43 - सूरतुज्जुखरूफ ()

|

(1) १) हा. मीम,

(2) २) र स्पष्ट किताबको कसम ।

(3) ३) हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।

(4) ४) र निश्चय नै यो लौहे महफूजमा अङ्कित छ, र हाम्रो पासमा धेरै उच्चकोटिको, तत्वदर्शीताले परिपूर्ण छ ।

(5) ५) के यस कारणले कि तिमी उल्लंघनकारी हौ, हामीले तिमीलाई उपदेश गर्न छाडिदिन्छौं ।

(6) ६) हामीले पहिलाका मानसिहरूमा पनि कैयन् पैगम्बरहरू पठाएका थियौं ।

(7) ७) जो रसूल उनीहरूको पासमा आए, उनीहरूले उसको उपहास नै गर्दथे ।

(8) ८) अन्ततः हामीले तिनीहरूलाई समातेर नष्ट गरिदियौं जुन उनीहरूभन्दा धेरै शक्तिशाली थिए र पहिलाका मानिसहरूको उदाहरण गुज्रिसकेको छ ।

(9) ९) यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य नै भन्नेछन्ः कि ‘‘तिनीहरूलाई अत्यन्त अधिपत्यशाली, सर्वज्ञाता (अल्लाह)ले सृष्टि गरेको छ ।’’

(10) १०) उही हो जसले तिम्रो निम्ति धरतीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू बनायो ताकि तिमीले बाटो पाउन सक ।

(11) ११) उसैले आकाशबाट एउटा अनुमान अनुसार पानी झार्यो, र हामीले उसद्वारा मृत शहरलाई जीवित पार्यौं । यसै प्रकार तिमीहरू पनि निकालिने छौ ।

(12) १२) जसले विभिन्न कुराहरूका जोडाहरू बनायो र तिम्रो निम्ति ती डुङ्गाहरू र जनावर बनायो जसमाथि तिमी सवारी गर्दछौ ।

(13) १३) ताकि तिमी उनीहरूको पिठ्युँमा दृढ भई बस्न सक, अनि यादगर आफ्नो पालनकर्ताको अनुकम्पालाई, जब तिमी उनीहरूमाथि राम्रो सँग बसिहाल्छौ र सतुति गरः ‘‘महिमावान छ त्यो जसले यसलाई हाम्रो वशमा गरिदियो, अन्यथा हामीले त यसलाई नियन्त्रणमा गर्नसक्ने थिएनौं ।’’

(14) १४) र निश्चित छ हामी आफ्नो पालनकर्तातिर फर्केर जानेवाला छौं ।’’

(15) १५) र उनीहरूले उसका दासहरूमध्येबाट केहीलाई उसको अंश (सन्तान) निर्धारित गरे । निश्चय नै मनुष्य खुलारूपमा कृतध्न छ ।

(16) १६) के उसले आफ्नो सृष्टिमध्येबाट आफ्नो निम्ति छोरीहरू रोज्यो, र तिमीलाई छोराहरू प्रदान गर्यो ।

(17) १७) जब उनीहरूमध्ये कसैलाई त्यस कुराको सूचना दिइन्छ, जसको उदाहरण उसले अल्लाहको निम्ति वर्णन गरेको छ, तब उसको अनुहार कालो भइहाल्छ र शोकशोकालु भइहाल्छ ।

(18) १८) के (अल्लाहका सन्तान छोरीहरू छन्) जो आभूषणमा पालिन्छ र जसले वादविवाद र झगडामा आफ्नो कुरा स्पष्ट गर्न सक्दैन ?

(19) १९) र उनीहरूले फरिश्ताहरूलाई, जो कि अल्लाहका भक्त हुन्, स्त्री ठानिहाले । के उनीहरूको जन्मेको समयमा यिनी उपस्थित थिए ? उनीहरूको यो गवाही लेखिनेछ र यस कुराबारे उनीहरूसित सोधपूछ गरिनेछ ।

(20) २०) र भन्दछन्ः कि ‘‘यदि अल्लाहले चाहेको भए, हामीहरूले उनीहरूलाई पूज्दैनथ्यौं ।’’ उनीहरूलाई यसको केही ज्ञान छैन, उनीहरू त मात्र अटकलबाजी गरिराखेका छन् ।

