वैज्ञानिक वर्गीकरण

धर्मदाय (दान) को हुकुम र त्यसका किसिम र त्यसको उपभोगको विधि

धर्मदायलार्इ अल्लाहले हामी माथि अनिवार्य गर्नुको पछाडि ठूलो तत्वदर्शिता नीहित छ, यसद्वारा समाजलार्इ जुन लाभ मिल्छ त्यसलार्इ हामी अाफ्नो अाँख चिम्ल्याउन सक्दैनाैं बरू यो नै त्यो माध्यम हो जसद्वारा हाम्रा समाजका समस्त समस्याहरूको समाधान हुन्सक्छ चाहे त्यो बलात्कार हाेस वा व्यभिचार, चोरी हाेस् वा हक हनन्, अत्याचार होस् वा दुराचार....... अर्थात सबै रोगहरूको एक उपचार समाजमा धर्मदायको प्रचार । किनकि सबै सामाजिक विगारको कारण धनवान र निर्धन बीचको खाल्टो नै हाे अर्थात गरीबी , गरीबीको कारण नै व्यभिचार र दुराचार एवं अत्याचारको सृजना हुन्छ, तर जब सबै धनवान भइहाल्छन् भने यस विगारको अन्त्य हुनेछ यसै कारण अल्लाहले यसलार्इ मानवमाथि अनिवार्य गरेको छ, र यसलार्इ नदिने मान्छेलार्इ कष्टदायक सजायको चेतावनी दिएको छ । यसै सम्बन्धमा यहाँ विस्तारले वर्णन गरिएको छ ।

घटकहरूको संख्या: 3

  • PDF

    इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

  • PDF

    यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।

  • PDF

    यस पुस्तकमा जकातको बारेमा विस्तृत जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यसको महत्व हाम्रो समाजमा कति छ। र यस सम्बंधित समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । र ती समस्त कुराहरूलार्इ वर्णन गरिएको छ जसको ज्ञान राख्नु प्रत्येक मुसलमानलार्इ अति अवश्यक छ ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