतो लुगा फोहर मैलबाट सफा भएर जान्छ। यसलाई उसको घरभन्दा राम्रो घर प्रदान गरौ र उसको पत्नी-भन्दा राम्री पत्नी प्रदान गरौं, यसलाई स्वर्गमा प्रवेश गराऔं, तथा यसलाई चिहान र नरकको यातना बाट शरणमा राखौ, र यसको चिहानलाई फराकिलो पारी प्रकाशित गरौं। हे अल्लाह! यसको प्रतिफलबाट हामीलाई वञ्जित न गरौ तथा यसपछि हामीलाई पथ-भ्रान्त न बनाऔ।

यसपछि चौथौं तक्बीर भनेर दायाँपट्टी एउटा सलाम फेर्नु पर्छ।

मुस्तहब (राम्रो) यो हुन्छ कि प्रत्येक तक्बीर साथ रफ्अ यदैन गर्नु अर्थात हातहरुलाई उठाउनु पर्छ। यदि मृतचाहिं महीला छ भन्ने (( अल्लाहुम्माग् फिर्लहा)) भन्नु जनाजाहरु छन् भन्ने (( अल्लाहुम्मग

फिर्होमा)) र दुईभन्दा बढी भएमा (( अल्लाहुम्मग फिर्लहुम्म)) भन्नु पर्छ। यदि नानी (बच्चा) को जनाजा छ भन्ने क्षमाको दुआको सट्टामा यो भन्नु पर्छः

((अल्लाहुम्मज् अल्हो फरतौं व जुखरन् लेवालेदैहे व शफीअन् मुजाबन। अल्लाहुम्म सक्किल बेही मवाजीनहुमा, वअज़िम बेही उजूरहुमा, व अल्हिक्हो बे सालहिल मूमेनीन, वज् अल्हो फी केफालते इब्राहीम अलैहिस् सलातो वस्सलाम, व केही बे रहमतेक अजाबुल् जहीम्।))

अर्थातः हे अल्लाह! यसलाई उसको बाबूआमाको लागि अगुवा र परलोकको भण्डार बनाउ तथा यस्तो सिफारिश (प्रस्तावन) गर्ने बनाइ देउ जसको सिफारिश स्वीकार गरियोस्। हे अल्लाह! यसको माध्यमले तिनी दूबैका सत्कर्म- तुलालाई गह्रौं गरी देउ, तथा यसको माध्यमले तिनी दूबैलाई ठूलो प्रत्यपकार प्रदान गरौ तथा यसलाई सत्कर्मी ईमान्दारहरुका साथ सम्मिलित

गरि देउ र यसलाई इब्राहीम अलैहिस्सलामको संरक्षणमा शामेल गरी देउ अनि यसलाई आफ्नो दया-कृपाले नरकको प्रकोपबाट बचाउ।

सुन्नत यो छ कि एमामले पुरुष मृतको टाउकोको सामुन्ने तथा महीलाको कम्मरको सामुन्ने उभ्नु पर्छ, तथा यदि एकै साथ धेरै जनाजाहरु जम्मा छन् भन्ने पुरुषलाई एमामको नजीक र महीलालाई किब्लाको नजीक राखनु पर्छ। यदि त्यसमा बच्चाहरु पनि छन् भन्ने बच्चालाई महीलालाई राखनु पर्छ। बच्चाको टाउको चाहिं पुरुषको टाउकोको बराबरीमा तथा महीलाको कम्मर पुरुषको टाउकोको बराबरीमा हुनु पर्छ। यसै प्रकारले बच्चीको टाउको महिलाको टाउकोको बराबरीमा हुनु पर्छ। नमाज जनाजा पढ्नु सबै मान्छेले एमामको पछाडि उभ्नु पर्छ, यदि कसैले

