69 - सूरतुल् हाक्कः ()

|

(1) १) वास्तवमा भएर नै छाड्नेवाला,

(2) २) प्रमाणित हुनेवाला के हो ?

(3) ३) र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो ?

(4) ४) त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।

(5) ५) जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।

(6) ६) र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।

(7) ७) जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।

(8) ८) के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ ?

(9) ९) ‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।

(10) १०) र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।

(11) ११) जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।

(12) १२) ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।

(13) १३) तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ,

(14) १४) र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।

(15) १५) त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।

(16) १६) र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।

(17) १७) र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।

(18) १८) त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।

(19) १९) अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।

(20) २०) मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।

(21) २१) अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।

(22) २२) उच्चा, भव्य स्वर्गमा,

(23) २३) जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।

(24) २४) (उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।

(25) २५) तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।

(26) २६) र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।

(27) २७) ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।

(28) २८) (आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।

(29) २९) (आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।

(30) ३०) (आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।

(31) ३१) अनि यसलाई नर्कमा हालिदेऊ ।

(32) ३२) अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।

(33) ३३) निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो,

(34) ३४) र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो,

(35) ३५) अतः आज यसको यहाँ न कोही मित्र छ ।

(36) ३६) र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।

(37) ३७) जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।

(38) ३८) अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ,

(39) ३९) र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।

(40) ४०) कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।

(41) ४१) र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ,

(42) ४२) र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।

(43) ४३) (यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।

(44) ४४) र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए,

(45) ४५) त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।

(46) ४६) अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।

(47) ४७) अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।

(48) ४८) र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।

(49) ४९) र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।

(50) ५०) साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।

(51) ५१) यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।

(52) ५२) अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।