(1) १) (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
(2) २) खडखडाउने के हो ?
(3) ३) र तिमीलाई के थाहा कि त्यो खडखडाइदिने के हो ?
(4) ४) जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
(5) ५) र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
(6) ६) फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ,
(7) ७) ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
(8) ८) र जसको वजन हलका हुनेछन्,
(9) ९) उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
(10) १०) र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो ?
(11) ११) (त्यो) प्रज्वलित आगो हो ।