(21) २१) ‘‘के हामीले उनीहरूलाई यसभन्दा अगाडि कुनै किताब दिएका थियौं, जसलाई यिनीहरूले दृढतापूर्वक समातेका छन् ।

(22) २२) होइन बरु यिनीहरू त भन्दछन् कि ‘‘हामीले आफ्ना बबुबाजेलाई एउटा धर्मको मार्गमा पाएका छौं । र हामी उनैका पदचिन्हमा हिंडिराखेका छौं ।’’

(23) २३) र यसै प्रकार हामी जुनसुकै बस्तीमा यसभन्दा पहिला कुनै सावधान गर्नेवाला पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले मात्र यहि भनेः कि ‘‘हामीले आफ्ना बाबुबाजेलाई एउटा धार्मिक मार्गमा पाएका छौं र हामीले उनैका पदचिन्हमा उनीहरूको अनुशरण गर्नेछौं ।’’

(24) २४) (पैगम्बरले) भने पनि कि ‘‘के यदि म त्यसभन्दा उत्तम (लक्ष्यसम्म पुग्ने) मार्गदर्शन लिएर आएको छु, जसमा तिमीले आफ्नो बाबुबाजेलाई पाएका छौं तैपनि ? उनीहरूले भन्न थालेः कि ‘‘जुन तिमीलाई दिएर पठाइएको छ हामीले त्यसको इन्कारी छौं ।’’

(25) २५) अनि हामीले उनीसित बदला लियौं । त हेरिहाल कि झूठा भन्नेहरूको परिणाम कस्तो भयो ?

(26) २६) जब इब्राहीम(अलैहिस्सलाम)ले आफ्नो पिता र आफ्नो जातिबन्धुसित भनेः कि ‘‘तिमीले जसलाई पूज्दछौ, उनीहरूसित मेरो कुनै सरोकार छैन ?

(27) २७) हो, जसले मलाई सृष्टि गरेको छ, त्यसले मलाई सोझो बाटो पनि देखाउनेछ ।’’

(28) २८) र (इब्राहीम) यही कुरा आफ्नो सन्ततिमा छोडेर गए, ताकि उनीहरू शिर्क नगरुन् ।

(29) २९) बरु मैले यिनीहरू र यिनीहरूको पूर्वजलाई साँसारिक जीवनको सुख प्रदान गरिराखें, यहाँसम्म कि उनीहरूको पासमा सत्य र स्पष्टरूपले व्याख्या गर्ने रसूल (सन्देष्टा) आइपुग्यो ।

(30) ३०) र जब उनीहरूको पासमा सत्य आयो त भन्नथालेः कि ‘‘यो त जादू हो । र हामीले यसलाई मान्दैनौं ।’’

(31) ३१) र भन्न थालेः कि ‘‘यो कुरआन यी दुवै बस्तीहरूमध्ये कुनै ठूलो मानिसमाथि किन अवतरित गरिएन ?’’

(32) ३२) के उनीहरूले तपाईको पालनकर्ताको दयालुतालाई विभाजित गर्दछन् ? सांसारिक जीवनमा उनीहरूको जीवनयापनको साधन हामीले नै उनीहरूको बीचमा बाँडेका छौं, र हामीले उनीहरूमध्ये केही मानिसहरूलाई केही अन्य मानिसहरूभन्दा श्रेणीहरूको दृष्टिले उच्च राखेका छौं, ताकि उनीहरूले एक–अर्काको मातहतमा रहुन् । र तपाईको पालनकर्ताको दयालुता त्यसभन्दा धेरै उत्तम छ जसलाई उनीहरूले समेटिराखेका छन् ।

(33) ३३) र यदि यस कुराको सम्भावना नभएको भए कि सबै मानिसहरू एउटै समुदाय भइहाल्नेछन्, त जुन मानिसहरूले अल्लाहको इन्कार गर्दछन् हामीले उनीहरूको घरका छतहरू चाँदीको बनाइदिन्थ्यौं र सीढ़ीहरूलाई पनि जसबाट उनीहरू चढ्छन् ।

(34) ३४) र उनीहरूको घरका ढोकाहरू र ती तख्ताहरू पनि जसमाथि उनीहरू ताकिया लगाएर बस्दछन् ।

(35) ३५) र सुनद्वारा पनि, यो सब मात्र सांसारिक जीवनको अस्थायी सुख सामग्री हुन् र परलोक त तपाईको पालनकर्ताकहाँ संयमीहरूको निम्ति हो ।

