93 - सूरतुज्जुहा ()

|

(1) १) सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।

(2) २) र कसम छ, रात्री को जब छाउँछ ।

(3) ३) तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।

(4) ४) निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।

(5) ५) तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।

(6) ६) के उसले तिमीलाई अनाथ पाएर शरण दिएन ?

(7) ७) र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।

(8) ८) र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।

(9) ९) तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।

(10) १०) र माँग्नेवालालाई हप्काउने नगर्नु ।

(11) ११) र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।