96 - सूरतुल् अलक ()

|

(1) १) आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।

(2) २) जसले मानिसलाई रगतको थोपाबाट बनायो ।

(3) ३) तिमी पढ्दैगर तिम्रो पालनकर्ता बडो दयावान छ ।

(4) ४) जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।

(5) ५) जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।

(6) ६) तर मानिस उल्लंघनकारी भइहाल्दछ ।

(7) ७) यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।

(8) ८) यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।

(9) ९) के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।

(10) १०) (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।

(11) ११) तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।

(12) १२) वा संयमित रहनुको आदेश दिन्छ भने ।

(13) १३) अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए,

(14) १४) त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेको छ ।

(15) १५) निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।

(16) १६) यस्तो टाउको जो झूठो अपराधी छ ।

(17) १७) यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।

(18) १८) हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।

(19) १९) खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।