(1) १) रहमान (अल्लाह) ले,
(2) २) कुरआन सिकायो ।
(3) ३) उसैले मानिसहरूलाई सृष्टि गर्यो,
(4) ४) र उसलाई बोल्न सिकायो ।
(5) ५) सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्,
(6) ६) र तारा र वृक्ष दुबैले ढोगिराखेका छन् ।
(7) ७) र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
(8) ८) ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
(9) ९) न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
(10) १०) र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
(11) ११) त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
(12) १२) र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
(13) १३) तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ ?
(14) १४) उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
(15) १५) र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।
(16) १६) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।
(17) १७) ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।
(18) १८) अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ ?
(19) १९) उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
(20) २०) ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
(21) २१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(22) २२) ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
(23) २३) अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं ?
(24) २४) र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
(25) २५) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(26) २६) प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।
(27) २७) तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।
(28) २८) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(29) २९) आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।
(30) ३०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(31) ३१) हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।
(32) ३२) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(33) ३३) हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।
(34) ३४) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(35) ३५) तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।
(36) ३६) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(37) ३७) अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।
(38) ३८) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(39) ३९) अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।
(40) ४०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(41) ४१) गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।
(42) ४२) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(43) ४३) यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।
(44) ४४) उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।
(45) ४५) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।
(46) ४६) र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।
(47) ४७) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?
(48) ४८) ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
(49) ४९) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?
(50) ५०) यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
(51) ५१) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?
(52) ५२) ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।
(53) ५३) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(54) ५४) स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।
(55) ५५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
(56) ५६) त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।
(57) ५७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(58) ५८) ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।
(59) ५९) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(60) ६०) भलाईको बदला भलाई बाहेक अरु के हुनेछ ?
(61) ६१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
(62) ६२) र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।
(63) ६३) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?
(64) ६४) दुवै निकै गाढा हरिया छन् ।
(65) ६५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(66) ६६) ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।
(67) ६७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(68) ६८) यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
(69) ६९) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(70) ७०) यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
(71) ७१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(72) ७२) गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
(73) ७३) त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(74) ७४) जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
(75) ७५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(76) ७६) उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
(77) ७७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?
(78) ७८) ठूलै बरकतवाला (कल्याणकारी) नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।