एमामको पछाडि ठाऊँ पाएन भन्ने एमामको दायाँपट्टी उभ्नु पर्छ।

आठौं-मृतलाई दफनाउने (गाड्ने) विधिः

बेस यो हुन्छ कि मान्छेको कम्मर बराबर चिहानलाई गहिरो खन्नु पर्छ तथा क़िबला तर्फ त्यसमा लेहद (गुफ्फा) बनाईयोस्। मृतलाई समाधि (कब्र) मा उसको दायाँ छेउमाथि राख्नु पर्छ र कफनका बन्धनहरु खोली दिनु पर्छ। त्यसलाई झिक्नु पर्दैन बरु त्यस्तै छाडी दिनु पर्छ। मृतको अनूहारलाई खुल्ला छाड्नु पर्दैन त्यो पुरुष सोस् वा महिला। फेरि कब्रलाई काँचो इँटाहरुले बन्द गरी दिनु पर्छ र त्यसमाथि गिलो माटो लगाइ दिनु पर्छ जसमा कि आफ्नो ठाउँमा जम्न जाओस् र माटोबाट बचत होस्। यदि त्यस्तो ईटांचाहिं उपलब्ध छैन भन्ने तख्ता वा ढुँगो वा लकडी प्रयोग गर्नु पर्छ ताकि मोटो खस्नबाट सुरक्षित रहोस्। यसपछि कब्रमाथि माटो हाल्नु पर्छ,

यस बखतमा यो भन्न राम्रो हुन्छः (बिस्मिल्लाहे व अला मिल्लते रसूलिल्लाह) कब्रलाई एक बित्ता जति बराबर उँचो गर्नु पर्छ। यदि साना-साना ढुँगाका

टुक्राहरु उपलब्ध छन् भन्ने त्यसमाथि हालेर पानीको छिडकाव गरीदिनु पर्छ। दफन गर्ने मान्छेहरुले कब्रको

नजीक उभेर मृतको लागि प्रार्थना गर्नु पर्छ, किनकि नबी सल्लल्लाहु अलैहि वसल्लम मृतलाई दफनाएपछि त्यसको नजीक उभेर भन्ने गर्थेः

((इस्तगफेरु लेअखीकुम वस्अलू लहुत्तस्बीत, फइन्नहुल् आन युस्अलो))

अर्थातः आफ्नो भाईको लागि क्षमाको प्रार्थना गर्नुस्, र उसको लागि स्थितरताको कामना गर्नुस्, किनकि अहिले उससित प्रशन हुनेछ।

नवौ-नमाज जनाजा पाउन नसकेको मान्छेले गर्नु पर्नेः

जसले नमाज जनाजा पढ्नु सकेन भन्ने त्यसको लागि उचित र मान्य हो कि दफन-क्रियापछि नमाज

पढोस्, किनकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ले यस्तो गरेको छन्। तर यसो गर्नु एक महीना भित्रमा हुनु पर्छ। एक महीनाको अवधि नाधी

सकेको छ भन्ने नमाज जनाजा कब्रमाथि पढ्नु उचित र मान्य छैन्, किनकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बाट यो सिद्ध छैन कि हजूरले मृतको दफन-क्रियाकर्मको एक महीनापछि कुनै कब्रमाथि नमाज पढ्नु भो।

दसौं-मृतको परिवारको लागि खानाको बन्दोबस्त मिलाउनुः

मृतको परिवारको मान्छेहरुको लागि खानाको प्रबन्ध गर्नु उचित छैन। सुप्रख्यात सहाबी (दूत-सहचर) जरीर बिन अब्दुल्लाह अल बजलीद्धारा बयान गरियको छः

((कुन्ना नउददुल इज्तेमाअ एला अहलिल् मय्यते व सुन्अतुत् तआमे बादद् दफने मेनन् नेयाहः))

अर्थातः मृतलाई दफन गरेपछि मृतको परिवार कहाँ जम्मा हुनु र खाना तयार गर्नुलाई हामी शोक

मनाउनुमा गणना गर्थे। यसलाई एमाम अहमदले राम्रो प्रमाणका साथ उल्लेख गरेको छ।

स्वयं आफ्नो वा अतीथि पाहुनाहरुको लागि खाना तयार गर्नमा कुनै आपत्ति छैन। सम्बन्धी र छिमेकीहरुले मृतको परिवारको लागि खाना तयार गर्नु पर्छ, किनकि आदरणिय जाफर बिन अबू तालिबको सीरियामा भएको मृत्यूको समाचार सुन्दाखेरी हजूर सल्लल्लाहु अलैहि व सल्लम ले आफ्नो परिवारलाई उक्त जाफरको परिवारको लागि खानाको बन्दोवस्त मिलाउन आदेश गर्नु भो अनि भन्नु भोः

