(1) १) जब आकाश क्षतविक्षत भइहाल्नेछ,
(2) २) र जब ताराहरू झरिहाल्नेछन् ।
(3) ३) र जब समुन्द्र बगेर जानेछन् ।
(4) ४) र जब चिहानहरू उत्खनित हुनेछन् ।
(5) ५) तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो ?
(6) ६) हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ ?
(7) ७) (त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
(8) ८) र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
(9) ९) केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
(10) १०) जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
(11) ११) प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
(12) १२) तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
(13) १३) निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
(14) १४) र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
(15) १५) (अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
(16) १६) र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
(17) १७) र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ?
(18) १८) म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।
(19) १९) जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।