79 - सूरतुन्नाजिअात ()

|

(1) १) डुबेर शक्तिले तान्नेहरूको कसम ।

(2) २) गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।

(3) ३) र तैर्ने फिर्नेवालाहरूको सौगन्ध ।

(4) ४) फेरि दगुरेर अगाडि हिड्नेवालाहरूको सौगन्ध ।

(5) ५) फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।

(6) ६) जुन दिन काम्नेवाली कम्ने छिन ।

(7) ७) त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।

(8) ८) धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।

(9) ९) जसको दृष्टि तल हुनेछन् ।

(10) १०) भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं ?

(11) ११) के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।

(12) १२) भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।

(13) १३) थाहा हुनुपर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।

(14) १४) कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।

(15) १५) के ‘‘मूसा (अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ ?

(16) १६) जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।

(17) १७) कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।

(18) १८) उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ ?

(19) १९) र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।

(20) २०) त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।

(21) २१) तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।

(22) २२) अनि दगुर्दै फर्किहाल्यो ।

(23) २३) फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।

(24) २४) अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।

(25) २५) तब (सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।

(26) २६) जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।

(27) २७) तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले (त) उसलाई बनायो ।

(28) २८) त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।

(29) २९) र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।

(30) ३०) र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।

(31) ३१) यसबाट पानी र चारा उमार्यो ।

(32) ३२) र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।

(33) ३३) यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन)

(34) ३४) अनि जब त्यो ठूलो विपदा (कियामत) आउनेछ ।

(35) ३५) जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।

(36) ३६) र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।

(37) ३७) त जसले अटेरी गर्यो ।

(38) ३८) र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।

(39) ३९) त उसको ठेगाना नर्क हुनेछ ।

(40) ४०) र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।

(41) ४१) त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।

(42) ४२) मानिसहरूले तिमीसित कियामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।

(43) ४३) त्यसको वर्णनसँग तपाईको के सम्बन्ध ?

(44) ४४) त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।

(45) ४५) जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।

(46) ४६) जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।