109 - सूरतुल् काफिरून ()

|

(1) १) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू !

(2) २) जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।

(3) ३) र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।

(4) ४) र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।

(5) ५) र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।

(6) ६) तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।