80 - सूरतु अबस ()

|

(1) १) उसले रूखापनागरेर मुख फर्कायो ।

(2) २) किनकि उसको पासमा एउटा अन्धो आयो ।

(3) ३) तिमीलाई के थाह शायद उसको भलो हुनेथियो ।

(4) ४) अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।

(5) ५) तर जो लापरवाही गर्दछ ।

(6) ६) उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।

(7) ७) हुन त यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।

(8) ८) र जो तिम्रो पासमा दगुर्दै आयो ।

(9) ९) र ऊ (अल्लाहसित) डर्छ पनि ।

(10) १०) उसलाई तिमीले बेवास्ता गर्दछौ ।

(11) ११) हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।

(12) १२) तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।

(13) १३) यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।

(14) १४) जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।

(15) १५) यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।

(16) १६) जो प्रतिष्ठित र पवित्र छन् ।

(17) १७) अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।

(18) १८) अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो ?

(19) १९) वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।

(20) २०) र उसको निम्ति मार्ग सरल बनाइदियो ।

(21) २१) अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।

(22) २२) फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ,

(23) २३) केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।

(24) २४) अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।

(25) २५) हामीले नै धेरै पानी वर्षायौं ।

(26) २६) फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।

(27) २७) त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।

(28) २८) र अंगूर र तरकारी ।

(29) २९) र जैतून र खजूरहरू ।

(30) ३०) र बाक्ला घना बगैंचाहरू ।

(31) ३१) र फल र चाराहरू ।

(32) ३२) (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।

(33) ३३) तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।

(34) ३४) त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।

(35) ३५) र आफ्नो आमा र बाबुबाट ।

(36) ३६) र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।

(37) ३७) यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।

(38) ३८) कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।

(39) ३९) हाँस्दै खुशी र आनन्दित हुनेछन् ।

(40) ४०) र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।

(41) ४१) जसमाथि कालोपना छाएको हुनेछ,

(42) ४२) यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।