83 - सूरतुल् मुतफ्फिफीन ()

|

(1) १) नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।

(2) २) जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।

(3) ३) किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।

(4) ४) के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।

(5) ५) (अर्थात्) एउटा ठूलो दिनमा ।

(6) ६) जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन् ?

(7) ७) निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।

(8) ८) र तिमीलाई के थाहा कि सिज्जीन के हो ?

(9) ९) यो त लेखिएको पंज्जिका हो ।

(10) १०) त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।

(11) ११) जसले निसाफको दिनलाई असत्य भन्दथे ।

(12) १२) र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।

(13) १३) जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।

(14) १४) यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।

(15) १५) निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।

(16) १६) फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।

(17) १७) त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।

(18) १८) निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।

(19) १९) र तिमीलाई के थाहा कि इल्लीयीन के हो ?

(20) २०) त्यो त लेखिएको किताब हो ।

(21) २१) सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।

(22) २२) निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।

(23) २३) पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।

(24) २४) उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।

(25) २५) उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।

(26) २६) जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।

(27) २७) र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।

(28) २८) त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।

(29) २९) काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्नेगर्दथे ।

(30) ३०) र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।

(31) ३१) र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्नेगर्दथे ।

(32) ३२) र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्,

(33) ३३) जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।

(34) ३४) तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।

(35) ३५) मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।

(36) ३६) अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।