معلومات المواد باللغة العربية

इस्लामको बारेमा जान्नु होस्

घटकहरूको संख्या: 34

  • नेपाली

    यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।

  • नेपाली

    यस पुस्तकमा स्वतन्त्रताको वास्तविक अर्थ वर्णन गर्ने प्रयास गिरएको छ, साथै स्वतंत्रताको अर्थ अन्य समुदायहरू निकट के हो यसलार्इ पनि प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुरोलार्इ प्रमाणिकरणको साथ विश्लेषण गरिएको छ । र वर्तमानकालमा स्वतंत्रताको जुन नयाँ परिभाषा केही गुटहरूद्वारा गरिएको छ त्यसको समाजमाथि घातक प्रभावको पनि चर्चा गरिएको छ ।

  • नेपाली

    यस लेखमा इस्लामका विशेषताहरूको बारेमा विस्तृत जानकारी कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ । र अरू धर्महरू अमान्य छन् यसको प्रमाण पनि विस्तारले वर्णन गरिएको छ ।

  • नेपाली

    यस बक्तब्यमा इस्लामका केही विशेषताहरू वर्णन गरिएको छ र इस्लाम नै शान्तिको धर्म हो प्रमाणित गरिएको छ ।

  • नेपाली

    आफ्ताब ज्यूले यस बक्तब्यमा इस्लाम नै सबै रसूलहरूको धर्म हो र यो नै सनातन धर्म हो प्रमाणितगर्नु भएकोछ ।

  • नेपाली

    यो पुस्तक इस्लामको सामान्य ज्ञानलार्इ विशेषगरी गैर मुस्लिमहरू समक्ष प्रष्ट पार्छ, साथै इस्लामका वैज्ञानिक तथ्यहरूलार्इ पनि सर्वसाधारण समक्ष राख्ने प्रयास गरेको छ ।

  • नेपाली

    संक्ष्पित विशेषताः यस संक्ष्पित शब्दहरु द्धारा इस्लाम र त्यसको रुक्न, स्तम्भ, विशेषता र चाहनाहरु बुझ्न सरल हुन्छ्। र यसबाट इस्लामलाई सम्झनको लागि र यसमा प्रवेश गर्नको लागि साँचो नै हो।

  • नेपाली

    यस पुस्तकमा शहादतैनको उल्लेख र इस्लामको अरकानहरु (स्तम्भहरु), र इस्लामको मूल द्धार, पवित्रता र अपवित्रा, हैज, निफास र इस्तिहाजा इत्यादीको उल्लेख छ। र यसबाट पवित्रता प्राप्त गर्ने तरीकाको पनि व्याख्या छ। सलाको समय र त्यसको शर्तहरुको उल्लेख पनि छ। सला कस्र र जमाको व्याख्या गर्दै युद्धस्थल र यात्रामा सला गर्नेको तरीका पनि बयान गरेको छ।

  • नेपाली

    यस पुस्तकमा यो हो कि मानिसहरु आफ्ना सफलता र मुक्तिहरु कसरी प्राप्त गर्छन्। र आफ्ना जन्मको उददेश्य कुन तरीकाले पूरा गर्छन। र यसमा यो पनि उल्लेख हो कि सत्य धर्म मात्र एउटा इस्लाम नै हो। र यो शान्ति र सुरक्षाको धर्म हो। यो कुनै नयाँ धर्म होइन। र हाम्रो दूत्त मुहम्मद सल्लाल्लाहु अलैहि वसल्लमको विशेष्ताहरु हिन्दू धर्मका ग्रन्थहरुमा उल्लेख छ।

  • नेपाली

    ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ। यसै कारण यो पुस्तक त्यस एउटा पत्रको सत्यतालाई व्याख्या गर्छ। -र अब यही हो- केही भाषाहरुको अनुवाद जसमा यसको प्रचार प्रसार मानीसहरुको बिचमा सम्भव र आसान हो।

  • नेपाली

    यस आडियोमा इस्लाममा र अन्य धर्म र सम्प्रदायहरूमा महिलाको दर्जा र स्थानको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।

  • नेपाली

    पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ ।

  • नेपाली

    विश्वका भाषाहरूमा पवित्र कुरअानका विश्वासनीय अनुवाद र व्याख्याहरूको उपलब्धितिर। https://quranenc.com/ne/browse/nepali_central

  • नेपाली

    इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन, र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् ।

  • नेपाली

    इस्लाम नै किन ?

  • नेपाली

    इस्लाम हाउस साइट विश्वका अधिकतम् भाषाहरूमा इस्लामीय प्रचार प्रसारको सबैभन्दा ठूलो साइट हो, यो साइट १०० भन्दा अधिक भाषामा इस्लामीय पुस्तक, वीडियो, अाडियो.... अादि प्रस्तुत गर्ने साैभाग्य प्राप्त गरेको छ https://islamhouse.com/ne/main

  • नेपाली

    यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु भयो । र यस किताबमा उहाँले इस्लामका ती प्रमुख गुणहरूलार्इ वर्णन गरेका छन् जसमा पूर्ण जग अधारित छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरेका छन् ।

  • नेपाली

    यो एउटा हिन्दुले सोधेको प्रश्नको उत्तर हो, जसमा मुरिशुशमा बस्ने एउटा हिन्दू मान्छेले यो प्रश्न गरेको थियो कि कुन धर्म चाहिँ श्रेष्ठ छ इस्लाम अथवा हिन्दूधर्म ? त शैख मुहम्मद बिन सालेह ज्यूले त्यसको उत्तर उनीहरूका धार्मिक ग्रन्थहरूका श्लोकहरूले प्रमाणीकरण गर्दै सर्वमान्य उत्तर दिएका छन् जसलार्इ यसमा विस्तारले वर्णन गरिएको छ ।

  • नेपाली

    यस पुस्तकमा र्इसार्इ धर्मको वास्तविक सत्यता र त्यसका प्रमुख धारणा र सिद्धान्त एवं गुटहरूको बारेमा चर्चा गरिएको छ, साथै जुन थपघट यस धर्ममा विगतका युगहरूमा गरिएको छ त्यसको वर्णनको साथै यस धर्म र बौद्ध एवं हिन्दूधर्म बीच अनुरूपता र समानताको वर्णन पनि सर्वमान्य सन्दर्भहरूको प्रकाशमा वर्णन गरिएको छ।

  • नेपाली

    यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूको बारेमा र उनी नै समस्त सन्देष्टाहरूको समापक हुन् यस कुरालार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ, र यो सबै कुरालार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएको धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।

पृष्ठ : 2 - देखि : 1