(1) १) हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।
(2) २) अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।
(3) ३) र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।
(4) ४) फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने,
(5) ५) र वह्य ल्याउने फरिश्ताहरूको कसम ।
(6) ६) जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
(7) ७) जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
(8) ८) अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
(9) ९) र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
(10) १०) र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
(11) ११) र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
(12) १२) कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ ?
(13) १३) फैसलाको दिनको निम्ति ।
(14) १४) र तिमीलाई के थाहा कि फैसलाको दिन के हो ?
(15) १५) बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
(16) १६) के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं ?
(17) १७) अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
(18) १८) हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
(19) १९) त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
(20) २०) के हामीले तिमीलाई तुच्छ जल (वीर्य) बाट सृष्टि गरेनौं ?
(21) २१) अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
(22) २२) एउटा निश्चित समयसम्म ।
(23) २३) फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
(24) २४) विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
(25) २५) के हामीले धरतीलाई समेटनेवाला बनाएनौं ?
(26) २६) जीवितलाई र मृतहरूलाई पनि ।
(27) २७) र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं,
(28) २८) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।
(29) २९) जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड,
(30) ३०) त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्,
(31) ३१) जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
(32) ३२) निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन (ठूलो) किल्ला जस्ता हुन्छन् ।
(33) ३३) त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
(34) ३४) आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
(35) ३५) आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
(36) ३६) नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
(37) ३७) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।
(38) ३८) यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
(39) ३९) तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
(40) ४०) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
(41) ४१) निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
(42) ४२) र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
(43) ४३) (हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दैथियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
(44) ४४) हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
(45) ४५) यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।
(46) ४६) (हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।
(47) ४७) त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।
(48) ४८) जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।
(49) ४९) त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।
(50) ५०) अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्?