104 - सूरतुल् हुमुजः ()

|

(1) १) बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।

(2) २) जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।

(3) ३) उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।

(4) ४) कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।

(5) ५) र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो ?

(6) ६) त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।

(7) ७) जो छातीमाथि चढ्दै जानेछ ।

(8) ८) र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।

(9) ९) ठूलाठूला स्तम्भहरूमा ।