(1) १) ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
(2) २) अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
(3) ३) अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
(4) ४) अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
(5) ५) अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
(6) ६) निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
(7) ७) र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
(8) ८) त्यो धनको मोहमा बडो दृढ छ ।
(9) ९) के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
(10) १०) र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
(11) ११) निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।