(1) १) एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।
(2) २) काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
(3) ३) अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
(4) ४) जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
(5) ५) अर्थात् तिमी राम्रो सँग धैर्य गर ।
(6) ६) निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब (यातना) टाढा छ ।
(7) ७) र हाम्रो दृष्टिमा नजीक छ ।
(8) ८) जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।
(9) ९) र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन् !
(10) १०) र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।
(11) ११) (जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।
(12) १२) र आफ्नो पत्नी र आफ्नो भाइ,
(13) १३) र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।
(14) १४) र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।
(15) १५) (तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो,
(16) १६) जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ,
(17) १७) उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए,
(18) १८) र धन एकत्रित गरेर थुपारेर राखे,
(19) १९) निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।
(20) २०) जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।
(21) २१) तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।
(22) २२) तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।
(23) २३) जसले नमाज नियमित्ताकासाथ पढ्दछन्,
(24) २४) र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ,
(25) २५) (अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि,
(26) २६) जसले न्यायको दिन (कियामत) माथि ईमान राख्दछ ।
(27) २७) र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउँछन्,
(28) २८) निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
(29) २९) र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्,
(30) ३०) तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन,
(31) ३१) जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।
(32) ३२) र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्,
(33) ३३) र जो आफ्नो गवाहीमा दृढ रहन्छन्,
(34) ३४) र जो आफ्नो नमाजको रक्षा गर्दछन्,
(35) ३५) यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्,
(36) ३६) फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्,
(37) ३७) दायाँ र बायाँबाट समुहको रूपमा ।
(38) ३८) के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन् ?
(39) ३९) त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।
(40) ४०) अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।
(41) ४१) कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं ।
(42) ४२) अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ ।
(43) ४३) जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् ।
(44) ४४) उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।