(1) १) शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
(2) २) समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
(3) ३) अत्यन्त दयालु अति कृपालु हो ।
(4) ४) प्रतिफल (कयामत)को दिनको स्वामी हो ।
(5) ५) हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
(6) हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।
(7) ७) उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।