(1) १) जब आकाश छिया–छिया परिहाल्नेछ ।
(2) २) र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
(3) ३) र जब धरतीलाई समतल पारिदिइनेछ ।
(4) ४) र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
(5) ५) र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
(6) ६) हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
(7) ७) अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
(8) ८) त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
(9) ९) र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
(10) १०) र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
(11) ११) त त्यसले मृत्युलाई पुकार्ने छ ।
(12) १२) र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
(13) १३) त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
(14) १४) र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
(15) १५) हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
(16) १६) मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
(17) १७) र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
(18) १८) र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
(19) १९) कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
(20) २०) त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
(21) २१) र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
(22) २२) बरु काफिरहरूले झुठ्लाउँछन् ।
(23) २३) यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
(24) २४) तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
(25) २५) हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।