37 - सूरतुस्साफ्फात ()

|

(1) १) कसम छ पंक्ति बाँध्नेवालाहरूको ।

(2) २) फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।

(3) ३) अनि कुरआन पढ्नेवालाहरूको ।

(4) ४) निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।

(5) ५) आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पूर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।

(6) ६) हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।

(7) ७) अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।

(8) ८) माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।

(9) ९) र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।

(10) १०) हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।

(11) ११) यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।

(12) १२) बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।

(13) १३) र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।

(14) १४) र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।

(15) १५) र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’

(16) १६) के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं ?

(17) १७) ‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’

(18) १८) तपाईं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’

(19) १९) त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।

(20) २०) र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’

(21) २१) यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।

(22) २२) अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।

(23) २३) उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।

(24) २४) र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।

(25) २५) ‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’

(26) २६) बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।

(27) २७) तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।

(28) २८) भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’

(29) २९) उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।

(30) ३०) र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।

(31) ३१) अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।

(32) ३२) अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’

(33) ३३) अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।

(34) ३४) हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।

(35) ३५) उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।

(36) ३६) र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’

(37) ३७) ‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।

(38) ३८) निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।

(39) ३९) तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’

(40) ४०) तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।

(41) ४१) उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।

(42) ४२) हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।

(43) ४३) अनुकम्पाले भरिएका जन्नतहरूमा,

(44) ४४) पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्,

(45) ४५) उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ,

(46) ४६) जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।

(47) ४७) न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्,

(48) ४८) र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।

(49) ४९) मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।

(50) ५०) अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।

(51) ५१) उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।

(52) ५२) जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ ?

(53) ५३) के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’

(54) ५४) (अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’

(55) ५५) (यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।

(56) ५६) भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।

(57) ५७) यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।

(58) ५८) के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं ?

(59) ५९) पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’

(60) ६०) अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।

(61) ६१) यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।

(62) ६२) के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष ?

(63) ६३) हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।

(64) ६४) निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।

(65) ६५) त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।

(66) ६६) नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।

(67) ६७) अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।

(68) ६८) अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।

(69) ६९) निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।

(70) ७०) र उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।

(71) ७१) उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।

(72) ७२) जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।

(73) ७३) तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो ?

(74) ७४) हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)

(75) ७५) र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।

(76) ७६) हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।

(77) ७७) र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।

(78) ७८) र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।

(79) ७९) सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।

(80) ८०) निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।

(81) ८१) उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

(82) ८२) अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।

(83) ८३) र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।

(84) ८४) जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।

(85) ८५) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’

(86) ८६) के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ ?

(87) ८७) यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ ?

(88) ८८) अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।

(89) ८९) र भनेः म त बिरामी छु ।’’

(90) ९०) यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।

(91) ९१) अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ ?

(92) ९२) तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’

(93) ९३) अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।

(94) ९४) तब उनीहरू उनको पासमा दगुर्दै आए ।

(95) ९५) उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।

(96) ९६) जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’

(97) ९७) उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।

(98) ९८) उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।

(99) ९९) र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।

(100) १००) हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’

(101) १०१) तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।

(102) १०२) अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपाईंले मलाई धैर्यवान् पाउनुहुनेछ ।

(103) १०३) अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।

(104) १०४) तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम !

(105) १०५) निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’

(106) १०६) वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।

(107) १०७) र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।

(108) १०८) र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं ?

(109) १०९) ‘‘इब्राहीममाथि सलाम होस् ।’’

(110) ११०) असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।

(111) १११) निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

(112) ११२) र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।

(113) ११३) र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।

(114) ११४) निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।

(115) ११५) र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।

(116) ११६) र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।

(117) ११७) र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।

(118) ११८) र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।

(119) ११९) र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।

(120) १२०) ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।

(121) १२१) निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।

(122) १२२) निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

(123) १२३) र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।

(124) १२४) जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ ?

(125) १२५) के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ ?

(126) १२६) अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।

(127) १२७) तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।

(128) १२८) हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।

(129) १२९) हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।

(130) १३०) कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।

(131) १३१) हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।

(132) १३२) निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।

(133) १३३) र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।

(134) १३४) हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।

(135) १३५) तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।

(136) १३६) अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।

(137) १३७) र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।

(138) १३८) र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ ?

(139) १३९) र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।

(140) १४०) जब भागेर भरिएको डुङ्गामा आइपुगे ।

(141) १४१) अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।

(142) १४२) अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।

(143) १४३) अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।

(144) १४४) त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।

(145) १४५) अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।

(146) १४६) र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।

(147) १४७) र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।

(148) १४८) अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।

(149) १४९) उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन् ?

(150) १५०) वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’

(151) १५१) सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।

(152) १५२) कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।

(153) १५३) के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ ?

(154) १५४) तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ ?

(155) १५५) के तिमीले यति पनि बुझ्दैनौ ?

(156) १५६) वा तिम्रो पासमा उसको कुनै प्रमाण छ ?

(157) १५७) यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।

(158) १५८) र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।

(159) १५९) उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।

(160) १६०) तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन)

(161) १६१) विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।

(162) १६२) (अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।

(163) १६३) तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।

(164) १६४) र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।

(165) १६५) र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।

(166) १६६) र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।

(167) १६७) काफिरहरूले भन्ने गर्दथे,

(168) १६८) कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।

(169) १६९) त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’

(170) १७०) तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।

(171) १७१) र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।

(172) १७२) कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।

(173) १७३) र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्,

(174) १७४) अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु,

(175) १७५) र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।

(176) १७६) के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।

(177) १७७) तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।

(178) १७८) एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।

(179) १७९) र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।

(180) १८०) पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।

(181) १८१) पैगम्बरहरू माथि सलाम छ ।

(182) १८२) र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।