(36) ३६) र जुन मानिस अल्लाहको स्मरणबाट आँखा चिम्लन्छ, हामीले उसको निम्ति एउटा शैतान नियुक्त गरिदिन्छौं, अनि उही उसको साथी हुन्छ ।

(37) ३७) र यिनिहरूले उनलाई मार्गबाट रोक्छन् र उनीहरूले ठान्दछन् कि सही मार्गमा छन् ।

(38) ३८) यहाँसम्म कि जब ऊ हाम्रो पासमा आउनेछ तब भन्नेछ कि ‘‘काश ! तिम्रो र मेरोबीच पूर्व र पश्चिमको दूरी भएको भए ! तिमी धेरै नराम्रो साथी हौ ।’’

(39) ३९) र जब तिमी अत्याचारी ठह्रियौ त आज यस कुराले तिमीलाई कुनै लाभ पुर्याउन सक्नेछैन कि यातनामा तिमी एक–अर्काको साझेदार हौ ।

(40) ४०) के तिमीले बहिरालाई सुनाउन सक्दछौ वा अन्धालाई र जो स्पष्ट मार्गविचलनमा छ, उनलाई बाटो देखाउन सक्दछौ ?

(41) ४१) अनि यदि हामीले तिमीलाई यहाँबाट उठाई पनि हाल्यौं तैपनि हामीले उनीसित बदला लिएर नै छाड्नेछौं ।

(42) ४२) वा हामीले तिमीलाई त्यो चीज देखाउनेछौं । जसको हामीले उनीसित वाचा गरेका छौं । हामीलाई उनीहरूमाथि पूरा सामथ्र्य छ ।

(43) ४३) जुन वह्य तपाईतिर पठाइएको छ त्यसलाई बलियो गरी समातिराख्नुस् । निश्चय नै तपाई सोझो मार्गमा हुनुहुन्छ ।

(44) ४४) निश्चय नै त्यो आफैमा तपाईको निम्ति र तिम्रो कौमको लागि उपदेश हो । र शीघ्र नै तिमी सबैसित सोधिनेछ ।

(45) ४५) र (हे मुहम्मद !) जुन संदेष्टाहरू हामीले तपाईभन्दा पहिला पठाएका थियौं उनको बारेमा सोध्नुस् कि के हामीले अल्लाह बाहेक पनि कोही पूजनीय निर्धारित गरेका थियौं, जसको उपासना गरियोस् ?

(46) ४६) र हामीले ‘‘मूसा (अलैहिस्सलाम) लाई’’ आफ्ना निशानीहरू दिएर ‘‘फिरऔन’’ र उसका दरबारीयाहरूतिर पठायौं, ‘‘त (मूसा गएर) भने म समस्त दुनियाँको पालनकर्ताको रसूल हूँ ।’’

(47) ४७) जब उनी तिनीहरूको पासमा हाम्रा निशानीहरू लिएर आए त उनीहरू निशानीहरूको उपहास गर्न थाले ।

(48) ४८) र हामीले उनीहरूलाई जुन निशानी पनि देखाउन्थ्यौं, त्यो पहिलो निशानीभन्दा ठूलो हुन्थ्यो, र हामीले उनलाई यातनामा समातिहाल्यौं ताकि तिनीहरू (इन्कारबाट) फर्कुन् ।

(49) ४९) र उनीहरूले भन्न थाले कि ‘‘हे जादूगर ! त्यो वचन जुन उसले हाम्रो निम्ति तिमीसित गरेको छ, त्यसको लागि आफ्नो पालनकर्तासित प्रार्थना गर । विश्वास गर हामी सोझो मार्गमा लाग्नेछौं ।’’

(50) ५०) अनि जब हामीले उनीहरूबाट त्यो यातना हटाइदियौं त उनीहरूले त्यसै बखत आफ्नो प्रतिज्ञा तोडिदिए ।

(51) ५१) र फिरऔनले आफ्नो कौमको माझमा झ्याली पिटायो र भन्योः कि ‘‘हे मेरा कौमका मानिसहरू ! के मिश्रको राज्य मेरो होइन ? र यी नहरहरू जो मेरो महलहरूमुनि बगिराखेका छन् ? के तिमीले देख्दैनौ ?

