(1) १) हामीलाई यस नगर (मक्का) को कसम ।
(2) २) र तपाई यसै नगरमा त बस्नुहुन्छ ।
(3) ३) र मानवीय बाबु र उसको सन्ततिको कसम ।
(4) ४) निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।
(5) ५) के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।
(6) ६) भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
(7) ७) के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
(8) ८) के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
(9) ९) र जिब्रो र दुईटा ओठ (दिएनौं) ?
(10) १०) र उसलाई दुवै मार्ग पनि देखायौं ।
(11) ११) त उसले त्यो घाटीमा पस्न सकेन,
(12) १२) र तिमीलाई के थाहा कि त्यो घाटी के हो ?
(13) १३) (कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
(14) १४) वा भोकको दिन खाना खुवाउनु ।
(15) १५) कुनै नातेदार अनाथलाई,
(16) १६) वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
(17) १७) अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
(18) १८) यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
(19) १९) र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।
(20) २०) यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।