86 - सूरतुत्तारिक ()

|

(1) १) कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।

(2) २) र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो ?

(3) ३) त्यो तारा हो, चम्किलो ।

(4) ४) कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।

(5) ५) मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।

(6) ६) त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।

(7) ७) जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।

(8) ८) निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।

(9) ९) जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।

(10) १०) त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।

(11) ११) आकाशको कसम जसले वृष्टि गर्दछ ।

(12) १२) र धरतीको कसम जुन च्यातिनेवाला छ ।

(13) १३) कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।

(14) १४) त्यो कुनै ठट्टा होइन ।

(15) १५) उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।

(16) १६) र मैले पनि एउटा चाल चलिराखेको छु ।

(17) १७) अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।