(52) ५२) बरु म त्यो व्यक्ति जसको कुनै इज्जत छैन र स्पष्ट बोल्न पनि सक्दैन उसभन्दा राम्रो छु ।’’

(53) ५३) अच्छा उसमाथि सुनका कङ्गन किन आएनन् वा फरिश्ताहरू नै एकत्रित भएर उसको साथमा आउँथे ?

(54) ५४) उसले आफ्नो कौमका मानिसहरूलाई मूर्ख बनायो, र उनीहरूले उसकै कुरा मानिहाले । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू थिए ।

(55) ५५) फेरि जब उनीहरूले हामीलाई क्रोध दिलाए त हामीले उनीहरूसित बदला लियौं र हामीले ती सबैलाई डुबाइदियौं ।

(56) ५६) अतः हामीले उनीहरूलाई बितिसकेका गरिदियौं र पछि आउनेहरूको निम्ति शिक्षाप्रद उदाहरण बनाइदियौं ।

(57) ५७) र जब मरियमको छोराको उदाहरण दिइयो, त हेर, त्यसबाट तिम्रो कौमका मानिसहरू (खुशीबाट) चिच्याउन थाले ।

(58) ५८) र उनीहरूले भन्नथालेः कि हाम्रा उपास्यहरू राम्रा छन् वा उनी (मसीह) ? उनीहरूले यो कुरा तिमीसित झगडाको निम्ति भने, बरु उनीहरू त झगडा गर्ने खालकै मानिसहरू हुन् ।

(59) ५९) उनी (ईसा, मसीह) त यस्ता मानिस नै थिए, जसमाथि हामीले अनुकम्पा गर्यौं र उनलाई हामीले इस्राईलको सन्ततिको निम्ति एउटा आदर्श बनायौं ।

(60) ६०) यदि हामीले चाहेको भए तिमीहरूको सट्टा फरिश्ताहरू सृष्टि गरिदिन्थ्यौं, जो धरतीमा उत्तराधिकारी हुन्थे ।

(61) ६१) निःसन्देह उनी (ईसा मसीह) कियामतका निशानी हुन् । तसर्थ तिमीहरू कियामतमाथि शंका नगर र मेरो कुरा मान । यही सोझो बाटो हो ।

(62) ६२) र शैतानले तिमीलाई रोकी नदेओस् त्यो त तिम्रो खुल्लारूपमा शत्रु हो ।

(63) ६३) र जब ‘‘ईसा(अलैहिस्सलाम)ले’’ चमत्कारहरू लिएर आए तब उनले भनेः ‘‘म तिम्रो पासमा तत्वदर्शिता लिएर आएको छु र केही यस्ता कुराहरू तिमीहरूलाई स्पष्ट गरिदिऊँ जसमा तिमीले मतभेद गर्दछौ यसर्थ तिमी अल्लाहसंग डर र मेरो कुरा मान ।

(64) ६४) अतः अल्लाह नै मेरो र तिम्रो पालनकर्ता हो, तसर्थ तिमीसबै उसैको उपसना गर । यही सोझो बाटो हो ।’’

(65) ६५) फेरि इस्राईलका सन्ततिहरूमध्येका धेरै समूहरूले आपसमा विवाद गरे । तसर्थ बर्बादी छ, एउटा दुःखद दिनको यातनाबाट, ती मानिसहरूको निम्ति जसले अत्याचार गरे ।

(66) ६६) यिनीहरू मात्र यस कुराको प्रतीक्षामा छन् कि कियामत उनीहरूमाथि अचानक (एक्कासी) आइपरोस् र उनीहरूलाई थाहासम्म नहोस् ।

(67) ६७) त्यस दिन घनिष्ट मित्रहरू पनि एक अर्काको शत्रु बन्न पुग्नेछन्, मात्र संयमीहरू बाहेक ।

(68) ६८) ‘‘हे मेरा भक्तहरू ! आज न तिमीलाई कुनै भय वा हैरानी छ र न तिमी शोकाकुल हुनछौ ।’’

(69) ६९) जुन मानिसहरूले हाम्रा आयतहरूमाथि ईमान ल्याए र उनी (आज्ञाकारी) मुस्लिम थिए ।

(70) ७०) ‘‘तिमी र तिम्रा पत्नीहरू हर्षितरूपले स्वर्गमा प्रवेश गरिहाल ।’’

