54 - सूरतुल् कमर ()

|

(1) १) कियामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।

(2) २) र यदि काफिरहरूले कुनै चमत्कार देख्दछन् भने मुख फर्काइहाल्छन् र भन्छन् कि यो पहिलादेखि चलिआइरहेको एउटा जादू हो ।

(3) ३) उनीहरूले असत्य ठहराए, र आफ्ना इच्छाहरू अनुसार गरे । र प्रत्येक कामको समय निर्धारित छ ।

(4) ४) र निश्चितरूपले उनीहरूछेउ (अतीतका) यस्ता सूचनाहरू पुगिसकेका छन्, जसमा हप्कीदप्की र नसीहतको कुरा छ ।

(5) ५) अतः पूर्ण बुद्धिमत्ताको कुरा पनि छ, किन्तु चेतावनीहरू उनीहरूको कुनै काम आइरहेको छैन ।

(6) ६) अतः हे नबी तपाई उनीहरूबाट विमुख भइहाल्नुस्, जुन दिन पुकार्नेवाला एक अत्यन्त अप्रिय कुरातिर बोलाउने छ ।

(7) ७) तब उनीहरू झुकेका आफ्ना आँखाहरूका साथ, चिहानबाट यसरी निस्किरहेका हुन्छन्, जस्तोकि उनीहरू छरिएका सलहहरू हुन् ।

(8) ८) त्यस बोलाउनेवालातिर दगुर्दै गइराखेका हुनेछन् । इन्कार गर्नेहरू भन्ने छन् कि यो दिन बडो कठिन छ ।

(9) ९) यिनीहरूभन्दा पहिला ‘’नूहको’’ जातिबन्धुले पनि हाम्रो भक्तलाई असत्य ठहराएका थिए । र बौलाहा भनेर हप्काएका थिए ।

(10) १०) तब उनले आफ्नो पालनकर्तासँग प्रार्थना गरे कि म विवश छु, तसर्थ मेरो मद्दत गर ।

(11) ११) तब हामीले मुसलधारे पानीको वर्षाबाट आकाशको मुहान खोलिदियौं ।

(12) १२) र धरतीमा पानीका मूलहरू प्रवाहित गरिदियौं र सारा पानी त्यस कामको निम्ति एकत्रित भइहाल्यो जुन निर्धारित भैसकेको थियो ।

(13) १३) र हामीले ‘‘नूहलाई’’ एउटा डुङ्गामा जो तख्ता र किल्लाहरूबाट तयार गरिएको थियो, सवार गराइहाल्यौं ।

(14) १४) त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।

(15) १५) र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् ।

(16) १६) भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो ?

(17) १७) र हामीले कुरआनलाई बुझ्नको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश हासिल गरोस् ?

(18) १८) ‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो ?

(19) १९) हामीले उनीहरूतिर एउटा अशुभ दिनमा निरन्तर तेज बग्ने प्रचण्ड आँधी (हूरी) चलायौं ।

(20) २०) त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो ।

(21) २१) त मेरो यातना र तर्साइ कस्तो रह्यो ?

(22) २२) निश्चितरूपले हामीले कुरआनलाई उपदेशको लागि सजिलो पारिदिएका छौँ, त कोही छ जसले उपदेश लिइहालोस् ?

(23) २३) ‘‘समूदको समुदायले’’ पनि चेतावनी दिनेवालाहरूलाई असत्य ठहराए ।

(24) २४) र भने कि के हामीले हामीहरूमध्येकै एउटा मान्छेको अनुशरण गरौँ ? त्यस्तो भएत हामी निश्चितरूपले मार्गविचलन र बौलाहापनमा परिहाल्ने छौं ।

(25) २५) के हामी सबैमध्ये उसैमाथि वह्य (अल्लाहको वाणी) अवतरित भएको हो ? होइन बरु त्यो अत्यन्त झूठा, आत्मप्रशंसक हो ।

