(1) १) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ ?
(2) २) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
(3) ३) कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
(4) ४) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
(5) ५) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
(6) ६) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
(7) ७) जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
(8) ८) त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
(9) ९) आफ्नो प्रयासमा प्रसन्न ।
(10) १०) उच्च र शानदार स्वर्गमा हुनेछन् ।
(11) ११) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
(12) १२) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
(13) १३) र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
(14) १४) प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
(15) १५) र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
(16) १६) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
(17) १७) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
(18) १८) र आकाशतिर के कस्तो उच्च गरिएको छ ?
(19) १९) र पहाडतिर के कुन प्रकारले खडा गरिएको छ ?
(20) २०) र धरतीतिर कि कसरी बिछाइएको छ ?
(21) २१) तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
(22) २२) तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
(23) २३) हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
(24) २४) त अल्लाहले त्यसलाई ठूलो सजाय दिनेछ,
(25) २५) निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
(26) २६) अनि हामीले नै उनको हिसाब लिनेछौं ।