(1) १) आकाशको कसम, जसमा तारामण्डल छ ।
(2) २) र त्यस दिनको कसम जसको वाचा छ ।
(3) ३) उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।
(4) ४) कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।
(5) ५) त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।
(6) ६) जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
(7) ७) र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।
(8) ८) यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।
(9) ९) जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।
(10) १०) निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।
(11) ११) निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।
(12) १२) निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।
(13) १३) उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
(14) १४) र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
(15) १५) सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
(16) १६) जे चाहान्छ गरिहाल्छ ।
(17) १७) के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।
(18) १८) (अर्थात्) फिरऔन र समूदको ।
(19) १९) केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठहराउनुमा लागि रहेकाछन् ।
(20) २०) र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।
(21) २१) बरु यो कुरआन धेरै गौरवशाली छ ।
(22) २२) लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।