78 - सूरतुन्नबा ()

|

(1) १) (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन् ?

(2) २) (के) त्यस ठूलो समाचारको बारेमा ?

(3) ३) जसमा यिनीहरूले मतभेद गरिराखेका छन्,

(4) ४) हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

(5) ५) अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

(6) ६) के हामीले धरतीलाई ओछ्यान बनाएनौं ?

(7) ७) र पहाडहरूलाई मेख खम्बा ?

(8) ८) र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।

(9) ९) र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।

(10) १०) र रातलाई पर्दा बनायौं ।

(11) ११) र दिनलाई जीविकोपार्जनको समय बनायौं ।

(12) १२) र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं,

(13) १३) र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।

(14) १४) र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।

(15) १५) ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं,

(16) १६) र बाक्ला घना बगैंचाहरू,

(17) १७) निःसन्देह फैसलाको दिन निश्चित छ,

(18) १८) जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।

(19) १९) र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।

(20) २०) र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।

(21) २१) निःसंदेह जहन्नम घातमा छ ।

(22) २२) अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।

(23) २३) त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।

(24) २४) उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।

(25) २५) उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।

(26) २६) उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।

(27) २७) उनीहरूलाई त हिसाबको आशा नै थिएन ।

(28) २८) र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।

(29) २९) हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।

(30) ३०) तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।

(31) ३१) निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।

(32) ३२) बगैचाहरू छन्, र अँगूरहरू छन् ।

(33) ३३) नौयवना कुमारी युवतीहरू छिन् ।

(34) ३४) र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।

(35) ३५) उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्नेछन् ।

(36) ३६) तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ,

(37) ३७) उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।

(38) ३८) जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।

(39) ३९) त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।

(40) ४०) हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।