99 - सूरतुज्जलजलः ()

|

(1) १) जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।

(2) २) र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।

(3) ३) मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ ?

(4) ४) त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।

(5) ५) यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।

(6) ६) त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।

(7) ७) अतः जसले अलिकति पनि नेकी (पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

(8) ८) र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।