इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन, र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् ।
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन नासिर अस्सअदी ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा इस्लाम धर्मका केही विशेषताहरूलार्इ वर्णन गर्नु भएको छ ।
यस पुस्तकलार्इ शैख सर्इद बिन अली अल् कहतानी ज्यूले संग्रह गर्नु भएको छ, याे स्तुति मन्त्रहरूको (अजकार) सर्वोत्तम पुस्तक हो जुन मुसलमानहरूको लागि अति लाभप्रद छ ।
यस पुस्तकमा र्इसार्इ धर्मको वास्तविक सत्यता र त्यसका प्रमुख धारणा र सिद्धान्त एवं गुटहरूको बारेमा चर्चा गरिएको छ, साथै जुन थपघट यस धर्ममा विगतका युगहरूमा गरिएको छ त्यसको वर्णनको साथै यस धर्म र बौद्ध एवं हिन्दूधर्म बीच अनुरूपता र समानताको वर्णन पनि सर्वमान्य सन्दर्भहरूको प्रकाशमा वर्णन गरिएको छ।
पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद कुरआनका श्लोकहरूको साथ, ताकि नयाँ मुसलमानहरू र अरबीबाट अनभिज्ञ मान्छेहरू पनि यसबाट लाभ प्राप्त गरून्, र यसको अर्थ उस्तै बुझुन जसरी हाम्रा सदाचारी पथप्रदर्शित पूर्वजहरूले बुझेका थिए ।
यस किताबमा मूल मन्त्रको अर्थ र त्यसका शर्तहरूलार्इ वर्णन गर्नुको साथै त्यसको विरोधी कुराहरूलार्इ पनि वर्णन गरिएको छ, र इस्लाममा प्रवेश गर्ने तरिकाको पनि चर्चा गरिएको छ, र साथै अहलुस्सुन्नः वलजमाअःको सिद्धान्तलार्इ पनि कुरआन र हदीसको प्रकाशमा समावेश गरिएको छ ।
यस किताबमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही अनभिज्ञ मुसलमानहरू मनाउँछन्, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
यस किताबमा इस्लाममा ज्ञान र शिक्षाको महत्व एवं लाभ र श्रेष्ठताहरूलार्इ वर्णन गर्ने प्रयास गरिएको छ साथै यसबारेमा मिथ्या र भ्रमित कुराहरूको वर्णन र त्यसको प्रतिउत्तर कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
यस पुस्तकमा शीआहरूको रहस्य र उनीहरूको अस्था र सिद्धान्तको बारेमा चर्चा गरिएको छ, र उनीहरूको आस्था कुरआन, हदीस, र फरिश्ताहरू, दूतहरूमाथि के कस्तो छ यसकुरालार्इ प्रमाणसहीत प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुराहरूलार्इ उनीहरूका प्रसिद्ध र मान्य पुस्तकहरूबाट सारिएको छ, अनि त्यसकुराको वास्तविकता कुरआन र हदीसको प्रकाशमा अनुसंधान गरिएको छ ।
यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।
यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।