107 - सूरतुल् माऊन ()

|

(1) १) तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।

(2) २) उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।

(3) ३) र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।

(4) ४) अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।

(5) ५) जो आफ्नो नमाजप्रति असावधान छन् ।

(6) ६) जसले आडम्बरका काम गर्दछन् ।

(7) ७) र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।