(1) १) फज्र (उषाकाल) को कसम ।
(2) २) र दश रातहरूको कसम ।
(3) ३) र जोड र बिजोड (सम–विसम) को कसम ।
(4) ४) र रातको कसम, जब यो जान थाल्छ ।
(5) ५) के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन् ?
(6) ६) के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो ?
(7) ७) स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।
(8) ८) यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।
(9) ९) र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।
(10) १०) र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो ?
(11) ११) यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
(12) १२) र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।
(13) १३) अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
(14) १४) निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमा छ ।
(15) १५) तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।
(16) १६) र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।
(17) १७) यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।
(18) १८) र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।
(19) १९) र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
(20) २०) र धनसित अत्यन्त प्रेम गर्दछौ ।
(21) २१) तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
(22) २२) र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
(23) २३) र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
(24) २४) उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
(25) २५) अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
(26) २६) र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
(27) २७) र हे सन्तुष्ट आत्मा ।
(28) २८) आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
(29) २९) अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।
(30) ३०) र प्रवेश गर मेरो स्वर्गमा ।