(1) १) (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
(2) २) जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
(3) ३) र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
(4) ४) र जसले वनस्पति उमार्यो ।
(5) ५) अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
(6) ६) हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
(7) ७) तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
(8) ८) हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
(9) ९) अतः तपाईले उपदेश गर्दैगर्नुस्, यदि उपदेश लाभप्रद छ ।
(10) १०) त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
(11) ११) हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
(12) १२) जो ठूलो आगोमा पर्नेछ ।
(13) १३) अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
(14) १४) निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
(15) १५) र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
(16) १६) तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
(17) १७) जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
(18) १८) निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
(19) १९) अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।