44 - सूरतुद्दुखान ()

|

(1) १) हा. मीम,

(2) २) र स्पष्ट किताबको कसम !

(3) ३) निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।

(4) ४) त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।

(5) ५) हामीकहाँबाट आदेश भएर, निःसन्देह हामीले नै पैगम्बरलाई पठाउँछौं ।

(6) ६) तिम्रो पालनकर्ताको दयालुता हो । निःसन्देह त्यो सबै कुरा सुन्नेवाला जान्नेवाला छ ।

(7) ७) आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।

(8) ८) उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।

(9) ९) तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।

(10) १०) तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।

(11) ११) जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।

(12) १२) भन्नेछन् हे पालनकर्ता ! हामीबाट यस यातनालाई टाढा राख, हामीले विश्वास गर्दछौं ।

(13) १३) अब उनीहरूलाई उपदेश केही लाभदायक हुनेछैन जबकि उनीहरूको पासमा पैगम्बर आइसकेका थिए जसले स्पष्टरूपले कुरा वर्णन गर्दथे ।

(14) १४) अनि उनीहरूले उनीबाट विमुख भइहाले र भन्नथाले कि सिकाइएको दिवाना हो ।

(15) १५) हामीले यातना थोडै हटाइदिन्छौ त तिमी पुनः कुफ्र गर्नथाल्छौ ।

(16) १६) जुनदिन हामीले ठूलो गम्भीर पकडमा लिनेछौं, त निःसन्देह प्रतिशोध लिएर नै छाड्नेछौं ।

(17) १७) र उनीहरूभन्दा पहिला फिरऔनको कौमको पनि परीक्षा लियौं र उनको पासमा एउटा अत्यन्त सज्जन रसूल आए ।

(18) १८) यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।

(19) १९) र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।

(20) २०) र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।

(21) २१) र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।

(22) २२) तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।

(23) २३) (आदेश भयो कि) मेरा बन्दाहरूलाई (भक्तहरूलाई) रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।

(24) २४) र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।

(25) २५) उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।

(26) २६) र खेतीहरू र राम्रा घरहरू,

(27) २७) र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।

(28) २८) यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।

(29) २९) अनि न त आकाश र धरतीले उनीहरूको निम्ति विलाप गरे र न त उनीहरूलाई छुटकारा नै प्राप्त भयो ।

(30) ३०) र हामीले इस्राईलको सन्तानलाई अपमानजनक यातनाबाट छुटकारा दिलायौं ।

(31) ३१) जो फिरऔनबाट थियो । निःसन्देह त्यो अटेरी (र) सीमाभन्दा अगाडि गइसकेको थियो ।

(32) ३२) र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।

(33) ३३) र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।

(34) ३४) यिनीहरूले यो नै भन्छन्,

(35) ३५) कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।

(36) ३६) यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।

(37) ३७) के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।

(38) ३८) हामीले आकाशहरू र धरतीलाई र जे–जाति उनीहरूको बीचमा छ, तिनलाई खेलमा बनाएको होइनौं ।

(39) ३९) बरु हामीले उनीहरूलाई सत्यताको साथ सृष्टि गर्यौं किन्तु उनीहरूमा अधिकतरले जान्दैनन् ।

(40) ४०) निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।

(41) ४१) जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।

(42) ४२) किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।

(43) ४३) निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष,

(44) ४४) गुनेहगारहरूको (पापीहरूको) भोजन हुनेछ,

(45) ४५) पग्लेको तामा जस्तो छ, पेटहरूमा उम्लनेछ ।

(46) ४६) जस्तो कि पानी उम्लिन्छ ।

(47) ४७) यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।

(48) ४८) अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।

(49) ४९) स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।

(50) ५०) यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।

(51) ५१) निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।

(52) ५२) बगैचाहरू र श्रोतहरूमा,

(53) ५३) रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।

(54) ५४) यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।

(55) ५५) त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।

(56) ५६) त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो ।

(57) ५७) यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।

(58) ५८) हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।

(59) ५९) अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।