56 - सूरतुल् वाकियह ()

|

(1) १) जब कियामत घटित भइहाल्ने छ ।

(2) २) त्यसको घटित हुने कुरामा केही असत्य छैन ।

(3) ३) कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।

(4) ४) जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।

(5) ५) र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।

(6) ६) अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।

(7) ७) र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।

(8) ८) त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।

(9) ९) र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।

(10) १०) र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।

(11) ११) तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।

(12) १२) अनुकम्पाले भरिएको जन्नतमा छन् ।

(13) १३) धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।

(14) १४) र थोरै पछिकाहरूमध्येबाट ।

(15) १५) यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।

(16) १६) एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।

(17) १७) उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउँदैजाँदै गर्नेछन् ।

(18) १८) अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।

(19) १९) जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।

(20) २०) र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।

(21) २१) र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।

(22) २२) र ठूला–ठूला आँखा भएकी अप्सराहरू,

(23) २३) जो लुकेको मोती जस्ती हुनेछिन् ।

(24) २४) यो उनीहरूको कर्मको प्रतिफल हो ।

(25) २५) त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।

(26) २६) उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।

(27) २७) र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।

(28) २८) उनी काँडा नभएका बयरहरू,

(29) २९) र गुच्छेदार केराहरू,

(30) ३०) र परसम्म फैलिएका छाँयाहरू,

(31) ३१) र पानीका झरनाहरू,

(32) ३२) र प्रशस्त फलहरूमा (हुनेछन्),

(33) ३३) जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।

(34) ३४) र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।

(35) ३५) हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।

(36) ३६) अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।

(37) ३७) समान उमेरकी र मायालु ।

(38) ३८) दाहिने हातवालाहरूको निम्ति हुन् ।

(39) ३९) यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।

(40) ४०) र पछिल्लामध्येका पनि धेरै हुनेछन्,

(41) ४१) र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।

(42) ४२) गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।

(43) ४३) र कालो धुवाँको छाँयामा,

(44) ४४) जुन न चिसो छ न रुचाउने योग्य ।

(45) ४५) निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।

(46) ४६) र ठूला–ठूला पापहरू गर्दै बसेका थिए,

(47) ४७) र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं ?

(48) ४८) र के हाम्रा बाबु बाजे पनि ?

(49) ४९) तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका,

(50) ५०) सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।

(51) ५१) अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू,

(52) ५२) थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।

(53) ५३) र यसैले पेट भर्नेछौ !

(54) ५४) र यसमाथि उम्लिराखेको पानी पिउनेछौ !

(55) ५५) र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो !

(56) ५६) कियामतको दिन उनीहरूको सत्कार हो यो !

(57) ५७) हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ ?

(58) ५८) हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ !

(59) ५९) के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं !

(60) ६०) हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।

(61) ६१) कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।

(62) ६२) तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ ?

(63) ६३) अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ ?

(64) ६४) के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं ?

(65) ६५) यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।

(66) ६६) (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं,

(67) ६७) बरु हामी बिल्कुलै वञ्चित रहयौं ।

(68) ६८) अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।

(69) ६९) उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं ?

(70) ७०) यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ ?

(71) ७१) हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ,

(72) ७२) (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं ?

(73) ७३) हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।

(74) ७४) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।

(75) ७५) म खस्ने ताराहरूको कसम खान्छु ।

(76) ७६) र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो,

(77) ७७) निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो,

(78) ७८) जो एउटा सुरक्षित किताबमा अंकित छ ।

(79) ७९) त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।

(80) ८०) सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।

(81) ८१) के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ ?

(82) ८२) र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर ?

(83) ८३) अनि जब प्राण कण्ठमा आइपुग्दछ,

(84) ८४) र तिमीले त्यस समय आखाँले हेरिराखेका हुन्छौ,

(85) ८५) र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।

(86) ८६) अतः यदि तिमी कसैको अधीनमा छैनौ ।

(87) ८७) र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ ?

(88) ८८) अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।

(89) ८९) भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।

(90) ९०) र जो दाहिने हातावालामध्येको छ,

(91) ९१) तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।

(92) ९२) तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ,

(93) ९३) त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ,

(94) ९४) र (फेरि) नर्कमा जानु छ ।

(95) ९५) निःसन्देह यो (खबर) पूरै सत्य हो ।

(96) ९६) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।