102 - सूरतुत्तकासुर ()

|

(1) १) तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।

(2) २) यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।

(3) ३) होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।

(4) ४) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।

(5) ५) होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।

(6) ६) त तिमीले अवश्य नै नर्क देख्नेछौ ।

(7) ७) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।

(8) ८) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।