(71) ७१) उनीहरूको चारैतिर सुनका तश्तरीहरू र प्यालाहरू गुज्रनेछन् र त्यहाँ ती सबै कुरा हुनेछन् जो मन र आँखालाई रुच्छन् र आनन्दित गर्दछन् । ‘‘तिमी त्यसमा सदैव रहनेछौ ।’’

(72) ७२) र यो उही स्वर्ग हो, जसको तिमी उत्तराधिकारी बनाइएका छौ, तिम्रा कर्महरूको बदलामा ।

(73) ७३) यहाँ तिम्रो लागि धेरै प्रकारका स्वादिष्ट फलहरू छन् जुन तिमीले खाइरहने छौ ।’’

(74) ७४) निःसंदेह पापीहरू सधैं नर्कको यातनामा रहनेछन् ।

(75) ७५) त्यो यातना उनीहरूमाथि कहिल्यै पनि हल्का हुनेछैन्, र उनीहरू त्यसैमा निराश परिरहनेछन् ।

(76) ७६) र हामीले उनीमाथि अत्याचार गरेनौं, उनीहरू त स्वयं अत्याचारी थिए ।

(77) ७७) उनीहरूले चिच्याई–चिच्याई भन्नेछन्ः कि ‘‘हे मालिक ! तिम्रो पालनकर्ता हामीलाई मृत्यु देओस् ।’’ उसले भन्नेछ ‘‘तिमी सधैं यसैमा रहनेछौ ।’’

(78) ७८) हामीले त तिम्रो पासमा सत्य लिएर आयौं, किन्तु तिमीमध्ये धेरै मानिसहरूले सत्यसँग घृणा गर्दथे ?

(79) ७९) के उनीहरूले कुनै कुराको दृढ प्रतिज्ञा गरिसकेका छन् ? त हामीले पनि निश्चय गरिनेवाला छौं ।

(80) ८०) के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र उनीहरूका कानेखुसीलाई सुन्दैनौं ? निश्चितरूपले हो, यो सबै हामी सुन्दछौं र हामीले पठाएको फरिश्ताहरू उनीहरूको पासमा सबै कुराहरू लेख्दैछन् ।’’

(81) ८१) तपाई भनिदिनुस् कि ‘‘यदि अल्लाहको कोही सन्तान भएको भए त सबैभन्दा पहिले म पूज्दथें ।

(82) ८२) यिनीहरूले जे–जति वर्णन गर्दछन्, आकाशहरू र धरती र अर्शको स्वामी त्यसभन्दा धेरै उच्च र पवित्र छ ।’’

(83) ८३) अब तपाईले उनीहरूलाई यिनै बहस र छलफल र खेलहरूमा छोडिदिनुस् । यहाँसम्म कि जुन दिनको उनीसित वाचा गरिन्छ, त्यसलाई देखिहालुन् ।

(84) ८४) उही आकाशहरूमा पूज्य छ र धरतीमा पनि उही पूजनीय छ र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।

(85) ८५) ऊ ठूलो बरकतवाला (कल्याणकारी) हो, जसको अधिकारमा आकाशहरू र धरती र जे–जति ती दुवैको बीचमा छन् सबै छन् । र उसैको पासमा कियामतको समयको ज्ञान छ र उसैतिर तिमी फर्कने छौ ।

(86) ८६) अल्लाह बाहेक जसलाई उनीहरूले पुकार्दछन् उनीहरूलाई सिफारिशको कुनै पनि अधिकार छैन, मात्र उसैलाई यो अधिकार प्राप्त छ जो सत्यलाई स्वीकार गर्दछन्, र उनीहरूलाई ज्ञान पनि छ ।

(87) ८७) यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन् कि ‘‘अल्लाहले’’ । त यिनीहरू कहाँ (विमुख भई) भौतारिराखेका छन् ?

(88) ८८) र उस (पैगम्बर) को यो भनाई कि ‘‘हे पालनकर्ता ! यिनीहरू यस्ता मानिस हुन् जसले ईमान ल्याउँदैनन् ।’’

(89) ८९) त उनीहरूबाट तपाई विमुख भइहाल्नुस् र भन्नुस् ‘‘सलाम छ तिमीहरूलाई !’’ अन्ततः शीघ्र नै उनीहरूले थाहा पाइहाल्नेछन् ।