(1) १) म कियामतको दिनको कसम खान्छु,
(2) २) र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।
(3) ३) के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं ?
(4) ४) अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।
(5) ५) (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।
(6) ६) सोध्छ कि कियामतको दिन कहिले आउँछ ?
(7) ७) जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।
(8) ८) र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
(9) ९) र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
(10) १०) त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ ?
(11) ११) निःसन्देह कुनै शरणस्थल छैन ।
(12) १२) आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
(13) १३) मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
(14) १४) बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
(15) १५) यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
(16) १६) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
(17) १७) त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मामा छ ।
(18) १८) अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
(19) १९) अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।
(20) २०) होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
(21) २१) र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ,
(22) २२) त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्,
(23) २३) आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
(24) २४) र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
(25) २५) बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
(26) २६) होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
(27) २७) र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ ?
(28) २८) र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
(29) २९) र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
(30) ३०) आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
(31) ३१) तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
(32) ३२) बरु झूठो ठहरायो र विमुख भयो ।
(33) ३३) अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
(34) ३४) अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
(35) ३५) धिक्कार छ र खराबी छ तिमीमाथि ।
(36) ३६) के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ ?
(37) ३७) के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन ? जसलाई टपकाइएको थियो ?
(38) ३८) फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।
(39) ३९) अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।
(40) ४०) त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।