81 - सूरतुत्तक्वीर ()

|

(1) १) जब सूर्यलाई बेरिहालिनेछ,

(2) २) र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।

(3) ३) र जब पहाडहरू चलाइनेछन् ।

(4) ४) र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।

(5) ५) र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।

(6) ६) र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।

(7) ७) जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।

(8) ८) र जब जिउँदै गाडिएको केटीसँग सोधिनेछ, ।

(9) ९) कि कुन पापको कारण उसलाई मारिएको थियो ।

(10) १०) र जब कर्मपत्र खोलिनेछन् ।

(11) ११) र जब आकाशको छाला उघारिनेछ ।

(12) १२) र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।

(13) १३) र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।

(14) १४) तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।

(15) १५) म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।

(16) १६) र जो घुम्ने र हराइहाल्ने छन् ।

(17) १७) र रातको कसम, जब समाप्त हुनथाल्छ ।

(18) १८) र प्रातःको कसम जब उदय हुनथाल्छ ।

(19) १९) निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।

(20) २०) जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।

(21) २१) जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।

(22) २२) र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।

(23) २३) उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।

(24) २४) उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।

(25) २५) र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।

(26) २६) फेरि तिमी कता गइरहेका छौ ?

(27) २७) यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।

(28) २८) खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।

(29) २९) र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।