(1) १) सूर्यको कसम र त्यसको तापको ।
(2) २) र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
(3) ३) र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
(4) ४) र रातीको कसम जब उसलाई लुकाउँछ ।
(5) ५) आकाश र त्यसलाई बनाउनेको कसम ।
(6) ६) कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
(7) ७) कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
(8) ८) फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
(9) ९) जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
(10) १०) र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
(11) ११) समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
(12) १२) जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
(13) १३) (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
(14) १४) तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूको पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
(15) १५) उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।