(26) २६) उनी सबैलाई अब चाडै थाहा भैहाल्नेछ कि को झूठा र आत्मप्रशंसक थियो ।

(27) २७) निःसन्देह हामीले उनको परीक्षाको निम्ति उँटनी पठाउने छौं, तसर्थ (हे सालेह) तिमी उनको प्रतीक्षा र धैर्य गर ।

(28) २८) हो उनीहरूलाई सूचित गरिदेऊ कि पानी उनीहरूबीच बाँडी सकिएको छ । प्रत्येक व्यक्ति आफ्नो पालोमा आउनु पर्नेछ ।

(29) २९) उनीहरूले आफ्नो साथीलाई डाँके, जसले (उँटनीमाथि) प्रहार गर्यो र उसको घुँडाको पछाडिको नसा काटिदियो ।

(30) ३०) तसर्थ मेरो यातना र तर्साइ कस्तो रह्यो?

(31) ३१) हामी उनीहरूमाथि एउटा चित्कार (विष्फोट) पठायौँ, अनि उनीहरू यस्तो भैहाले जस्तो खेतीको आली बनाउँदा मडारिएको घाँसहरू ।

(32) ३२) र हामीले कुरआनलाई उपदेशको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश लिइहालोस् ?

(33) ३३) ‘‘लूतको’’ कौम (जातिबन्धु) ले पनि डराउनेहरूलाई झूठा भने ।

(34) ३४) तब हामीले उनीहरूमाथि गिट्टीले भरिएको हावा चलायौं, तर ‘‘लूतका’’ परिवार बाहेक तिनीहरूलाई हामीले प्रातःकाल नै बचाइहाल्यौं ।

(35) ३५) हामी यस्तै प्रकारले त्यस व्यक्तिलाई आफ्नो अनुकम्पाबाट प्रतिफल दिन्छौं जसले कृतज्ञता देखाउँछ ।

(36) ३६) र (लूतले) उनीहरूलाई हाम्रो पकडबाट डराएका पनि थिए तर तिनीहरूले त्यसमा शंका गर्दैरहे ।

(37) ३७) उनीहरूले लूत (अलैहिस्सलाम) लाई फकाएर उसको पासबाट उसको अतिथिहरूलाई बोलाउन चाहे, तब हामीले उनको आँखालाई अन्धा बनाइदियौं, तसर्थ (अब) मेरो यातना र मेरो डरको स्वाद चाख ।

(38) ३८) र सत्य कुरो छ उनीलाई बिहानै एउटा अटल निर्धारित यातनाले नष्ट गरिदियो ।

(39) ३९) त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।

(40) ४०) र हामीले कुरआनलाई उपदेशको निम्ति सरल बनाइदिएका छौं त कोही छ जसले शिक्षा प्राप्त गरोस् ।

(41) ४१) र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।

(42) ४२) उनीहरूले हाम्रा सबै निशानीहरूलाई असत्य ठहराए । अन्ततः हामीले उनीहरूलाई समातिहाल्यौं, जुन प्रकारले एउटा जबरजस्त अधिपत्यशालीले समात्छ ।

(43) ४३) (हे कुरैशीहरू) के तिम्रा काफिरहरू ती काफिरहरूभन्दा राम्रा छन् ? वा पहिलाका ग्रन्थहरूमा (तिम्रो निम्ति कुनै) छुट्कारा लेखिएको छ ?

(44) ४४) के यिनीहरू भन्छन्ः कि हाम्रो जत्था विजय हुनेवाला बडो बलियो छ ?

(45) ४५) शीघ्र नै यो जत्था पराजित हुनेछ र यिनीहरू पिठ्युँ फर्काई भागिहाल्नेछन् ।

(46) ४६) उनीहरूसंगको वचन अनुसार कियामतको समय (आउने) छ र कियामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।

(47) ४७) निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।

(48) ४८) जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।

(49) ४९) निश्चय नै हामीले हरेक कुरालाई निर्धारित नाप र अनुमानमा सृष्टि गरेका छौं ।

(50) ५०) र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।

(51) ५१) र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।

(52) ५२) र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।

(53) ५३) (अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।

(54) ५४) निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।

(55) ५५) (अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।