((इन्नहुम् मा यशगोलोहुम्))

अर्थातः उनीहरुलाई पुगेको पीडाले उनीहरुलाई अवाक बनाई दिएको छ।

तर यसमा कुनै आपत्ति छैन कि मृतको परिवारले आफूकहाँ आएको खानामा आफ्ना छिमेकीहरुलाई

शामेल गरुन् तथा मेरे ज्ञानानूसार यसको लागि धर्म-शासत्रमा समयको निर्धारण छैन।

एघारौं-शोक मनाउनुः

कुनै आइमाले मृतमाथि तीन दिनभन्दा बढी शोक मनाउनु उचित र मान्य छैन। तर आफ्नो लोग्नेको मृत्यूमाथि चार महिना दस दिन शोक गर्नु आवश्यक हो यदि महीला गर्भवति छ भन्ने त्यसको म्याद बच्चा जन्मनुसम्म हुनेछ, जस्तोकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सही हदीसबाट प्रमाणित छ। तर पुरुषको लागि आफ्नो कुनै सम्बन्धी आदिको मरणमाथि शोक मनाउनु उचित र मान्य छैन।

बाह्रौ तथा अन्तिम-समाधीस्थलको दर्शनः

पुरुषहरुले समाधीगत भएकाहरुको लागि प्रार्थना (दुआ) गर्नु, तिनका लागि शान्तिकामना गर्न तथा

मृत्यू र त्यसपछिको अवस्थालाई स्मरण गर्न समय समयमा समाधीस्थल जानु पर्छ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लमको आदेश छः

((जूरुल् कोबूर, फइन्नहा तोजक्केरोकुमुल् आखिरह्))

अर्थातः समाधी (चिहान) को दर्शन गर्नुस किनकि त्यसले तिमीलाई परलोकको सम्झना गराउँछ।

यस हदीसलाई एमाम मुस्लिमले आफ्नो सहीह नामक ग्रन्थमा उल्लेख गरेको छ।

नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ले आफ्नो माननीय सहचरहरुलाई सिकाउने गर्थे कि तिमीले समाधीस्थल गएपछि यसो भन्नुस्।

((अस्सलामो अलैकुम अहदल देयारे मिनल् मूमेनीन वल् मुस्लेमीन्, व इन्ना इन् शाअल्लाहो बेकुम् लाहेकून। नस्अलुल्लाह लना व लकुमुल् आफियत व यर्हमुल्लाहुल् मुस्तकदेमिन् मिन्ना वल् मुस्ताखेरीन।))

अर्थातः हे यस स्थिलीका इमान्दार र मुसलमानहुर, तिमीहरुमाथि शान्ति होस्, तथा हामी पनि ईशवरेच्छाले तिमीहरुसित भेंटनेवाला छौं। अल्लाहसित आफ्नो र तिम्रो लागि सुखको कामना गर्छों, तथा अल्लाह महानले हामीमध्ये अधि गएका र पछि जाने सबैहरुमाथि दया र कृपा गरोस्।

आइमाइले समाधीस्थल मनाही छ, किनकि नबी करीम सल्लल्लहु अलैहि व सल्लम ले समाधि जाने महीलाहरुमाथि धिक्कार गरेको छ अनि यसकारण गर्दा पनि कि त्यहाँ गएमा भ्रष्टाचारको सम्भावना हुन्छ। साथै तिनीहरुमा धैर्य पनि थोरै हुन्छ। यसै प्रकार महीलाहरुलाई जनाजा (मलामी जाने) पछि समाधीस्थिलसम्म जानु पनि निषेध छ, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले महीलाहरुलाई पनि यसबाट मनाही गर्नु भएका छन्। तर मृतमाथि मस्जिद र ईदगाह (तिहारस्थान) मा नमाज जनाजा (अन्येष्ठि प्रार्थना) पढ्न पुरुष र महीला दुबैको उचित र मान्य छ।

وصلى الله على نبينا محممد وعلى آله وصحبه أجمعين

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