26 - सूरतुश्शुअरा ()

|

(1) १) ता–सीन्–मीम् ।

(2) २) यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।

(3) ३) (हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।

(4) ४) यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।

(5) ५) र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।

(6) ६) अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।

(7) ७) के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।

(8) ८) निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।

(9) ९) र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।

(10) १०) र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।

(11) ११) ‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन् ?

(12) १२) मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।

(13) १३) र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।

(14) १४) र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।

(15) १५) अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।

(16) १६) (अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।

(17) १७) र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।

(18) १८) फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ ?

(19) १९) फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।

(20) २०) (मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।

(21) २१) अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहरूकमध्येको बनायो ।

(22) २२) के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।

(23) २३) फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो ?

(24) २४) उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने ?

(25) २५) फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।

(26) २६) मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।

(27) २७) फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।

(28) २८) मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।

(29) २९) फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।

(30) ३०) मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि ?

(31) ३१) फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।

(32) ३२) अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।

(33) ३३) र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।

(34) ३४) फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।

(35) ३५) यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ ?

(36) ३६) उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।

(37) ३७) ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।

(38) ३८) अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।

(39) ३९) र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।

(40) ४०) ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।

(41) ४१) जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ ?

(42) ४२) फिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।

(43) ४३) मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।

(44) ४४) तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।

(45) ४५) अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।

(46) ४६) यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।

(47) ४७) (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।

(48) ४८) अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।

(49) ४९) फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।

(50) ५०) उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।

(51) ५१) हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।

(52) ५२) र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।

(53) ५३) यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।

(54) ५४) किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’

(55) ५५) र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।

(56) ५६) र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।

(57) ५७) अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।

(58) ५८) र खजाना र राम्रा ठाउँहरूबाट पनि ।

(59) ५९) (उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।

(60) ६०) तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।

(61) ६१) जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।

(62) ६२) मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।

(63) ६३) त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।

(64) ६४) र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।

(65) ६५) र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।

(66) ६६) अनि अर्को समूहलाई डुबाइदियौं ।

(67) ६७) निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।

(68) ६८) र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।

(69) ६९) र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।

(70) ७०) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ ?

(71) ७१) उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।

(72) ७२) (इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन् ?

(73) ७३) वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन् ?

(74) ७४) उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।

(75) ७५) (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।

(76) ७६) तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।

(77) ७७) उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।

(78) ७८) जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।

(79) ७९) उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।

(80) ८०) र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।

(81) ८१) र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।

(82) ८२) र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।

(83) ८३) हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।

(84) ८४) र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।

(85) ८५) र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।

(86) ८६) र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।

(87) ८७) र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।

(88) ८८) जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।

(89) ८९) तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।

(90) ९०) र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।

(91) ९१) र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।

(92) ९२) र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन् ?

(93) ९३) अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन् ?

(94) ९४) अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।

(95) ९५) र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्)

(96) ९६) (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।

(97) ९७) किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’

(98) ९८) जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।

(99) ९९) र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।

(100) १००) अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।

(101) १०१) र न कोही घनिष्ट मित्र छ ।

(102) १०२) कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।

(103) १०३) यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।

(104) १०४) र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।

(105) १०५) नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।

(106) १०६) जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन ?

(107) १०७) सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।

(108) १०८) तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।

(109) १०९) म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।

(110) ११०) अनि अल्लाहको भयराख र मेरो आदेश पालनगर ।

(111) १११) उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।

(112) ११२) (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए ?

(113) ११३) उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।

(114) ११४) र म मोमिनहरूलाई धपाउनेवाला होइन ।

(115) ११५) म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।

(116) ११६) उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।

(117) ११७) (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।

(118) ११८) तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।

(119) ११९) अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।

(120) १२०) तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।

(121) १२१) निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।

(122) १२२) र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।

(123) १२३) आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।

(124) १२४) जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ ?

(125) १२५) म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।

(126) १२६) तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।

(127) १२७) र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।

(128) १२८) के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ ?

(129) १२९) र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीलाई सधैं यहीं बसिरहनुछ ।

(130) १३०) र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।

(131) १३१) त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।

(132) १३२) र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।

(133) १३३) उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।

(134) १३४) र बगैंचाहरूबाट र श्रोतहरूबाट ।

(135) १३५) मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।

(136) १३६) उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।

(137) १३७) यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।

(138) १३८) र हामीलाई कहिले पनि यातना दिइनेछैन ।

(139) १३९) उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

(140) १४०) निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।

(141) १४१) समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।

(142) १४२) (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ ?

(143) १४३) निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।

(144) १४४) अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।

(145) १४५) (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।

(146) १४६) के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ ?

(147) १४७) (अर्थात) बगैंचा र श्रोतहरूमा ।

(148) १४८) र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।

(149) १४९) र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।

(150) १५०) तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।

(151) १५१) र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।

(152) १५२) जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।

(153) १५३) उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।

(154) १५४) तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।

(155) १५५) (सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।

(156) १५६) खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।

(157) १५७) तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।

(158) १५८) तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

(159) १५९) र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।

(160) १६०) ‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।

(161) १६१) (जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ ?

(162) १६२) निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।

(163) १६३) तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।

(164) १६४) र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।

(165) १६५) के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ ?

(166) १६६) र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरो त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।

(167) १६७) उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।

(168) १६८) उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।

(169) १६९) हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।

(170) १७०) तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।

(171) १७१) तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।

(172) १७२) त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।

(173) १७३) र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।

(174) १७४) यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।

(175) १७५) र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान

(176) १७६) ‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।

(177) १७७) जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।

(178) १७८) निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।

(179) १७९) तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।

(180) १८०) र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।

(181) १८१) (हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।

(182) १८२) र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।

(183) १८३) र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।

(184) १८४) उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।

(185) १८५) उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।

(186) १८६) र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।

(187) १८७) यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।

(188) १८८) (शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।

(189) १८९) किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।

(190) १९०) निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।

(191) १९१) र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।

(192) १९२) र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।

(193) १९३) यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।

(194) १९४) तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।

(195) १९५) (र) स्पष्ट अरबी भाषामा छ ।

(196) १९६) र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।

(197) १९७) के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।

(198) १९८) र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।

(199) १९९) र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।

(200) २००) यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।

(201) २०१) र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।

(202) २०२) त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।

(203) २०३) त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं ?

(204) २०४) त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन् ?

(205) २०५) अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।

(206) २०६) तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।

(207) २०७) तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन ?

(208) २०८) र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।

(209) २०९) सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।

(210) २१०) यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।

(211) २११) उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।

(212) २१२) बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।

(213) २१३) तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।

(214) २१४) र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।

(215) २१५) ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।

(216) २१६) यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।

(217) २१७) आफ्नो सम्पूर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।

(218) २१८) जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।

(219) २१९) र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।

(220) २२०) ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।

(221) २२१) के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन् ?

(222) २२२) तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।

(223) २२३) जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।

(224) २२४) कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।

(225) २२५) के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।

(226) २२६) र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।

(227) २२७) ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।